बाढी पीडितलाई सुरक्षित आश्रय स्थल

बाढी पूर्वतयारी तथा पुनलार्भका लागि यूरोपियन यूनियन, सेभ द चिल्ड्रनको ५ करोड बढी खर्च

‘अब त हाम्रो विद्यालयमा नियमित पढाई होला नि !’, यो भनाई राप्तीसोनारी गाउँपालिका–३ खैरेनी स्थित गणेशआधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत् विद्यार्थी उषा चौधरीको भनाइ हो । उनी शनिबार बाढी पीडित परिवारका लागि निर्माण भएको सुरक्षित आश्रय स्थल हस्तान्तरण कार्यक्रममा बोल्दै थिइन्, ‘अब बाढी पीडितका लागि आश्रय स्थल बन्यो, हाम्रो विद्यालयको पढाई अवरुद्ध नहोला नि !

 
बाँकेको राप्तीपारी गाउँपालिका बाढीका कारण हरेक बर्ष डुबानमा पर्ने गरेको छ । बढीका कारण ज्यान गुमाउनु समेत पर्ने गरेको राप्तीसोनारीमा बर्षाले चौतर्फी डुबान हुँदा सामुदायिक विद्यालयहरु बाढी पीडितका आश्रय स्थल बन्ने गर्थे । गणेश आधारभूत विद्यालय पनि बाढी पछिको आश्रय स्थल बन्दा विद्यार्थीको पढाई समेत अनियमित हुने गरेको थियो । विद्यालय क्षेत्रमै आश्रय स्थल बनेपछि उद्घाटन कार्यक्रममा बोल्दै कक्षा ६ की विद्यार्थी उषाले अब विद्यालयलाई बाढी पीडितको सेल्टर बनाउनु नपर्ने र त्यसबाट अध्यापन कार्य अनियमित नहुने विश्वास व्यक्त गरेकी थिइन् ।


बाढी पछिको समस्या भनेको पुनः सहज जीवनयापनमा फर्कनु हो । त्यसका लागि सहयोग गर्यो यूरोपियन यूनियनले । यूरोपियन यूनियनले बाढी प्रभावित राप्तीसोनारीका ३, ४ र ५ मा बाढी प्रभावित बालबालिका तथा परिवारका लागि क्षति ३ करोड ४७ लाख रूपैयाँ बराबरको पुनर्लाभ कार्यक्रम सञ्चालन गर्यो । जसमा सेभ द चिल्डे«नले प्राविधिक गर्यो भने स्थलगत रुपमा कार्यक्रमको सञ्चालन बेशले गर्यो । उक्त रकमबाट बाढी प्रभावित क्षेत्रमा ३ वटा आश्रय स्थल बनाइएको छ भने सेभ द चिल्ड्रेनले बाढी पछि उद्दारका लागि ३ वटा रबर बोट, लाइफ ज्याकेट, डोरी, पाइडल लगायतका विभिन्न भौतिक सामाग्रीहरु सहयोग गरेको छ ।

 
पुनलार्भ कार्यक्रमले स्थानीय स्तरमा बाढी प्रभावितको जीवनयापन सहज बनाउन ठूलो मद्दत पुर्याएको बताउँछिन् लाभान्वित समूहकी जुगमानी चौधरी । ‘बाढीका कारण न बस्ने ठाउँ समेत थिएन’, उनले भनिन्, ‘कार्यक्रम मार्फत धान, तरकारीका बिउदेखि घर छाउने टिनका पातासम्म हामीले पायौं ।’ यसले बाढी पीडितलाई ठूलो सहयोग पुर्याएको चौधरीको भनाइ थियो ।


पुनर्लाभ कार्यक्रम मार्फत राप्तीसोनारीका ३, ४ र ५ मा निर्माण गरिएका सुरक्षित आश्रय स्थल बिहीबार एक कार्यक्रम मार्फत स्थानीय तहलाई हस्तान्तरण गरिउको छ ।

 
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ खैरहनीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् युरोपियन युनियनका राजदुत भेरोनिका कोडी र सेभ द चिल्डे«नका कन्ट्री डाईरेक्टर नेड ओल्नेले राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुलाई संयुक्त रुपमा आश्रय स्थल र भौतिक पूर्वाधार हस्तान्तरण गरेका हुन् ।

 
हस्तान्तरण कार्यक्रममा बोल्दै युरोपियन युनियनका राजदुत कोडीले पीडितलाई सहयोग पाउँदा खुशी व्यक्त गर्दै पीडितका लागि काम गर्न स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्न तयार गरेको बताइन् । उनले स्थानीय तह र स्थानीय बासिन्दा बाढीको पूर्व तयारीका लागि एकजुट भएर अगाडि बढेको आफुले पाएको भन्दै अन्य जिल्ला भन्दा बाँके बाढीको क्षति न्यूनिकरण गर्न अब्बल रहेको धारणा राखिन् ।

