नेपालगन्जको पुष्पलाल चोकमा राखिएको शंकास्पद वस्तु बम नै भएको टुङ्गोमा सुरक्षाकर्मी पुगेका छन् । निलो प्लाष्टिकमा राखिएको उक्त बमलाई सेनाले पुष्पलालचोकबाट वाटरपार्क तर्फको खाली मैदानमा डिष्पोजका लागि लगेको थियो ।
प्लाष्टिकमा रहेको वस्तु हेर्दा बम नै हुनसक्ने भएकाले त्यसलाई सुरक्षित रुपमा पड्काउन सेनाले गरेको पहिलो प्रयास सफल हुन सकेको छैन । सुरक्षाकर्मीहरुले सेनाले पुनः बम डिष्पोजको प्रयास गर्ने बताएका छन् ।
चोकमा रहेको सिसिटिभी फुटेजमा ९ बजेर १५ मिनेटमा बम राखिएको देखिएको छ । प्रहरीले फुटेजको आधारमा अनुसन्धान गरी बम राख्ने व्यक्तिको खोजी तिव्र पारेको छ ।