हिमाल गैरे
अब बाँकेमा पनि कृषिको उच्च शिक्षाको अध्यापन हुने भएको छ । कृषि शिक्षामा विद्यार्थीको आकर्षण रहे पनि जिल्लामा पढाई हुने स्थान नहुँदा विद्यार्थीहरु अन्यत्र जाने समस्या टरेको हो ।
बैजनाथ गाउँपालिका–४ बनियाभार स्थित गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले ब्याजर अफ साइन्स इन एग्रिकल्चर (बिएस्सी एजी) कार्यक्रमको स्वीकृति पाए संगै अब जिल्लामा नै कृषिमा उच्चच शिक्षाको अध्यापन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनकोे कार्यकारी परिषद बैठकको सम्बन्धनको निर्णय संगै गोरखा पोलिटेक्निक कलेजले ४ वर्षे कोर्षको स्वीकृति प्राप्त गरेको कलेजका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरले दैनिक नेपालगन्जलाई जानकारी दिए ।
‘हाम्रो लामो समयको कसरतको परिणाम हात पार्दा हर्षित भएका छौंं । अब ५० बढी कोटामा विद्यार्थीलाई अध्यापन गर्न आरम्भ गरिने छ,’ आले मगरले थपें, ‘हामी अझ राम्रो व्यवस्थापन गरि थप २ सेक्सन थप गरि ९५ जना सम्मलाई यहाँबाट उच्च शिक्षा प्रदान गर्ने उद्देश्य राखेका छौं ।’ तर, त्यसको लागि केही समय पर्खिनुपर्ने उनले बताए ।
यस अघि पनि रामपुर स्थित कृषि तथा वन विश्वविद्यालयले आठ वटा कलेजलाई सम्बन्धन ‘नियम विपरित सम्बन्धन दिइएको’ भन्दै असारमा खारेज गरिएको थियो ।