पत्रकार सिद्दिकीको निधन

नेपालगन्जबाट प्रकाशित समय अधिकार पत्रिकाका प्रधान सम्पादक रहिस अहमद सिद्दिकीको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ नेपाल पत्रकार महासंघ बाँकेका सदस्य सिद्दिकीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार हुँदै आएको थियो । ‘उपचारकै क्रममा पत्रकार सिद्दिकीको बुधबार राती निधन भएको हो,’ नेपाल पत्रकार महासंघ बाँके शाखाका उपसचिव सकिल अहमद कादरीले भने, ‘विगत ६ महिनादेखि अस्वस्थ्य सिद्दिकीको यसअघि भारतको लखनउ र नेपालको काठमाडौं स्थितमा अस्पतालमा उपचार भैसकेको थियो ।’
लिभरको समस्या रहेका सिद्दिकीको लामो समय उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार हुन सकेको थिएन । पत्रकार सिद्दिकी दारुलउलूम फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिका अध्यक्ष समेत हुन् । दैनिक नेपालगन्ज तथा नेपालगन्जन्यूज डटकम परिवार सिद्दिकीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

प्रतिक्रिया

प्रतिक्रिया