राजीवलाई हिंड्ने समयमा बुबाले राम्रो संग पढ्नु, घरको चिन्ता नलिनु, पढेर आप्mनै गाउँको स्कूलमा मास्टर भएस, भनी आशीर्वाद दिइरहँदा छेउमा बसेकी आमाका आँखा टिलपिल टिलपिल गर्दै रसाएका थिए । राजीवले शिर झुकाएर आमा बुबालाई अभिवादन गर्दै ऊ बाटो लाग्यो । भर्खर एस.एल.सी. पास गरेको हुँदा आप्mनो जिल्लाको सदरमुकाममा पढ्नु र जिल्ला बाहिरको ठूलो शहरको राम्रो क्याम्पसमा पढ्नुमा फरक थियो ।
जिल्लामा सीमित श्रोत साधन र भौतिक सुविधा राम्रो थिएन । त्यसमाथि कलेजमा बिषयगत शिक्षकहरु राम्रो नहुनु र ट्युसन पढ्ने लगायतको राम्रो व्यवस्था नभएकै कारण बर्षै पिच्छे स्थानीय विद्यार्थीहरु ठुलो धनराशी खर्च गर्दै कि नेपालगन्ज कि काठमाडौं जान बाध्य हुन्थे । त्यसको लागि अभिभावकहरुले चर्को मुल्य चुकाउनु पथर््यो । त्यसैले ऊ जिल्ला बाहिरको ठूलो सहरमा त्यो पनि प्लेन चढेर नेपालगन्जमा गएर पढ्र्ने अभिलाषा लिएर ऊ घरबाट हिंडेको थियो । जव ऊ नेपालगन्ज पुग्यो डेराको बन्दोबस्त गरेर कलेजमा भर्ना भई कलेज जान थाल्यो । गाउँको केटो सोझो थियो ।
एक पटक बुबाको औषधी गर्ने बेलामा बुबाको साथमा नेपालगन्ज जाँदा आउँदा प्लेनमा चढेको थियो ।
ऊ दोस्रो पटक नेपालगन्ज सहरमा प्रवेश गरेको थियो, त्यसैले उसलाई नेपालगन्ज सहर नौलो लागेको थियो । साथीभाई कलेज ठाउँ परिवेश हावा पानी उसको लागी नौलो थियो । जे जसरी भएपनि गाउँको सोझो इमान्दार बुबाको सपना साकार पार्नु उसको प्रमुख कत्र्तव्य थियो । पिछडिएको आप्mनो गाउँमा बाटोघाटो पुगेको थिएन । बर्षभरी खेती गरेर ६ महिनासम्म खान धौ धौ हुन्थ्यो । बाजे बराजु सबैको हविगत त्यहीँ थियो । उसका पुर्खाहरु त्यहीँको माटोमा जन्मे, त्यहीको माटोमा हुर्के, त्यही मुत्युवरण गरे । उसको मनमा पढेर आप्mनो गाउँमा नै केही गर्ने धोको थियो । त्यसैले ऊ सुन्दर सपना बोकेर उच्च शिक्षा अध्यान गर्न शहर आएको थियो । गाउँ र शहरमा भिन्नता थियो । गाउँ जस्तो शहर थिएन । गाउँ घरमा छरछिमेक इष्टमित्र, सबै आप्mना हुन्छन् । दुःखसुख बाँडीचुँडी लिन्छन । मदापर्दा सबै जम्मा हुन्छन् । परेको बेला सहयोग गर्छन् । वल्लो गाउँ पल्लो गाउँकाले समेत चिनेका हुन्छन् । दुःख सुखमा साथ दिन्छन् । गाउँको चिसो पानी सफा र स्वच्छ हावा, जताततै हरियाली सफा सुग्घर हुन्थ्यो गाउँ । तर सहर पैसावालाको हो । पैसा छ भने शहरमा सबै चिज किन्न पाइन्छ । भौतिक सुख सुविधा छ । वल्लो घरकाले पल्लो घरकालाई चिन्दैनन् । सहर बिरानो नौलो लाग्छ । सहरमा दुःख सुख पीर व्यथा जसलाई पर्छपर्छ । अरुलाई कुनै सरोकार हुँदैन । त्यसैले सहर कताकता बिरानो नौलो र खल्लो लाग्थ्यो । गाडीको हरन । कोलहाल दौडादौड फोहर उकुसमुकुस । कहलेकाहीँ ऊ विचलित हुन्थ्यो । हावापानी मिलेको थिएन । गर्मी महिनामा प्रचण्ड गर्मी र जाडोमा असाध्यै जाडो, बर्षायाममा पानी पर्दा हिंड्ने बाटोघाटो समेतमा पानी जमेर ताल जस्तो देखिन्थ्यो । लामखुट्टेको बिगबिगी ले सताउँथ्यो । पहाडको मुलको चिसो पानी खाएको ऊ तराईको पानी उसलाई खल्लो लाग्थ्यो । यति हुँदाहुँदै पनि सहरमा प्रशस्त सुविधा थिए जनजीवन सामान्य ढंगले चलेको देखिन्थ्यो । त्यसैले उसले मेहनत गरेर पढ्न थाल्यो । समयमा घर बाट पैसा आउँदैनथ्यो ।
घरबाट पैसा पनि कसरी आओस्, न दाजुभाइ जागिरे न बुबा जागिरे बिहान उठेदेखि बुबा आमा खेतमा गाईभैंसी कुटो कोदालो वनजंगल त्यही थियो दैनिक गुजारा बाहेक अरु केही थिएन । धन्य बुबा इमान्दार सोझो भएकोले गाउँघरका साहुमहाजन सबैले पत्याउँथे । ऋण धन सरसापट यसरी नै गुजारा चलेको थियो । ऊ मनमा कुरा खेलाउँदा खेलाउँदै भावुक हुन्छ । आपूm पढेर केही न केही गर्नुपर्ने दायित्वबाट ऊ विमुख हुँदैन । घरको कथा व्यथा सबै उसलाई राम्रो संग अवगत छ । त्यसैले ऊ पढ्नमा पनि तेज छ । तर सहर उसलाई असाध्य महँगो लाग्छ । हरेक कुराको मूल्यवूद्धिले गरीव झन बाहिर बाट आएर भाडामा कोठा लिएर पढ्ने विद्यार्थीहरुको लागि मूल्यवृद्धिले दैनिक छाक टार्न सकस भएको उसले महसुस गर्छ । विद्यार्थीले त झन महंगीले शिर ठाडो पार्नसक्ने स्थिति छैन । जे सामान लिन खोज्यो महँगो छ, छोइसाध्य छैन । मुल्य घट्ने कुनै चिजमा होइन बरु मूल्य बढ्दो छ । महंगीले तरकारी समेत किनेर खान नसक्दा ऊ अवाक हुन्छ । घरको याद गरीबी र आमा बुबाको परिश्रम सम्झदै ऊ भावुक बन्छ र कताकता गरीव भएर बाँच्नु पनि के को जिन्दगी जस्तो लाग्छ उसलाई । राम्रो लगाउने र मिठो खाने त सपना नै भयो । यस्तै तर्क वितर्क गर्दागर्दै ऊ अध्ययनमा ध्यान दिन्छ । फाल्तु समय खेर फाल्दैन ।
क दिन सदा झै ड्रेस लगाएर ऊ कलेज गयो । कलेजको छेउतिर केटाहरु गफ गरेर लामोलामो धुवाँको सर्को तानेर हावादारी गफ दिइरहेका थिए । ऊ त्यहाँ पुग्दा गललल हास्छन केटाहरु । एउटा केटाले प्याच्च बोल्यो ऊ पाखे आयो, अर्कोले भन्यो त्यसो नभन यार ऊ भोलिबाट सहरीया भएर आउँछ उनीहरु सबै जना हाँसे । एउटाले भन्यो एक सर्को तानेर जा यार । उसले अनुहार रातो पार्दै कलेज भित्र पस्यो । पढाई सकेर कोठामा गयो र उसले सोच्न थाल्यो । के गर्ने के नगर्ने जसले जे भनेपनि यो दुनियाँलाई भन्न छुट छ म भोलिदेखि नबोली कलेज जान्छु भनेर राती अबेरसम्म मनमा कुरा खोलाउँदै गर्दा ऊ कतिखेर निदायो उसले पत्तो पाएन ।
यसरी नै दिन बित्न थाले पढाइ चलिरहेको थियो । धेरै दिनपछि उसलाई केटी साथीहरुले पनि जिस्क्याउन बाँकी राखेनन् । सरकारी कलेजमा पढाइ राम्रो हुँदैन भनेर निजी कलेजमा पढ्दाखेरी पनि उसले सुख पाएन । ऊ सिधा छ तर किन उसलाई मुख बनाएका छन् साथीहरुले उसैलाई थाहा छैन । कलेजमा सरहरुसंग कम्प्लेन गर्दा पनि केटाहरुसंग दुश्मनी हुने डर ऊ चुपचाप सहेर केही नभनी बस्यो । केही दिनपछि कलेज जाँदा केटाहरुले जबरजस्ती चुरोट तान्न लगाएर हैरान बनाए, तर उसले मानेन । उसलाई साह्रै रिस उठ्यो । गरीब सोझो गाउँले भएर सहरमा बाच्न नसकिने रहेछ । बाँच्नको लागि समय अनुसार ठाउँ अनुसार आफु पनि परिवर्तन हुनुपर्ने रहेछ भन्ने निष्कर्षमा ऊ पुग्यो । ऊ शुक्रवार कलेज गएको थिएन । उसले हेयर सैलुनमा गएर कपाल मिलाएर काट्न लगायो र कपालमा खैरो रंङ पनि लगायो । सुन पसलमा गएर आँखीभौनेर मुन्द्रो लगायो । कानमा ठेडी लगायो । स्कूलको नर्मल ड्रेसको जुत्तामा डिंगो जुत्ता लगायो । ड्रेसको पाइन्ट काटेर चुज बनाई छोटो पारेर तल झुण्ड्याएर लगाउन थाल्यो । झोला पनि छोटो गरेर भिर्न थाल्यो । आइतबार स्कूल जाँदा उसलाई देखेर साथीहरु छक्क पर्न थाले । उसले पहिला जिस्क्याउने केटाहरुतिर गएर उसले ल्याओ यार म पनि एक सर्को तान्छु भन्यो । केटाहरु के कम सबैले पालै पालो तान्न दिए । यसरी आज ऊ हिप्पप मोर्डन देखिएको छ । तर ऊ आज बिस्तारै बिस्तारै पढाइ भन्दा एक सर्को, दुई सर्को भन्दै तान्ने बानी परेकाले ऊ नजानिदो कुलतमा फस्न पुग्यो ।
