सिक्टामा अत्याधुनिक प्रविधि

अगैया (बाँके)/हेमन्त चौधरी

 

बाँकेको अगैया स्थित सिक्टाको ब्यारेजमा नेपालकै पहिलो अत्याधुनिक प्रविधि जडान गरिएको छ । करोडौं मुल्य पर्ने अत्याधुनिक प्रविधि ब्यारेजमा जडान भएपछि ब्यारेजको सबै काम कम्प्युटरबाट हुन थालेको हो । सिक्टा सिचाई आयोजना अगैया फिल्ड अफिसका प्रमुख इन्जिनियर बिजय कुमार झाले गेट अपरेटिङ नामक अत्याधुनिक सफ्टवयर जडान गरेर कोठामा बसिबसि भित्रैबाट कम्प्युटरको माउसले ढोका खोल्न र बन्द गर्न सकिने जनाए । उनका अनुसार एउटा ढोका पुर्ण रुपमा खोल्न र बन्द गर्न २० देखि २५ मिनेट लाग्ने गर्दछ । एक बर्ष लगाएर ओम मेटल नामक भारतीय कम्पनीले उक्त प्रविधि जडान गरेको हो । उक्त प्रविधिले ब्यारेज माथि र तल कतिको बेगले पानि बगिरहेको छ, कति सम्म खतरा मानिने कुन ढोका कति खुल्ला या बन्द भन्ने डिजिटल सिस्टम बाट कोठमै बसेर हेर्न सकिन्छ ।

 
पूर्वी र पश्चिम नहर विकासको चरणमा रहेको जनाउँदै इन्जिनियर झाले ३ सय १७ मिटर लामो ब्यारेजमा १८ वटा ढोका अत्याधुनिक प्रविधिको सहायताले कम्प्युटरबाट खोल्न र बन्द गर्न सकिने जनाए । ब्यारेजका अपरेटर धनबहादुर पुनले एउटा ढोकामा मोटर सन्चालनका लागि ४ सय ४० भोल्टेज विद्युत आवश्यक पर्ने भएकोले बर्षातको समयमा विद्युतको आउने जाने गर्नाले केही समस्या पर्ने गरेको जनाए । अपरेटर पुनले ब्यारेजमा ८ वटा सिसि क्यामरा जडान गरिएको जनाउँदै क्यामराको सहायताले अत्याधुनिक प्रविधि बाट ब्यारेजको तल र माथि कतिको गतिले पानी बगिरहेको छ भन्ने पनि हेर्न सकिने जानकारी दिए । उनका अनुसार १, नम्बर क्यामराले तलको भाग गोबारपुर सम्मको २ किलोमिटरको दुरीमा पानिको वेग हेर्न सकिने, २ नम्बर क्यामराले पश्चिम नहरमा कति पानी गइरहेको छ भन्ने हेर्न सकिने र ३ र ४ नम्बर क्यामराले ब्यारेजको विभिन्न भाग हेर्न सकिने, ५ नम्बर क्यामराले फिस पास लेटरको ढोका हेर्न सकिने, ६ नम्बर क्यामराले ब्यारेज माथिको भाग आर्यघाट, झुलुंगे पुल सम्म हेर्न सकिने, ७ नम्बर क्यामराले प्राविधिक कक्षको जानकारी हेर्न सकिने र ८ नम्बर क्यामराले मुख्य गेटको भाग हेर्न सकिने छ ।

 
समुन्द्री सतहबाट करिव १ सय ७३ मिटर माथि पानी भएको समयमा खतरा मानिन्छ । गत बर्ष जस्तै ब्यारेजको कारण बाढीबाट धनजनको क्षति हुने समस्या हटेको छ । कालिका कुमार कन्ट्क्सनले अगैया ब्यारेज देखि ५३ किलोमिटर पुर्वि दक्षिण नहरको निर्माण कार्य गएको आर्थिक बर्षदेखि सुरु गरिसकेको छ । नेपालको सिमाना सुइयासम्म लगिने नहरको निर्माण कार्य ३ बर्ष भित्रै सकिने निर्माण कम्पनीका प्रमुख अनिल कार्कीले जानकारी दिए । स्थानीय अगुवा तुलसीराम थारुले ब्यारेजमा अत्याधुनिक प्रविधि सहित सिसि क्यामरा उपलब्ध हुनुले बाढीको जोखिम अन्त्य हुनुका साथै अपराधिक क्रियाकलापमा पनि कमि आउने जनाए ।

प्रतिक्रिया

प्रतिक्रिया