सिलाई व्यवसायी महासंघमा जाँदै

नेपाल कपडा तथा सिलाई व्यवसायी संघलाई महासंघीय ढाँचामा लगिने भएको छ । संघको शनिबार आयोजित प्रथम जिल्ला भेलामा बोल्दै संघका केन्द्रीय सदस्य एवं प्रदेश नं. ५ संयोजक सुरेन्द्र परियारले ६० जिल्लामा बिस्तार भैसकेको संघलाई अब महासंघीय ढाँचामा लैजाने बताएका हुन् । उनले बाँकी रहेका सबै जिल्लामा संगठन बिस्तार गर्दै लगिने बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य सुरेन्द्र हमालले कपडा तथा सिलाई व्यवसायीलाई गोलबद्ध भएर अगाडि बढ्न सुझाव दिए । उनले संघले आवश्यक परे आफ्नो तर्फबाट सधै सहयोग र समर्थन गरिरहने प्रतिबद्धता जनाएका थिए ।

 

त्यस्तै, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्यले व्यवसायिक हकहितका लागि व्यवसायी एक हुनु राम्रो पक्ष रहेको तर्क गर्दै आपसी एकतामा परेका समस्या समाधान गर्दै अघि बढ्न आव्हान गरे ।
नेपाल युवा क्लब बाँकेका अध्यक्ष मोहम्मद मोहसिन हलवाईले व्यवसायिक हकहित र एकतामा जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष शालिकराम परियार कपडा तथा सिलाई व्यवसाय अरुको इज्जत ढाक्ने सम्मानित पेशा भएको बताए । उनले बाँकेमा ३ सय बढी व्यवसायी आबद्ध रहेको जानकारी दिंदै छुटेका व्यवसायी पेशागत हकहितका लागि संघमा आवद्ध हुन आव्हान गरे ।

प्रतिक्रिया

प्रतिक्रिया