हवाई इन्धन ढुवानीमा पनि ‘लकिङ’

समाचारदाता
दैनिक नेपालगन्ज
डिजल पेट्रोलमा जस्तै आइतवारबाट हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करहरुमा पनि लकिङ सिस्ष्टम जडान गरिएको छ । नेपालगन्जमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले रिबन काटेर उक्त सिस्टमको शुभारम्भ गरेका हुन् ।
नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमुख अभिशेष कुमार ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा निमित्त कार्यकारी निर्देशक भट्टराईले लकिङ सिस्टमबाट बिक्रेताले सुबिधा र लाभ प्राप्त गरिरहेको धारणा राखे ।
नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो नेपालगन्ज राँझाले आयोजना गरेको उद्घाटन कार्यक्रममा नेपाल आयल निगम र भारतीय आयल निगम लिमिटेडको संयुक्त पहलमा संचालित ट्याङ्क÷ट्याङ्करहरुमा लकिङ सिस्टम जडान गरिएको हो । नेपाल आयल निगमले भारतको ईलाहाबादमा रहेको डिपोबाट नेपालका लागि हवाई इन्धन ल्याउने गर्दछ । हवाई इन्धन ल्याउने क्रममा ईन्धन कम हुने, मिसावट हुने, चोरी हुने गुनासो बढेपछि त्यसलाई रोक्न यो सिस्टम प्रभावकारी हुने विश्वास गरिएको छ ।
नेपालमा हाल १ सय ७८ वटा ट्याङ्करहरुले हवाई इन्धन ढुवानी गर्दै आएको जानकारी दिंदै निगमका अधिकारीहरुले यस अघिनै नेपालगन्ज र धनगढीबाट संचालन हुने बाहेक नेपालका बिभिन्न जिल्लाहरुबाट संचालन हुने ट्याङ्करहरुमा लकिङ सिस्टम लागु गरिएको बताए । नेपालगन्जबाट ९ तथा धनगढीबाट ३ वटा गरि कुल १२ वटा ट्याङ्करहरुले हवाई इन्धन ढुवानी गर्दै आएका छन् ।
‘लकिझ सिस्टम लागु भएपछि पेशामा सुधारको अवस्था आएको छ,’ मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोशियसन नेपालगन्जका अध्यक्ष टिपी न्यौपानेले भने ।
कार्यक्रममा आयल निगम बितरण बिभागका निर्देशक बिरेन्द्र गोइत, उपनिर्देशक बीनितमणि उपाध्याय, प्रबन्धक मोनिका मानन्धर, आयल निगम ५ न. प्रदेश कार्यालय भैरहवाका प्रमुख सुरज शाह, ढुवानी महासंघ बाँकेका अध्यक्ष अमरजित सिंहलगायत सहभागी कार्यक्रमको संचालन हवाई इन्धन डिपो नेपालगन्जका प्रमुख मनोहर डिसीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया