लागुऔसध नियन्त्रणका लागि बिद्यार्थी र प्रहरीको सहकार्य महत्वपुर्ण हुने आज नेपालगन्जमा आयोजित एक कार्यक्रममा जोड दिईएको छ । बाँके वडा प्रहरी कार्यलयका प्रहरी निरक्षक नारायण डाङी ले एक दिने बिद्यार्थी सचेतना कार्यक्रममा बताएका छ्न उनले विद्यार्थीहरु भनेका भबिस्यका कर्णधार अनि आज विद्यार्थी सचेत भए भने यस्ता दुर्बेसनीहरु कम हुने बताएका छ्न ।
नेपालगन्ज शान्तिनगर स्थित बृटिस इग्लीस स्कुलमा गरिएको अन्र्तक्रियाका सहभागिहरुले बिद्यार्थीका माध्यमबाट दुव्र्यसनी र एचआईभी नियन्त्रणका लागि सचेतिकरण गर्न सहज हुनेमा जोड दिए । कार्यक्रममा नेपालगन्ज स्थित साहरा पुर्नस्थापना गृहका अभिराज छेत्रीले लागुऔषधबाट हुने दिर्घकालिन असर र विद्यार्थी हरु कसरी लागू औसध मा फस्छ्न र आफू कसरी लागू औसधको चङोलमा फसेको र आफ्नो जीवन भोगाईका बारेमा विद्यार्थीहरुलाई प्रेणा मुखि प्रशिक्षण गरेका थिए। बिद्यालयका ८र९र१०का बिद्यार्थीलाई प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा एएचएफ नेपालका संजय पौडेलले एचआईभी एडसको बिश्वको अबस्थाका साथै एचआईभी के हो त त्यसका बारेमा प्रस्ट पारेका थिए उहाँले किशोराअबस्थाका बिद्यार्थिहरुलाई लक्षित गरेर यस्ता कार्यक्रमहरु सबैले गर्नुपर्नेमा जोड दिएका थिए यस्ता कार्यक्रमहरुले विद्यार्थी हरुलाई सचेत बनाउनुका साथै उनिहरुमा भएको कौतुहल्ता दुर हुने बिद्यालयका प्रधानाध्यापक हेमन्तराज काफलले बताउनुभयो ।