सहरमा सुपारी तस्करको सञ्जाल

भारतीय क्षेत्रका गुट्खा कम्पनीलाई नेपाली सुपारी तस्करी हुने गरेको प्रहरी खुलासा

भारतीय क्षेत्रबाट अधिकांस सामाग्री नेपाली क्षेत्रमा तस्करी हुने गरेपनि सुपारी, जडिबुटी, अरहरको दाल, केराउ, बंगुरको मासु र पेट्रोलियम पदार्थ भारतीय क्षेत्रमा तस्करी हुँदै आएको पाइएको छ । सिमावर्ती क्षेत्रमा रहेका गुट्खा कम्पनीले नेपाली क्षेत्रबाट सस्तो सुपारी खरीद गर्ने गरेको पाइएको छ । ‘नेपालगन्जमा सुपारीको वैधानिक रुपमा कारोबार गर्दै आएका मध्ये अधिकांसको कारोबार नै तस्कर संग जोडिएको पाइयो’, प्रहरी श्रोतले भन्यो, ‘नेपालगन्जमा सुपारी बिक्री गरेर खासै नाफा नहुने भएकोले भारतीय क्षेत्रमा तस्करी हुने गरेको छ ।’

 
नेपालगन्जमा सुपारी अहिले २५० रुपैयाँ प्रति केजी छ । भारतीय क्षेत्रको सुपारी २०० रुपैयाँ भारुमा बिक्री हुने गरेको पाइएको छ । अर्थात् नेपाली सुपारी भन्दा ७० रुपैयाँ प्रतिकेजी बढीमा बिक्री हुने सुपारीमा नेपाली सुपारीले बजार लिएको पाइयो । वडा प्रहरी कार्यालय नेपालगन्जले गरेको अप्रेशनमा भारतीय क्षेत्रमा पठाउन लागेको ३५ केजी सुपारी बरामद गरेर कारवाही अघि बढाएपछि चलेको अनुसन्धानमा सुपारी ब्यवसायीले नै भारतीय क्षेत्रमा तस्करी गर्ने गरेको खुलेको हो ।
भारत उत्तर प्रदेश र विहारमा गुट्खा कम्पनीहरु माथि एक वर्ष अघि लागेको प्रतिबन्ध कडाईका साथ लागु भएपछि दर्जन बढी गुट्खा कम्पनी नेपालगन्जबाट आफ्नो उत्पादन सुरु गरेका छन् । भारतीय कम्पनी मेगाश्री, शुद्धप्लस, रजनीगन्धा, आशिकी र आरडी जस्ता कम्पनीले नेपाली क्षेत्रमा आफ्नो कम्पनी स्थापित गरी भारतीय क्षेत्र संगै नेपाली बजारमा पनि ब्यवसाय संचालन गर्दै आएका छन् ।

 
‘सुपारी तस्करी भइरहेको सूचनाको आधारमा कारवाही गर्दा ३५ केजी सुपारी बरामद भएको हो’, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक इन्चार्ज नारायण डाँगीले भने, ‘भारतीय क्षेत्रको सुपारी महँगो भएको नेपाली क्षेत्रबाट सुपारी तस्करी हुने गरेको छ ।’

 
बरामद भएको सुपारीलाई आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यस संगै जडिबुटी, अरहरको दाल, केराउ, बंगुरको मासु र पेट्रोलियम पदार्थ नेपाली क्षेत्रबाट भारतीय क्षेत्रमा तस्करी हुँदै आएको खुलेको छ । भारतीय क्षेत्रमा पेट्रोलियमको मुल्य महँगो र नेपाली क्षेत्रमा सस्तो पर्ने भएकोले भारतीय सवारी साधनहरु पेट्रोलियम खरीद गर्नकै लागि भएपनि नेपालगन्ज पस्ने गरेको पाइएको छ । नेपालगन्जका पेट्रोल पम्पले नेपाली नंं.बाट बिल काटेर भारतीय सवारी साधनलाई अधिकतम पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको सन्दर्भमा यसअघि जिल्ला प्रशासन कार्यालय बाँके र क्षेत्रीय नापतौल तथा गुणस्तर कार्यालयले कारवाही अघि बढाइसकेको छ ।

 
बंगलादेश म्यानमार र भूटानबाट सस्तो दरमा भित्रिएको अरहरको दाल समेत भारतीय क्षेत्रमा तस्करी हुँदै आएको पाइएको छ । यसअघि प्रदेश प्रहरीले २२ हजार केजी अरहरको दाल बरामद गरी कारावही अघि बढाइसकेको छ । सिमाक्षेत्रबाट नेपाली केराउ भारतीय क्षेत्रमा तस्करी हुँदै आएको सन्दर्भमा निगरानी थालेको प्रहरीले खासै उपलब्ध हासिल गर्न सकेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया