कमाण्डो गु्रपका नाममा बम राखिएको जिम्मेवारी

नेपालगन्जको पुष्पलाल चोकमा शंकास्पद बस्तु वम हुने सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली फिल्मा पुगेको छ ।
अहिले पुष्पलाल चोकलाई सुरक्षाकर्मीहरुले घेरा हालेका छन् भने सेनाको टोली शंकास्पद वस्तुको निरीक्षण गरिरहेको छ ।
पुष्पलाल चोक पुगेका बाँके प्रहरी प्रमुख, एसपी अरुण पौडेलले शंकास्पद बस्तु आतंकित पार्न राखिएको हुनसक्ने बताएका छन् । उनले शंकास्पद वस्तु बम हो भन्न सक्ने अवस्था नरहेको बताउँदै तैपनि सावधानी अपनाएर सेनाको टोली बोलाएको बताएका छन् ।
कमाण्डो नामको एउटा समूहले फालेको पर्चामा बम राखिएको दाबी गरिएको छ । यसअघि उक्त समूहको नेपालगन्जमा नाम सुनिएको भने थिएन । शान्त रहेको नेपालगन्जमा एकाएक बम राखिएको हल्लाले त्रास फैलिएको छ ।

शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा पुष्पलाल चोक क्षेत्र खाली गराइएको छ । चोक क्षेत्रमा रहेका मानिसहरुलाई हटाउनुका साथै यातायातमा रोक लगाइयो ।

 

नेपालगन्जको पुष्पलाल चोकमा राखिएको आशंकित बमलाई नेपाली सेनाले तारको सहायताले तानेर वाटरपार्क जाने बाटो तर्फ लिएर गएको छ ।

 

बम भएमा चोकमै पड्किदा क्षति हुन सक्ने आशंकामा सेनाले वाटरपार्क जाने खाली ठाउँमा आशंकित वस्तु तानेर लगेको हो । अहिलेसम्म उक्त वस्तु पड्किएको आवाज सुनिएको छैन ।

आशंकित वस्तु हटाइएपछि आवागमन सुचारु भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया