मधुमेहको कारक असन्तुलित जीवनशैली

सामान्यतया मधुमेह भन्नाले रगतमा ग्लुकोजको मात्रा बढेको भन्ने बुझिन्छ । अन्तुलित जीवनशैली नै मधुमेहको मुख्य कारक रहेको चिकित्सकहरु बताउँछन् । मधुमेह हुँदैमा डराउन नपर्ने उल्लेखित गर्दै चिकित्सकहरु भन्छन्, ‘मधुमेह भैहाले पनि खानपान र व्यायाम लगायतमा ध्यान दिने हो भने यसले ठूलो नकारात्मक प्रभाव पार्दैन ।’

 
‘इन्सुलिन नबनेमा वा इन्सुलिनले राम्रो सग काम नगरेमा रगतमा ग्लुकोजको मात्रा बढ्न जान्छ’, डाइबिटिज एण्ड इन्डोक्राइमोलोजी डा. अलर्क देवकोटा रजौरिया भन्छन्, ‘उक्त अवस्थालाई हामी मधुमेह भन्ने गर्छौ ।’ मधुमेह भएको समयमै थाहा नपाउने हो भने यसले अन्य रोगहरु निम्त्याउँछ । चिकित्सकहरु मधुमेहले मृर्गौला, हड्डी, मुटु, आँखा लगायतका अंगमा ठूलो क्षति पुर्याउन सक्ने बताउँछन् । डा. रजौरिया स्वस्थ रहन वर्तमान परिवर्तित जीवनशैली प्रति ध्यान दिन सुझाव दिन्छन् ।

 
मुख्य दुई प्रकारको मधुमेह बढी देखिन्छ । त्यसबाहेक फरक प्रकारले बालबालिका र गर्भावस्थामा समेत मधुमेहका विरामी भटिने गरेकोछ । टाइप वानका मधुमेहका बिरामी दुब्लो, ४० बर्ष भन्दा कम उमेरका हुन्छन् भने टाइप टु मा ४० बर्ष भन्दा बढीका विरामीहरु पर्दछन् ।

 
टाइप टु मधुमेह विरामीको संख्या अत्याधिक संख्यामा रहेको चिकित्सकहरु बताउँछन् । ‘स्वास्थ्यमा भएको पहु“का कारण टाइप वानका विरामी पत्ता लाग्ने क्रम पनि बढ्दो नै छ’, डा. रजौरियाले पहिले समान्य रुपमा कम उमेरका बिरामीको मधुमेह चेकजा“च नहुने गरेको बताउ“दै भने । कुल मधुमेह रोगी मध्ये टाइप टुका ९० प्रतिशत रहेको अनुमान गर्छन् डा. रजौरिया ।

 
‘अव्यवस्थित जीवन शैली, वंशाणुगत तथा मोटोपना नै टाइप टु मधुमेहको प्रमुख कारण हो’, डा. रजौरिया भन्छन् । ‘मधुमेह हुने बित्तिकै हामीले थाहा पाउ“छौं भन्ने छैन’, मधुमेहका लक्षण तत्काल नदेखिन पनि सक्ने बताउ“दै डा. रजौरिया भन्छन् , ‘कतिपय बिरामीको अन्य रोगको चेकजा“च गर्ने क्रममा मधुमेह भएको आशंकामा परिक्षण गर्दा बल्ल थाहा हुने गरेको छ ।’ मोटोपना बढी भएमा, छिनछिनमा पिसाब लागेमा, भोक बढी लागेमा, घाउ निको नभएमा, बढी थकान महसुस हुने गरेमा, आ“खामा धमिलो पना आएमा मधुमेहको परीक्षण गराउन उत्तम हुने सुझाव डा. रजौरियाको छ ।

 
चिकित्सकहरु मधुमेहको जोखिम थाहा पाउन ४० बर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिने गरेका छन् । अझ आमा, बाबु कसैलाई मधुमेह छ भने ३५ बर्ष कटेपछि नै परीक्षण गर्नु उपयुक्त मानिन्छ । मधुमेह भएको समयमै थाहा भएमा त्यसलाई नियन्त्रणमा राख्न सहज हुने गरेको चिकित्सकहरु बताउ“छन् । तर, अहिले मधुमेह रोग सामान्य जस्तै भैसकेको डा. रजौरिया बताउ“छन् । उनी भन्छन्, ‘मधुमेह रोग लाग्दैमा आत्ती हाल्नु पर्दैन तर, विशेषज्ञको सल्लाहमा औषधी तथा अनुशासित जीवनयापनमा भने ध्यान दिनुपर्छ ।’

 
टाइप वानका डायवेटिजका विरामीहरुले स्वस्थ्यवर्धक खानपिनमा ध्यान दिने, नियमित शारीरीक व्यायाम गर्ने अनि ईन्सुलिन लिने गरेमा सामान्य जीवन यापन गर्न सकिन्छ । टाइप टुका डायवेटिज भएकाहरुले भने स्वस्थ्यवर्धक खानपीन, नियमित शारीरीक व्यायाम, समय समयमा रक्त परीक्षण र आवश्यक परेमा मुखले खाने ओखती या ईन्सुलिनजन्य सुईहरु लगाएर ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ । मधुमेह लागि सकेपछि आ“खा, मुटु, पिसाब लगायतको परीक्षण गराइरहने, धुम्रपान, मद्यपान नगर्ने हो भने समस्या बढ्न नपाउने चिकित्सक बताउँछन् ।

 
मानिसहरु शारीरिक व्यायाम र शरीरलाई आवश्यक मात्रामा शुद्ध खाना प्रति लापरवाही गर्दा नै स्वास्थ्यमा समस्या देखिने गरेको हो । जहा“ जे पायो त्यही, जति पनि खाइदिने तर शारीरिक व्यायाम नगर्ने हो भने रोगले संक्रमण गर्नु स्वभाविक रहेको धारणा राख्छन् चिकित्सक ।

 
मधुमेह रोगीको संख्या बढ्दै गएपनि त्यससम्बन्धी विशेषज्ञ चिकित्सकको मध्य र सुदूरपश्चिममा अभाव रहेको बताउ“छन् औषधी व्यवसायी संघ भेरीका प्रवक्ता जीवन शर्मा । पछिल्ला दिनमा नेपालगन्जमा विभिन्न संघ, संस्थाहरुले पनि बेलाबखत मधुमेह परीक्षण शिविर सञ्चालन गर्ने गरेको छन् । त्यस्तै, यहाँ स्थित मेडिकलहरुले पनि काठमाडौंबाट मधुमेहकै चेकजाँच र उपचारका लागि विशेषज्ञ डाक्टर निम्त्याउने गरेका छन् । नेपालगन्जमा रहेको जे. शर्मा मेडिकलले पनि मासिक रुपमा मधुमेश स्पेशलिष्टलाई निम्त्याउने गरेको सञ्चालक जे. शर्मा बताउँछन् । ‘विशेषज्ञ सेवाका लागि जिल्ला बाहिर जानु नपरोस् भन्नका लागि विशेषज्ञ चिकित्सक निम्याउने गरेका हौं’, स्वास्थ्यकर्मी शर्मा भन्छन् ।
आज मधुमेह दिवस
समाचारदाता
दैनिक नेपालगन्ज

आज विश्व मधुमेह दिवस । हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसका रुपमा मनाइने गरिन्छ । आज महिला र मधुमेह हाम्रो स्वस्थ भविष्यको अधिकार भन्ने नाराका साथ मधुमेह दिवस मनाउन लागिएको हो ।
विश्वभरीका लाखौं संस्थाहरु, संयुक्त राष्ट्रसंघ सदस्यहरु, स्वास्थ्कर्मी अनि सेवाग्राहीहरुले मधुमेह दिवसलाई सचेतनामूलक कार्यक्रम गरेर मधुमेह दिवस मनाउने गरेका छन् ।
नेपालमा पहिले मधुमेह अर्थात चिनीरोगलाई धनीहरुको रोगका रुपमा लिइन्थ्यो । थोरै शारीरिक व्यायाम अनि सम्भ्रान्त जीवनशैलीका कारण यसो भनिएको हुन सक्छ तर विस्तारै डायवेटिज अब हरेक उमेर, हैसियत र अवस्थाका मान्छेहरुमा देखापर्न थालेको छ ।
बिश्व स्वास्थ संगठनका अनुसार सन् २०१४ मा भएको सर्वेक्षण अनुसार विश्वभरि ४२ करोड वयस्कहरु मधुमेह रोग संग बाँचिरहेका छन् भनें यही तथ्याकं सन् १९८० मा १० करोड हाराहारीमा मात्र थियो ।
आज बिश्व भरिका १० मध्ये १ महिला मधुमेहको शिकार हुने गर्दछन् भनें हरेक ७ नवजात शिशुमध्ये १ ग्यास्टेशनल डायबेटिजका साथ धर्तीमा आउने गर्दछन् ।

प्रतिक्रिया

प्रतिक्रिया