नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगञ्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ । ‘नो हर्न’ अभियानअन्तर्गत आजदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हर्न बजाउन नपाइने भएको छ ।
नेपालगञ्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिनुभयो ।
निषेधित क्षेत्र घोषणा गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।