बाँके जिल्ला पौडी संघको आज आइतवार बैठक बसी विविध निर्णय गर्दै सम्पन्न भएको छ ।
बाँके जिल्लामा संचालन हुन गइरहेको आठौ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्थानीय रंगशाला परिसरमा निर्माण भईरहेको पौडी पोखरीलगायत अन्य पूर्वाधारको विकासक्रम र आठौ राष्ट्रिय खेलकुद पूर्वतयारीको अवस्था सम्बन्धमा सरोकारवाला निकायसंग समन्वय गरी नेपालगन्जमा नै राष्ट्रिय पौडी खेल आयोजना गर्न विशेष पहल गर्ने निर्णय गरेको छ ।
निर्णयको बारेमा जानकारी दिँदै बाँके पौडी संघका अध्यक्ष गोवर्धन सिंह सम्झनाले आठौ राष्ट्रिय खेलकुदको आवश्यक तयारीको सूचना आदानप्रदान गर्न पौडी संघ बाँकेकाा उपाध्यक्ष तिर्थमान श्रेष्ठको संयोजकत्वमा सचिव जनार्दनरत्न मल्ल र सदस्य लालबहादुर मल्ल सदस्य रहने गरी समन्वय समिति गठन गरिएको जानकारी गराउनु भएको छ ।
बैठकमा आठौ राष्ट्रिय खेलकुद आयोजना मुल समितिका सदस्य अजीतकुमार शर्माको समेत सहगिता रहेको थियो ।