चाडवाडमा गैर कानूनी ब्यवसाय !

वसन्त गौतम

‘न कर, न क्वालिटी पर्वको बेला जे गरेपनि हुने हो ?’, अहिले नेपालगन्जका मुख्य बजार क्षेत्रमा मिठाई, चिउरा, भुजा लगायतका तिहार लक्षित खाद्य बस्तुहरु सार्वजनिक सडकमा लगाएको देख्ने जो कसैले पनि यो प्रश्न सोध्न सक्छ । अझ सर्वसाधारणको आवागमन बन्दै हुने गरी सडक कब्जा गरेर बिक्री बितरणका लागी राखिएको देख्दा राज्यका सम्बद्ध निकायको उपस्थिति नै ओझेलमा परेको छ ।

 
धुलोमैलो सडकमा राखिएका तिहार लक्षित मिठाई र अन्य खाद्य बस्तुहरुमा झिंगा भन्किएका छन् । बेच्न राखिएका खाद्य बस्तुहरुमा न लेवल छन् न त प्याकेजिङ नै गरिएको छ । गुणस्तरियतालाई ख्यालै नगरि यसरी खुल्ला रुपमा जथाभावी खाद्य सामाग्री बिक्री बितरण हुँदा नियमनकारी निकाय चाडवाड भन्दै ब्यवसायीलाई कानून मिच्न छुट दिइरहेको छ । हामी उपभोक्ता पनि गुणस्तरलाई ख्यालै नगरि खरिदारी गरिरहेका छौं ।

 


नेपालगन्जको त्रिभुवन चोक मात्रै होइन धम्बोझी लगायतका अन्य चोकहरुमा पनि सार्वजनिक सडक अतिक्रमण हुने गरि पसल थापेर खुल्ला रुपमा मिठाईजन्य परिकार र अन्य खाद्य सामाग्री र भाडा बर्तन बिक्री भैरहँदा पनि सम्बन्धित निकाय चाडवाडमा यस्तै बेच्न प्रचलन छ भन्दै आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिने गरेका छन् ।

 
सरकारी अनुगमनका क्रममा गतसाता मात्र पुराना सडेको मिठाईमा नयाँ मिठाई मिसावट गरि बिक्री बितरणका लागी राखिएका २ क्वीटल मिठाई नष्ट गरिएको थियो । तर अहिले बजारमा खुल्ला रुपमा छ्यापछ्पाप्ती मिठाई बेच्न राखिएको छ । तिनको गुणस्तर के हो ? कहिले बनेको हो ? खान हुने हो कि होइन केही थाहा छैन । बिक्री बितरणका लागी धुलो उडिरहेको सार्वजनिक सडकका बिच भागमै आवागमन बन्दै हुने गरि झिंगा, धुलो लागेका खाद्य सामाग्री खुल्ला रुपमा बिक्री गर्दा पनि नियमानकारी मौन बस्नु साँच्चै नै बिडम्बना नै मान्नु पर्दछ । अहिलेको नेपालगन्जको तिहार लक्षित हाम्रो बजारले हेर्दा भन्न मन लाग्छ । कठै हाम्रो बजार ! बठै हामी उपभोक्ता ! कठै नियमनकारी हाम्रा सयन्त्र !

 
नेपालगन्जको मुटु त्रिभुवन चोकमा सवारी आवागमन बन्द हुने गरि बिच बाटोमा खुल्ला रुपमा यसरी झिंगा भन्केका खाद्य सामाग्री बिक्री बिवरण हुँदा पनि हामी चुपचाप खरिदारी गरिरहेका छांै । न सामानको गुणस्तरियता हेरेका छौं हामीले । न लेवल । न उडेर बसेको धुलोको मतलब छ हामीलाई । न हामीलाई झिंगा भन्केको मतलव छ न त गुणस्तरियताको नै । कहिले बनेको हो, कसले उत्पादन गरेको ? कहाँ उत्पादन भएको हो ? कहिलेसम्म खान हुने नहुने ? केहि मतलव नराखी हेर्दा राम्रो देखेकै आधारमा खरिदारी गर्र्नु हामी उपभोक्ताले आफैले आफैलाई ठगीरहेका छांै । बेलैमा बिचार पु¥याउँ यस्ता बस्तुको सेवनलाई चाडवाडमा गराब गराउला स्वास्थ्य ?


उपभोक्ता संरक्षणका लागी उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा आइसकेको छ । यो कानूनले नियमनकारी निकायलाई कानून पालन नगरि ब्यवसाय संचालन गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने अधिकार पनि दिएको छ । तर बिडम्बना बाँकेमा बजार अनुगमन भैराखेको छ । ब्यवसायीले नियम मिचेर ब्यवसाय संचालन गरिरहेकै छन्, सडेको मिठाईमा नया मिलाई बेचेका छन्, बाख्रीको मासुलाई खसीको भनी बेचेका छन्, म्याद नाघेका र लेवल नभएका बस्तु बेचेका छन् । ध्यूमा डालडा मिलाएर बेचेका छन् । ल्याब टेष्ट नगरि पानी उद्योगले पानी बेचेका छन् । नियमनकारी निकायले सचेत पार्ने भन्दै उनीहरुलाई कानूनी कारवाही हुनबाट छुट दिइरहेको छ ।

 
कम गुणस्तरको खाद्य बस्तुले उपभोक्ता ठगिन पुगे स्वास्थ्यमा तलमाथी भयो भने जिम्मेवारी कस्ले लिने हो आम उपभोक्ताले नियमनकारी निकायसंग यसको जवाफ खोजेका छन् । गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने अधिकार उपभोक्ताको मौलिक अधिकार हो । यो अधिकारलाई नेपालको संबिधान र अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनले समेत संरक्षित गरेको छ । तर यो अधिकार संरक्षणमा न त बस्तु तथा सेवा प्रदायक निकायले ध्यान दिएका छन् न त सरकारले नै आफ्नो दायित्व निर्वाह गर्न सकेको छ ।


सचेत बनौं उपभोक्ता !

बाँकेमा गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हनन् हुने गरि ब्यवसाय संचालन भैरहेको तथ्यहरु एक पछि अर्को गरि सार्वजनिक भए पछि आम उपभोक्ता सचेत बन्नु पर्ने भएको छ । चाडपाडका बेला खाद्य बस्तुहरुको खरिद बिक्री ज्यादा हुने र यसै बेला उपभोक्ता ठगिने सम्भावना भएकाले बस्तु खरिद गर्दा अझ बढी उपभोक्ता सचेत बन्नु पर्दछ ।
खाद्य बस्तु खरिद गर्दा उत्पादक कम्पनी, उत्पादन मिति, उपभोग्य मिति र बस्तुको गुणस्तरका बारेमा राम्ररी बुझेर मात्र खरिद गर्नु पर्दछ । अहिले नेपालगन्ज बजारमा मिठाई लगायतका तिहार लक्षित खाद्य बस्तु खुल्ला रुपमा बेच्न राखिएका त्यस्ता बस्तुको खरिदारी नगरौं । यस्ता बस्तुहरुको गुणस्तरमा आशंका रहने र तिनले मानव स्वास्थ्यमा असर गम्भीर असर पारी ज्यानै जान सक्ने भएकाले झिंगा भन्केका, धुलो लागेका खुल्ला खाद्य सामाग्रीहरु खरिद नगरौ । सामान खरिद गर्दा खरिद मुल्य हेर्ने र समानको बिल लिने बानी बसाउनाले केहि हदसम्म उपभोक्ता ठगिनबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया