बुद्ध एयरलाई नेपालगन्ज–दिल्ली उडानको अनुमति

नेपालगन्ज दिल्ली उडानको प्रक्रिया अघि बढ्दै, जनवरीबाट उडान सुरु हुने सम्भावना

 

नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगन्ज दिल्लीको उडान तालिका जनवरी १, २०१९ देखि लागु हुनेगरि स्वीकृत गरेको छ । यसअघि बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार सहित अनुमान माँग गरेको थियो ।

 

 
नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगन्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ । बुद्ध एयरले उडानका लागि आफ्नो तर्फबाट गृहकार्यहरु गरिरहेको जनाएको छ ।
दिल्ली विश्वभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको आवागमन केन्द्रको रुपमा मानिँदै आएको छ । यसैलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्सहरु सँग अन्तरदेशिय टिकट विक्री वितरणका लागि इन्टरलाईन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीहरुसँग समन्वय अघि बढाएको छ ।

 
दिल्ली उडानबाट सुदुर पश्चिम र पश्चिमका जनताहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी रारा, तिलिचो तालतलैयाले पर्यटकहरुलाई पनि आकर्षित गर्ने र उडानबाट आयमूलक काम हुन सक्ने सम्भावना ब्यक्त गरिएको छ । नेपालगन्ज–दिल्लीको उडान लगत्तै बुद्व एयरले नेपालगन्ज–पोखराको दैनिक उडान पनि सुरु गर्ने जानकारी दिएको छ । यसअघि बुद्ध एयर प्रालिले आगामी ६ महिना भित्रै नेपालगन्ज–दिल्ली उडानका लागि तयारी गरिरहेको जानकारी दिएको थियो ।

 

 

नेपालगन्जदेखि निकै लामो पर्खाई पछि नेपालगन्जबाट भारतको दिल्लीका लागि सोझै हवाई उडान तय भएको छ । नेपालगन्ज विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नती गरेर छिमेकी मुलुकमा उडानको व्यवस्था गर्ने विषयलाई सरकारले आगामी बजेटमा समावेश गरेपछि भारत उडान सुनिश्चित भएको हो । बुद्धले बैशाख १ गतेदेखि नै नेपालगन्जबाट दिल्लीका लागि उडान भर्ने योजनाका साथ लामो समयदेखि पहल र प्रयास गर्दै आएको छ । अन्तर्ष्िट्रय उडानका लागि रुट परमिटका लागि भारतीय अधिकारीहरु संग छलफलको तयारी भइरहेको बताइएको छ ।

 

 

खासगरि मानसरोवर तिर्थ यात्राका लागि पछिल्ला बर्षहरूमा नेपालगन्ज ट्रान्जिट प्वाइन्टका रूपमा विकास भएपछि भारतीय यात्रुहरूलाई मध्यनजर बुद्धले नेपालगन्ज–दिल्लीको उडानलाई प्राथमिकता राखेर पहल गर्दै आएको थियो ।
बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नागरिक बा®ाणसीमा साताको दुई उडान गर्ने पनि जनाएको छ । बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तीर्थालुलाई छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध ग®ाउने योजना अघि सारेको हो ।

 

 

अन्ततः नेपालगन्जदेखि निकै लामो पखाई पछि भारतको राजधानी दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना निश्चित भएको छ । नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने योजना समेत अघि बढिसकेको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले उडान निश्चित भएकोले त्यसका लागि चाहिने आवश्यक पूर्वाधारमा केन्द्रित भएर काम गर्न नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया