आज नेतृत्व छान्दै नेपालगन्ज उच्च बार एशोसिएसन

नेपालगन्ज उच्च बार एशोसिएसनको आज हुन लागेको निर्वाचनमा दुई प्यानल बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ
नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको निर्वाचन आज शुक्रबार हँुदैछ । २ सय ८६ मतदाता रहेको निर्वाचनमा प्रगतिशील तथा पेशागत कानून ब्यवशायी समुहबाट अध्यक्ष पदका उम्मेदवार अधिवक्ता विकास आचार्य बृहत लोकतान्त्रिक समुहबाट अधिवक्ता शिव कुमार श्रेष्ठ चुनावी मैदानमा छन् । दुवै पक्ष बीच कडा प्रतिस्पर्धा रहेको कानून ब्यवसायीहरु बताउँछन् । जसले जिते पनि ८÷१० मतको मतान्तरमा जित हार हुने अनुमान गरिएको एक कानून ब्यवशायीले बताए ।
प्रगतीशिल तथा पेशागत कानून ब्यवसायी समुहका तर्फबाट अध्यक्षमा बिकास आचार्य, उपाध्यक्षमा राजाराम गुप्ता, सचिवमा सुनिता शर्मा, कोषाध्यक्षमा रामचन्द्र घिमिरे, महिला सदस्यमा कुसुमा सुवेदी र सदस्यहरुमा पवित्र कुमार शर्मा, श्याम कुमार श्रेष्ठ, बिरेन्द्र कुमार बस्नेत, जयराम जैसी, डण्ड कुमार चपाई, बिश्वराज चौधरी, टोप बहादुर थापा र गोबिन्द बहादुुर केसी चुनावी मैदानमा छन् ।
त्यस्तै, बृहत लोकतन्त्रवादी समावेसी कानून ब्यवसायी समुहबाट अध्यक्षमा शिव कुमार श्रेष्ठ, उपाध्यक्षमा राम गोपाल कुर्मी, सचिवमा चित्र बहादुर शाही र कोषाध्यक्षमा सुदिप कुमार भट्टराई, महिला सदस्य देवीमाया खत्री र सदस्यहरुमा सतिश कुमार अधिकारी, वसन्त कुमार श्रेष्ठ, सुर्जलाल थारु, राकेश सोनी, पूर्ण प्रसाद ढकाल, चित्र बहादुर केसी, प्रभात रञ्जन पोखरेल र राजेन्द्र कुमार बिश्वकर्मा निर्वाचनमा उम्मेदवार बनेका छन् ।
बाँके जिल्ला अदालत परिसरमा हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र प्रमुख निर्वाचन अधिकृत लक्ष्मण प्रसाद पराजुलीले जानकारी दिएका छन् ।

दुवै समुहको आ–आफ्नै दावी

निर्वाचनमा होमिएका दुवै समुहले निर्वाचनमा आप्mनो समुहको जित सुनिश्चित भएको दावी गरेका छन् । बृहत लोकतन्त्रवादी समावेशी कानून ब्यवसायी समुहबाट अध्यक्ष पदका उम्मेदवार शिव कुमार श्रेष्ठले आफ्नो समुहले यस पटक पनि निर्वाचन जित्ने दावी गरे । पहिलो हाम्रो समुह बहुमतमा रहेको र अन्य पक्षलाई पनि आफ्नो समुहमा मिलाएकाले आफ्नो समुहको जित निश्चित भएको श्रेष्ठले दावी गरे ।

यसैगरि प्रगतीशिल तथा पेशागत कानून ब्यवसायी समुहबाट अध्यक्ष पदका उम्मेदवार बिकास आचार्यले कानून ब्यवशायीका दुई संगठन एक भई सांगठिक रुपले आफुहरुको संगठन मजबुत भएकोले आफ्नो समुहको जित सुनिश्चित भएको बताए । बिगतमा आफुले सचिवको रुपमा सफल कार्यकाल सम्पन्न गरेको र निर्वाचन प्रचारका क्रममा मतदाताको राम्रो रेन्पोन्स गरेकाले आफुले यस पटक आफ्नो समुहले भारी मतले जित्ने आचार्यले दावी गरे ।
न्याय क्षेत्रमा बढ्दै गएको विकृति र विसंगतिको अन्त्य गरि ब्यवसायिक मर्यादा कायम राख्दै राजनैैतिक दलको सीमित घेरा भन्दा माथि उठेर कानून ब्यवसायीको हक हितमा काम गर्न सक्ने नेतृत्व बारमा निर्वाचित हुनु पर्ने कानून ब्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया