समाचारदाता
नेपालगन्जन्यूज
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयता असफल बनाउन संघीयता विरोधीहरुले भ्रम फैलाइरहेको बताएका छन् ।
बुधबार नेपालगन्जमा नेकपाले गरेको चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनको चरणमा रहेका बेला यसलाई असफल बनाउन केही पार्टीहरु नै लागि लागिरहेको घुमाउरो पारामा आरोप लगाए ।
अझैपनि नयाँ संविधान अनुसार संघीयता कार्यान्वयन हुनै सक्दैन भनि सर्वसाधारणमा भ्रम फैलाएर वर्तमान सरकारलाई असफल बनाउन सकिन्छ भनि एकखाले तप्का सक्रिय रहेको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘वामपन्थी एकजुट भएर देशलाई समृद्ध तर्फ लगेमा त्यस्ता तत्व आफै हराएर जानेछन् ।’ ‘निराशाका कुरा होइन, आशा र उत्साहको सञ्चार गर्ने समय हो’, उनले भने ।