 
‘बाढीपछि राहत मात्रैले हुँदैन’, राजदुत कोडीले भनिन्, ‘क्षति न्यूनीकरण, प्रतिकार्य र पुननिर्माण पछि यसैसँग जोडिएका विषय हुन् ।’ उनले यूरोपियन यूनियनले सञ्चालन गरेको कार्यक्रमले सबै प्रक्रिया पुरा गरेको बताउँदै भनिन्, ‘हामीले पीडितका लागि अझै धेरै काम गर्न बाँकी छ ।’ उनले निर्माण गरिएका आश्रय स्थलमा विपद्का बेला ९ सय बढीले सुरक्षित बास पाउने विश्वास व्यक्त गरिन् । सेभ द चिल्डे«नका कन्ट्री डाईरेक्टर ओल्नेले राप्ती सोनारीका पुनर्लाभ सञ्चालित वडामा शुद्ध खानेपानी तथा जीविकोपार्जनका लागि राम्रो काम भएको पाएको बताए । उनले बालबालिकाका क्षेत्रमा आफुले थप काम गर्न चाहेको धारणा राखे ।

 
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम चौधरीले बाढीका कारण राप्तीसोनारी धेरै पीडामा हुने गरेको बताए । उनले बाढीबाट विस्थापितहरुलाई पुनस्र्थापित गर्न ठूलो चुनौति देखिएको उल्लेख गर्दै सुरक्षित बास स्थानको समस्यका कारण सामुदायिक वन क्षेत्रमा बाढी पीडितलाई बस्न मौखिक अनुमति दिएको जानकारी दिए । अध्यक्ष चौधरीले प्रत्येक वडामा सुरक्षित आवास निर्माण आवश्यक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न दातृ निकायहरुसँग आव्हान गरे ।

 
सेभ द चिल्डे«नका निर्देशक विरेन्द्र ठगुन्नाले स्वागत गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीका स्वकीय सचिव सन्तोष चौधरीले सुरक्षित आश्रय स्थल र भौतिक पूर्वाधारहरु सञ्चालनका प्रक्रियाबारे जानकारी दिएका थिए ।
वेश बाँकेका कार्यवाहक अध्यक्ष खगेश्वरी रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वेशका कार्यक्रम संयोजक आशाराम चौधरीले पुनर्लाभ कार्यक्रम अन्तर्गत ७ सय ७० घरपरिवारलाई कम्मल तथा ४ सय १२ बालबालिकालाई न्यानो कपडा, १ हजार ४ घरपरिवारलाई सुधारिएको आवासको लागि निर्माण सामाग्री वा दिर्घकालीन दैनिक उपभोग्य वस्तुका लागि प्रति परिवार २० हजार उपलब्ध गराइएको जानकारी दिए । प्रति परिवार २० हजार सेभ द चिल्डे«नले गरेको हो ।


कार्यक्रम संयोजक चौधरीले कार्यक्रम अवधीमा १ सय ५० जनालाई भुकम्प÷बाढी प्रतिरोधी डिकर्मी तालिम, शौचालय, धारा, सोलर सहितको २ कोठे पक्की भवन वडा नं. ३ खेरेनी, ४ परशुरामपुर र ५ लहीमा सुरक्षित आश्रय स्थल निर्माण गरिएको बताए । पुनर्लाभ कार्यक्रम अन्तर्गत ३० जनालाई क्षमता अभिवृद्धि गर्न लेखाजोखा तालिम, सचेतना कार्यक्रम सञ्चालन गरेको उनको भनाइ थियो ।

 
पुनर्लाभ कार्यक्रम अन्तर्गत ३ वटा वडामा २७ वटा सामुदायिक उच्च धारा निर्माण गरिएको कार्यक्रम संयोजक चौधरीले जानकारी दिए । ‘बाढीका बेला जलमग्न हुँदा निर्माण गरिएका उच्च धाराबाट स्वच्छ पानी पिउन सकिनेछ’, उनले भने । पुनर्लाभ कार्यक्रम अन्तर्गत १ सय २४ घरपरिवारलाई शौचालय निर्माण सहयोग, सचेतना अभियान, ९ सय ५५ घरपरिवारलाई ५० किलोका दरले उन्नत जातको बिउ वितरण, २० किसानलाई तरकारीको बिउ वितरण, २ सय ६ परिवारलाई सिड बिन र ४६ परिवारलाई बिउ राख्ने सुरक्षित बोरा हस्तान्तरण गरिएको थियो । बाढी प्रभावित क्षेत्रमा २५ घरधुरीलाई ६० हजार बराबरको सोलार लिफ्टिङ्ग, २ वटा समुदायलाई २ लाख ५० हजार बराबरको उन्नत जातको बोयर बोका सहयोग गरिएको थियो ।

 
जीविकोपार्जनका लागि पुनर्लाभ कार्यक्रम अन्तर्गत ३२ वटा कुलो, ४ बाँध, ३ बाटो, २ काठ पुल र १ नाली निर्माण गरिएको छ । सेभ द चिल्डे«न नेपालगन्जका कम्युनिकेशन डकुमेन्टेशन एण्ड रिपोर्टिङ कोर्डिनेटर रचना श्रेष्ठले स्थानीयबासीको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिएकाले प्रभावकारी भएको बताइन् । सुनौलो महिला समूहले स्वागत गीत र डाँफे बाल क्लबले नृत्य प्रस्तुत गरेको कार्यक्रममा युरोपियन युनियनका कार्यक्रम अधिकृत पियुस कायस्थ, बेसका केन्द्रीय सदस्य संगिता चौधरी, राप्तीसोनारीका विभिन्न वडाका वडाअध्यक्ष, स्थानीयबासी, समाजसेवी, शिक्षक लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया