नेपालगन्जमा कति इ–रिक्सा छन् भन्ने एकिन तथ्यांक कसैसँग छैन । नेपालगन्ज उपमहानगरपालिकाले इ–रिक्साका कारण ट्राफिक व्यवस्थापनमा चुनौति देखिएपछि व्यवस्थापनका बारेमा प्रतिवेदन बनाउन उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा ट्राफिक र यातायात व्यवस्था कार्यालय सदस्य रहने गरी समिति बनाएको छ । समितिका सदस्य समेत रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकाय इ–रिक्सा व्यवस्थापनका लागि प्रतिवेदन तयार भैरहेको बताउँछन् । ‘भाडा दर, पार्किङ्ग र रुटका विषय प्रतिवेदनमा समेटिनेछ’, उनी भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया