बुटवल स्थित दीप बोर्डिगका विद्यार्थीहरुले अब कुनै किशोरी निर्माला र श्रीया बन्नु नपरोस्, अब कुनै किशोरी सम्झना जस्तो एसिडको तातोबाट पोलिन नपरोस् भन्ने सन्देशका साथ स्व स्फूर्त रुपमा शुरु गरेको सडक नाटक र हस्ताक्षर संकलन अभियानमा संकलन भएको हस्ताक्षर प्रदेश नं. ५ का मुख्यमन्त्रि शंकर पोखरेललाई हस्तान्तरण गरिएको छ ।
हस्ताक्षर संकलन अभियानमा समर्थन स्वरुप मुख्यमन्त्रि पोखरेलले पनि हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर गर्दै मुख्यमन्त्रिले किशोरी यौन हिंसा विरुद्ध बालबालिकाले शुरु गरेको यो अभियान सह््रानिय भएको भन्दै बालबालिकाको प्रशंसा गर्नुभयो । किशोरी माथि हुने हिंसालाई कानूनले मात्र रोक्न नसक्ने हुदाँ यस्तो हिंसाको लागि सबै व्यक्ति व्यक्तिको सहभागिता आवश्यक भएको हुदाँ हस्ताक्षर अभियानमा हस्ताक्षर गर्नुहुने सबै नागरिकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
हाम्रो समाजमा छोरालाई कठोर, निडर बन्नुपर्ने र छोरीले सहनशील, लजालु बन्नुपर्ने संस्कारले गर्दा छोरा र छोरीबीचको विभेद बढ्दै गएको र यो विभेदले गहिरो जरा गाडेको हुदाँ एकपटकको प्रयासले मात्र यसलाई फ्याक्न नसकिने हुदाँ यसको विरुद्ध सबैको समर्थन र एक्यवद्धता आवश्यक भएको बताउनुभयो ।
देशमा बढ्दै गइरहेको बलात्कार र किशोरी हिंसाका विरुद्ध १२ जना विद्यार्थीबाट शुरु भएको यस अभियानमा यहि कात्तिक १४ देखी १६ गतेसम्म संचालन गरिएको थियो । बुटवलको दीपनगर, ट्राफिक चोक, ड्राइभरटोल, जेसिस चोक, देवीनगर र चौराहामा सडक नाटक देखाइएको थियो । तीन दिने अयिभानको क्रममा ३५०० हस्ताक्षर संकलन भएको थियो ।