सिमा क्षेत्रमा लागुऔषध सर्गना, गन सहित एक पक्राउ

नेपालको पहाडी र हिमाली जिल्लाबाट चरेस तस्कर सक्रिय
नेपाली क्षेत्रबाट भारतीय क्षेत्रमा अवैध रुपमा गइरहेको लागुऔषध चरेस पटक पटक भारतीय सुरक्षा अधिकारीले बरामद गर्दै आएका छन् । सो क्रममा करिब १० केजी चरेस सहित एक जना नेपाली युवालाई रुपईडिहा एसएसबीले फन्दामा लिएको छ । शनिवार राति राढे ९ बजेकोमा समयमा ९ केजी ९०० ग्राम चरेस एसएसबीले बरामद गरेको हो ।

 

 
सुरक्षा बारे गस्तीमा निस्किएको टोलीले चरेस चस्करलाई पक्राउ गरेको हो । डिप्टी कमाण्डेन्ट शैलेन्द्र पाण्डेयका अनुसार निबिया बीओपीका जवान एएसआई गोपाल सिंह नेगी, जवान प्रदीप शाही, पंकज सिंह र दुर्गेश सिंह लगायतको टोलीले पिलर संख्या ३० मा गस्ती गरिरहेका बेला तस्कर फन्दामा परेको बताएका छन् ।

 

 
नेपालबाट भारत तर्फ गइरहेको र संदिग्ध देखिएपछि चेकजाँचका क्रममा अछाम बस्ने २९ वर्षिय प्रकाश बहादुर शाहीलाई एसएसबीले पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई नार्कोटेक विभागलाई जिम्मा लगाइएको एसएसबीले जनाएको छ ।
नेपालबाट भारतीय क्षेत्रमा चरेस र भारतीय क्षेत्रबाट नेपाली क्षेत्रमा ब्राउनसुगर, नेट्रोजेपाम, कोरेक्स जस्ता लागुऔषध भित्रिने गरेको प्रहरी अभिलेख छ । अवैध सामाग्री भारत तर्फ अवैध निर्यात रोक्न र भारतबाट हुने अवैध आयात रोक्न नेपालगन्ज जमुनाहा नाका देखि २ किलोमिटर भित्र क्षेत्र सम्म झण्डै ७ चरणमा प्रहरी चेकजाँच हुन्छ । नेपालबाट भारत तर्फ जाँदा चेकजाँचका लागि खटिएका प्रहरीलाई निगरानी राख्ने र उत्ताबाट फर्किंदा चेकजाँच र खान तलाशी लिन सक्ने कानूनी अधिकार प्राप्त छ । चेकजाँच र खान तलाशीको अवस्थालाई मध्य नजर गर्ने हो भने सजिलो छैन सिमा क्षेत्रमा लागुऔषध तस्करी ।

 

 
७ चरणको चेकजाँच पछि भारतीय एसएसबीले बरामद गर्दै आएको अफिम, चरेस, ब्राउन सुगरको अवस्थाले प्रहरीले प्रभावकारी चेकजाँच नगरेको देखाएको हो । नेपालगन्जबाट जाने गाडी, रिक्सा, लगायत सवारी साधनलाई प्रहरीले चेकजाँच नगरी छाड्ने गरेपछि नेपाली क्षेत्रबाट अवैध सामाग्रीहरु भारतीय क्षेत्रमा पक्राउ हुँदै आएको पाइएको हो ।
नेपालगन्ज नाकाबाट भारतीय क्षेत्रमा लग्दै गरेको १ केजी ८ सय ग्राम अफिम सहित केहि समय अघि मात्र एक जना पक्राउ परेका थिए । एसएसबी बीओपी रुपैडिहाले नेपालगन्जबाट रुपैडिहा तर्फ जाँदै गरेका सल्यान मगमर वडा नं.१ बस्ने धन बहादुर खत्रीलाई अफिम सहित पक्राउ गरेको थियो ।

 

 
दुईमहिना अघि १ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका एक सेवनकर्ताले प्रहरीले नै ब्राउनसुगरको रेट बढाएको टिप्पणी गरे । उनले बाटोमै घूस दिने रकम नभएका कारण भित्र जानु परेको गुनासो गर्दै भने, ‘संगै पक्राउ भएको एक जना साथी पाँच हजार रुपैया तिरेर छुटेको थियो ।’ ब्राउनसुगर सहित जाँदा भन्सारमा रहेको प्रहरीले पक्राउ गरेको बताउँदै उनले भने, ‘घूसका लागि पर्याप्त रकम भए जतिपनि कारोबार गर्न सकिन्छ ।’ प्रहरीले बाँकेबाट लागुऔषध अन्त्य गर्ने दावी गरिरहेका बेला सेवनकर्ताले दिएको बयानले प्रहरी भित्रै समस्या रहेको देखाएको हो । एक जना तस्करले प्रहरीका केहि अधिकारीहरुको पनि नाम खुलासा गरे । उनले आफुले नै रकम लगेर बुझाउँदै आएको बताए । ‘जमुनाहा नाका देखि जिल्ला प्रहरी भित्र सम्म लागुऔषध तस्करीमा सघाउने ब्यक्तिहरु छन्’, उनले भने, ‘ठूला तस्करलाई पक्राउ गरिँदैन ।’
भारत नानपारा स्थित वकिल खाँबाट ब्राउन सुगर खरिद गरेर ल्याउने गरेको पक्राउ परेका अभियुक्तहरुले सजिलै खुलाउँदै आएको ६ वर्ष भयो । तर, नेपाल र भारत दुबै देशका प्रहरीको पहुँच वकिल खाँसम्म पुग्न सकेन ।
दुबै देशका प्रहरीले अनुुसन्धान जारी रहेको दावी गर्दै आएका छन् । नानपाराबाट ब्यापार चलाउँदै आएका कारोबारी वकिल बाँके जयसपुरका बासिन्दा हुन् । २०६५ पछि उनी नानपारा बस्दै आएको प्रहरी श्रोतको दावी छ ।

साठी किलो चरेशसहित पक्राउसार्वजनिक
जिल्ला प्रहरी कार्यालय दाङले ६० किलो लागूऔषध चरेशसहित पक्राउ परेका पाँच जनालाई आइतबार सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका स्थायी घर भई हाल घोराहीमा बस्ने ३० वर्षीया रुपा घर्ती, रुकुम भूमे गाउँपालिका–२ बस्ने २७ वर्षीया सपना पुन र सोही ठाउँकै ध्रुवजङ्ग बुढा रहेका छन् ।

 

 
जिप्रका दाङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । मुसीकोट नगरपालिका–११ का ४५ वर्षीय प्रेमबहादुर घर्ती र सल्यान दार्मा चौर गाउँपालिका–५ का ३५ वर्षीय डिल्लीराज चन्द रहेका छन् । विशेष सुराकीका आधारमा उनीहरुलाई शुक्रबार र शनिबार जिल्ला प्रहरी कार्यालय दाङको टोलीले लमही नगरपालिका–९ को अमेलीयामा लागूऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा पक्राउ गरेको पत्रकार प्रहरी प्रमुख पोख्रेलले जानकारी दिनुभयो । पक्राउ परेकालाई लागूऔषध चरेश कारोवार मुद्दा शीर्षकमा कारवाहीका लागि अगाडि बढाइसकेको छ ।
हतियार बरामद

जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले संयुक्त टोलीले चेकजाँचका क्रममा एकजनालाई जमुनाहाबाट १ थान एयरगन सहित फन्दामा लिएको छ ।

 
भारतबाट नेपाल तर्फ आउँदै गरेको बेला चेकजाँचका क्रममा जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.९ बस्ने २२ वर्षिय अमृत विकलाई प्रहरीले पक्राउ गरेको हो । झोला चेकजाँच गर्ने क्रममा झोला भित्र रहेको १ थान एयरगन पेस्तोल र सो मा लाग्ने छर्रा ३० वटा फेला परेको प्रहरी भनाई छ । बरामद भएको हतियारबारे थप अनुसन्धान अघि बढाइएको प्रहरी भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया