नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको शुक्रबार भएको निर्वाचनबाट प्रगतिशिल प्यानलका विकास आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् । प्रगतिशिल प्यानलबाट महिला सदस्यमा कुुसुम बस्नेत विजयी भइन् ।
अध्यक्ष पदका उम्मेदवार विकासले १ सय ३५ मत प्राप्त गरेका छन् । उनले लोकतान्त्रिक समुहका उम्मेदवार शिव कुमार श्रेष्ठ भन्दा ७ मत बढी प्राप्त गरेका थिए । प्रगतिशिल प्यानलबाट अध्यक्ष र एक महिला सदस्य मात्र विजयी भएका हुन् । बाँकी सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको छ ।
यसअघि गरिएको ८÷१० मतान्तरले विजयी हुन आंकलन अनुसार नै मत परिणाम आएको छ । बृहत लोकतन्त्रवादी समावेसी कानून ब्यवसायी समुहबाट उपाध्यक्षमा राम गोपाल कुर्मी, सचिवमा चित्र बहादुर शाही र कोषाध्यक्षमा सुदिप कुमार भट्टराई, र सदस्यहरुमा सतिश कुमार अधिकारी, वसन्त कुमार श्रेष्ठ, सुर्जलाल थारु, राकेश सोनी, पूर्ण प्रसाद ढकाल, चित्र बहादुर केसी, प्रभात रञ्जन पोखरेल र राजेन्द्र कुमार बिश्वकर्मा विजयी भएका छन् ।