बिहीबार दिनभर नेपालगन्जलाई आतंकित बनाउने गरी पुष्पलाल चोकमा बम राख्ने व्यक्तिलाई बाँके प्रहरीले २४ घण्टा नबित्दै फन्दामा पारेको छ ।
सुरक्षास्रोतका अनुसार, घटनापछि चारैतिर प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार राती नै कमाण्डो गु्रपका नाममा आतंक मच्चाउने व्यक्तिलाई फन्दामा पारेको हो ।
‘जिल्लाका चारै नाकाबाट कर्डन एण्ड सर्च अपरेशन गरेको प्रहरीले आशंकित धेरै व्यक्तिहरु बीचबाट बम राख्नेलाई नियन्त्रणमा लिन सफल भएको हो’, सुरक्षा स्रोत भन्छ । पक्राउमा परेका व्यक्तिलाई प्रमाणसहित सार्वजनिक गर्न बाँके प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।
बिहीबार विहान ९ बजे तिर राखिएको बम नेपाली सेनाले ४ बजेतिर डिष्पोज गरेको थियो ।