बुबालाई ट्यूसन पढ्ने र फिस तिर्ने भन्दै पैसा मगाउन थाल्यो । बुबाले घरमा भएका बाख्रापाठा एकएक गरेर बेच्दै पैसा पठाउन थाले । छोरो कुलतमा फसेको छ वा राम्रो संग ध्यान दिएर पढेको छ भन्ने कुरा टाढाका अभिभावकलाई थाहा हुनै कुरै भएन । सोझा अभिभावकले मेरो छोराले राम्रोसंग पढेको छ भन्ठानेका हुन्छन् । सोझा अभिभावकले मेरो छोरो अब केही बर्षपछि गाउँको स्कूलमा मास्टर हुन्छ भनेर दिन गन्ती गरि सपना पालेर बसेका बुबा आमालाई उसले आप्mना गतिबिधि र व्यवहार बाट ढाँटीरह्यो ।
यता उसको अवस्था नाजुक हुँदै गयो । उसले सानोतिनो चोरी गरेर भएपनि नशापानको तलतल मेटाउन पछि नपर्ने भयो । सहरमा प्रहरीको सक्रियता बढ्न थाल्यो । ऊ र त्यस्ता संकास्पद ब्यक्तिहरु पक्राउ परे । प्रहरीले अनुसन्धान गर्दा पढ्ने उमेरका युवकहरु यसरी नसापान गरेर स्वयं बर्बाद हुने र परिवार गाउँ टोल हुँदै राष्ट्रलाई समेत गम्भीर क्षति हुनेहुँदा प्रहरीको नयाँ हाकिमको सक्रियतामा काठमाडौंमा रहेको सुधार केन्द्रमा उसलाई पठाए ।
ऊ त्यहाँ २ बर्ष बसेपछि नयाँ जीवन पाएर समाजमा फर्केको छ । आप्mनो गाउँको मास्टर त ऊ आज हुन सकेन । तर सानासाना भाइबहिनीहरु लागुऔषध जस्तो कुलतमा फस्न हुँदैन । साथीभाइको लहैलहैमा लागेर एक सर्को दुई सर्को भनेर भुलेर पनि तान्न हुँदैन । तिमीहरुको भविष्य उज्वल छ, तिमीहरु पढेलेखेका भाइबहिनीहरुले मैले जस्तै गल्ती गरेर आमा बुबालाई गुमराहामा राख्न हुँदैन । गरीब आमाबुबाहरुलाई पढिरहेको छु भनेर ढाँटेर मैले जस्तै नसापानको कुलतमा लागेर मैले मेरो जिन्दगीको सुनौलो अवशर गुमाए । सोझा छलकपट नजान्ने अनपढ बुबा आमाका सुन्दर सपनालाई कुठाराघात गरे । कुनै पनि बहानामा म जस्तो कुलतमा तपाईहरु फस्न हुँदैन भनेर उसले आप्mनो उदाहारण दिंदै स्कूल र कलेजका भाइबहिनीहरुलाई सम्झाउदै बिभिन्न ठाउँमा पुग्न थालेको छ ।
लागुऔषध तथा अन्य दुव्र्यसनजन्य क्रियाकलापले पढ्ने उमेरका स्कूल र कलेजका हजारौँ भाइबहिनीहरुलाई जनचेतना फैलाउँदै कुलतमा फसेकालाई उद्दार गरि काठमाडौंमा रहेको सुधार केन्द्रमा पुर्याई उनीहरुलाई आप्mनो जस्तै नयाँ जीवन दिलाउन सफलता भएको छ ऊ आज । तर, उसका सोझा बुबा आमा र उसले देखेको ‘सपना’लाई भने उसले समयमा बुभ्mन सकेन । साथीहरुले जिस्क्याएको भरमा एउटा होनाहार जेहेन्दार विद्यार्थीले बाटो विराउँदा सोझा गरीब आमा बुबाको भावनामाथि ठुलो खेलवाड भयो । उसको भविष्य पनि दिशाविहीन बन्न पुग्यो । आप्mनो छोरो राजीव गाउँकै मास्टर भएको देख्न चहाने ति सोझा आमा बुबालाई आप्mनो भविष्यको एक मात्र बुढेसकालको साहारा आप्mनो एक्लो छोराले यसरी लागुऔषध सेवनको कुलतमा फसेर आप्mनो भविष्य, पढाई र सम्पत्ति समेत बर्वाद बनाउँदा ति सोझ आमा बुबाको मन कति दुःखी भयो होला । त्यो आत्म कति रोयो होला ?