उड्यनका निर्देशक तिबारी विरुद्ध लुटपाट मुद्दा

डोजर लगाएर निगमको भबन भत्काइ दिने नागरिक उड्यनका निर्देशक तिबारी विरुद्ध लुटपाट मुद्दा

नेपालगन्ज/कृष्ण अधिकारी

नेपाल बायु सेवा निगम नेपालगन्जका प्रमुख मुक्तीराम पाण्डेले निगमको भवन डोजर लगाएर भत्काइ दिएको भन्दै नेपाल उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रताबबाबु तिवारीका विरुद्ध जिल्ला अदालत बा“केमा लुटपाट मुद्दा दायर गरेका छन ।
नागरिक उड्यन कार्यालयका निर्देशक तिवारीले गत असार १९ गते राती नेपालगन्ज बिमान स्थल पसिरसरमा रहेको निगमको इन्जिनियरिङ्ग युनिटको भवनलाई डोजर लगाएर भत्काइदिएका थिए । निगमले २०३५ सालमा निर्माण गरेको इन्जिनियरिङ्ग युनिटको भवनमा रातीको समयमा डोजर लगाएर भत्काइ दिएर निगमलाई हानी नोक्सानी पुराएकाले क्षतिपूर्तिको माग गर्दै उड्यन कार्यालयका निर्देशक तिबारी माथि लुटपाट मुद्दा दायर गरिएको निगमका नेपालगन्जका प्रमुख मुक्ति पाण्डेले बताए ।
नेपालगन्ज विमानस्थल परिसरमा ३ कठठा ३ धुरमा क्षेत्रफलमा २०३५ सालमा निर्माण भई हाल सम्म निगमले भोगचलन गर्दै आएको इन्जिनियररिङ भवन हटाउन पटक पटक आग्रह गर्दा पनि निगमले नहटाएको जनाउदै उड्डयन कार्यालयका निर्देशक तिबारीले डोजर लगाएर भत्काई दिएका थिए ।
डोजर लगाएर निगमको इन्जिनियररिङ भबन भत्काइ दिएकोमा आपत्ती जनाउदै निगमका प्रमुख पान्डेले पत्रकार सम्मेलनको आयोजना गरेर निर्देशक तिवारीका विरुद्ध कानुनी कारबाहीको प्रकृया अगाडि बढाउने बताएका थिए ।
निर्देशक तिबारीले डोजर लगाएर इन्जिनियररिङ भवन भत्काइदिंदा निगमको २४ लाख ४१ हजार ४ सय ७६ रुपैयाँ नोक्सान भएकाले सो रकम क्षतिपूर्ति वापत दिलाई भराई पाउ भन्ने माग दाबी गर्दै निगमका प्रमख पाण्डेले मुद्दा दायर गरेका हुन ।
नागरिक उड्यनको कार्यालयले भने बिमान स्थलको स्तर उन्नती गरी यात्रु कक्ष र चमेना गृह निर्माणका लागि नयाँ भवन बनाउनका लागि निगमलाई पुरानो घर खाली गराई दिन बारम्बार आग्रह गर्दा पनि निगमले खाली नगरेका कारण डोजर लगाएर भत्काएको बताउँदै आएको छ ।
निगमको इन्जिनियरिङ भवन रहेको जग्गाको लालपुर्जा बनाउने प्रकृया चलिरहेकै बेला उड्यन कार्यालयका निर्देशक तिबारीले कानुन हातमा लिएर डोजर लगाएर भवन भत्काइदिएको निगमका प्रमुख पाण्डेले बताए ।
निगम र उड्डयन कार्यालय एउटै मन्त्रालय अन्र्तगतका दुई वटा सरकारी कार्यालय हुन् । ती दुई सरकारी कार्यालय बीचको विवाद उत्कर्षमा पुगेर अदालत सम्म पुगेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया