मिठाई पसलका फोहोर भान्सा !
पर्वका बेला मिठाईको अत्याधिक रुपमा बिक्री बढ्छ । पसलहरुले ग्राहकलाई लोभ्याउने गरी मिठाईहरु सजाएर राखेका हुन्छन् । मिठाईको गुणस्तर भन्दा पनि सजावट हेरेर नै गुणस्तरीय रहेको विश्वासमा ग्राहकहरुले मिठाई किन्ने गर्दछन् । तर, तिनले मिठाई तयारी गर्ने अत्यधिक फोहोर हुने गरेको आइतबार नेपालगन्ज उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा खुलेको छ ।
चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाइको कस्तो अवस्थामा बनाइरहेको छ भन्ने बारे उपमहानगरपालिकाले अनुगमन गर्दा मिठाई पसलमा फोहोर भान्सा भेटिएका हुन् । पसल सञ्चालक उपभोक्ता स्वास्थ्यप्रति सचेत नभएको पाइएको अनुगमनमा संलग्न अधिवक्ता बसन्त गौतमले जानकारी दिए । ‘मिठाई किन्नु अघि भान्सा नियाल्नै पर्ने पो देखियो,’ गौतमले भने, ‘उपभोक्ताको स्वास्थ्य प्रति हदैको लापरबाही रोक्न नियमित अनुगमन र कारबाही जरुरी छ ।’
उपमहानगरपालिकाले अत्यधिक मिठाई बिक्री हुने त्रिभुवन चोकका चार वटा मिठाई तथा केक पसलको अनुगमन गरेको जानकारी दिएको छ । त्यसक्रममा भान्साहरु अत्याधिक फोहोर पाइएको अनुगमनमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । नाम चलेकै मिठाई पसलमा पनि हदैको लापरबाही देखिएको अनुगमनकर्ता बताउँछन् ।
‘राम मिष्ठान, शिव मिष्ठान भण्डार, लिटिल हंगर र द केक एण्ड बेकरीमा अनुगमन गर्दा अधिकांसमा मिठाई बनाउने भान्सा फोहर देखिएको छ’, अनुगमनमा संलग्न टोली सदस्यहरुले भने, ‘अनावश्यक रंंग प्रयोग गरिएको र पर्याप्त आवश्यक कागजात नराखेको पाइएको छ ।’ ती कुराहरु सुधार नगरेसम्म त्यहाँका मिठाई हानिकारक हुने उनीहरुको भनाइ छ ।
लिटिल हंगरको भने भान्सा सफा पाएको अनुगमन समितिले जानकारी दिएको छ । ‘तर, लिटिल हंगरमा म्याद सकिएको चिसो पेय पदार्थ राखेको फेला परेको छ’, उनीहरुले भने । यस्तै शिव मिष्ठानमा करिव ४० लिटर दुध फोहर कपडाले ढाकेको पाइएपछि प्रशासन परिसरमा पु¥याएर नष्ट गरिएको छ ।
राम मिष्ठान भण्डारमा अत्यधिक फोहर र आवश्यक कागजात नपाइएकाले १० दिन भित्र सम्पूर्ण कागजात पु¥याउन निर्देशन दिइएको उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिए । द केक एण्ड बेकरीमा केक बनाउने स्थान जिर्णोद्वार भइरहेको र फोहर पाइएकोले सो को व्यवस्थापन नहुँदासम्म उत्पादन नगर्न टोलीले सचेत गराएको छ ।
अनुगमनमा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, प्रशासन कार्यालयका अमरराज सेजुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका एकराज बुढाथोकी, वाणिज्य कार्यालयका कृष्ण प्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालयका खीम बहादुर केसी, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम लगायत पत्रकारको टोली रहेको थियो । यस अघि बजार अनुगमन गर्दा खसीको मासु भनेर बाख्रीको मासु बेचेको पाइएको थियो । उपभोक्ताको स्वास्थ्य अधिकारलाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिइने उपमहानगरपालिकाले जानकारी दिएको छ ।
खुलेआम म्याद नाघेका पेय पदार्थ
बाँकेको खजुरामा म्याद नाघेका पेय पदार्थ छ्यापछ्याप्ती बिक्री वितरण हुने गरेको भेटिएको छ । कोहलपुर नगरपालिकाले आइतवार गरेको बजार अनुगमनमा किराना तथा कोल्ड स्टोरहरुमा म्याद नाघेका पेय पदार्थहरुको विक्री हुने गरेको फेला परेको हो ।
वडा नं. १४, १५, ९, ८ र १० अन्र्तगतका हवल्दारपुर, पीपरी र हाइस्कूल क्षेत्रबाट विक्रीका लागि राखिएका करिब म्याद नाघेका करिब ३ सय लिटरजति विभिन्न कम्पनीले उत्पादन गरेका पेय पदार्थहरु अनुगमन समितिले नष्ट गरेको छ । कोक, फ्यान्टा, डिउ तथा भारतीय उत्पादनहरुका पेय पदार्थहरु बजार अनुगमनको क्रममा म्याद नाघेको पाइएपछि संयुक्त अनुगमन समितिले मुचुल्का तयार पारेर नष्ट गरेको अनुगमन समिति संयोजक तथा कोहलपुर नगरपालिका शाखा अधिकृत कर्ण बहादुर थापाले जानकारी ीदए ।
कोहलपुर नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, इलाका प्रशासन कार्यालय कोहलपुर, नगर कृषि सेवा कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रतिनिधि एवम् पत्रकार सहितको टोलीले अनुगमन गरेको थियो ।