‘महानगर’को बहस नेपालगन्जका लागि खासै नयाँ चाहिं होइन । तर, अहिले फेरि यसले व्यापकता पाउन थालेको छ । प्रदेश पाँचमा ३ वटा ‘महानगर’ बनाउने सरकारको अवधारणा अनुसार नेपालगन्जको यात्रा अब त्यतातिर बढ्ने सम्भावना त आफ्नै ठाउँमा छ, नजिकका ‘सारथी’हरुलाई ‘अस्तित्व’को शितलता छर्किनुपर्ने एउटा ठूलो चुनौति पनि नेपागन्जसँगै छ । नेपालगन्जको ‘महानगर’ यात्रालाई गन्तव्यमा पुर्याउने सहयात्राका लागि, दैनिक नेपालगन्जको साप्ताहिक विशेष ‘महानगर’ ले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिसँग सम्यक संवाद गरेको छ । यद्यपि यो विशाल र चुनौतीपूर्ण यात्राका लागि हाम्रो यो प्रयास एउटा खुड्किलोमात्रै हो तथापि यो बहसमा हरेक नागरिकलाई सामेल बनाउनका लागि हाम्रो यो प्रयास निरन्तर जारी रहनेछ । विकास र आर्थिक सवाललाई प्राथमिकतामा राखेर दैनिक नेपालगन्जले प्रकाशनमा ल्याएको साप्ताहिक विशेष ‘महानगर’ का लागि सम्यक संवादको यस अंकमा महानगरको आवश्यकता, महत्व र अवधारणालाई लिएर नेपालगन्ज, कोहलपुर र खजुराका स्थानीय सरकार प्रमुखसँग बहस गरेका छौं ।
डा. धवल समशेर राणा, प्रमुख, नेपालगन्ज उपमहानरपालिका :
अहिले नेपालगन्जमा भित्रिन थालेका लगानीहरु सम्भावनाका ढोका हुन्, सम्भावनाका संकेत हुन् । २० वर्ष अघि नै हामीले देखेको ‘ग्रेटर नेपालगन्ज’को सपना अब पूरा हुनुपर्छ । अर्काे चुनावसम्ममा हामी ‘महानगर’ हुने अभियानमा जुट्नुपर्छ ।
लुटबहादुर रावत, प्रमुख, कोहलपुर नगरपालिका
नेपालगन्ज व्यापारिक केन्द्र हुँदाहुँदै पनि प्रवेश बिन्दु भनेकै कोहलपुर हो । नेपालगन्जको बजार पनि विस्तारै फैलिएर कोहलपुरतिर जोडिन थालेको छ । महानगरका लागि नेपालगन्जले पहल गरोस् हामी साथ हुनेछौं । अब महानगरको अभियानमा हामी पनि सँगै हुनेछौं ।
किस्मतकुमार कक्षपति, प्रमुख, खजुरा गाउँपालिका :
हामी नेपालगन्जबाट मात्रै ७ किलोमीटरको दूरीमा छौं, यो दूरी टाढाको हैन । हामी भौगोलिक रुपमा जोडिएका छौं, नै अब भावनाले पनि गाँसिनुपर्छ । महानगर हामी सबैको सपना हो ।
यसरी बन्नसक्छ नेपालगन्ज ‘महानगर’
‘महानगर’को बहस नेपालगन्जका लागि खासै नयाँ चाहिं होइन । तर, अहिले फेरि यसले व्यापकता पाउन थालेको छ । प्रदेश पाँचमा ३ वटा ‘महानगर’ बनाउने सरकारको अवधारणा अनुसार नेपालगन्जको यात्रा अब त्यतातिर बढ्ने सम्भावना त आफ्नै ठाउँमा छ, नजिकका ‘सारथी’हरुलाई ‘अस्तित्व’को शितलता छर्किनुपर्ने एउटा ठूलो चुनौति पनि नेपागन्जसँगै छ ।
नेपालगन्जको ‘महानगर’ यात्रालाई गन्तव्यमा पु¥याउने सहयात्राका लागि, दैनिक नेपालगन्जको साप्ताहिक विशेष ‘महानगर’ ले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिसँग सम्यक संवाद गरेको छ । यद्यपि यो विशाल र चुनौतीपूर्ण यात्राका लागि हाम्रो यो प्रयास एउटा खुड्किलोमात्रै हो तथापि यो बहसमा हरेक नागरिकलाई सामेल बनाउनका लागि हाम्रो यो प्रयास निरन्तर जारी रहनेछ । विकास र आर्थिक सवाललाई प्राथमिकतामा राखेर दैनिक नेपालगन्जले प्रकाशनमा ल्याएको साप्ताहिक विशेष ‘महानगर’ का लागि सम्यक संवादको यस अंकमा महानगरको आवश्यकता, महत्व र अवधारणालाई लिएर नेपालगन्ज, कोहलपुर र खजुराका स्थानीय सरकार प्रमुखसँग बहस गरेका छौं ।
डा. धवल समशेर राणा, प्रमुख, नेपालगन्ज उपमहानरपालिका :
अहिले नेपालगन्जमा भित्रिन थालेका लगानीहरु सम्भावनाका ढोका हुन्, सम्भावनाका संकेत हुन् । २० वर्ष अघि नै हामीले देखेको ‘ग्रेटर नेपालगन्ज’को सपना अब पूरा हुनुपर्छ । अर्काे चुनावसम्ममा हामी ‘महानगर’ हुने अभियानमा जुट्नुपर्छ
महानगरका आधारहरु :
डा.धवल समशेर राणा : ऐतिहासिक यो नगरी, आफैंमा महानगरको एउटा बलियो आधार हो, महानगरको प्रस्थान विन्दू हो । सबै कुरा भएपछि मात्रै नगर वा महानगर बन्ने होइन । केही कुरा महानगर बन्नका लागि चाहिन्छन् र धेरै कुरा महानगर भइसकेपछि हुन्छन् । नेपालगन्जलाई महानगर बनाउने भन्ने चासो स्वयं मुख्यमन्त्री ज्यूको पनि हो । त्यस कारण पनि यसको सम्भावना धेरै नै छ ।
जस्तो कि, हामीसँग अहिले एउटा विमानस्थल छ । भारतका लागि अब चाँडै नै पनि यहाँबाट उडान भरिन्छ । त्यसका लागि हामीले आवश्यक सबै वातावरण तयार पारिदिएका छौं र अझैँ थप सहयोग पनि गर्नेछौं । तर, भारत उड्दैमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल हुँदैन । त्यसको स्तर यसलेमात्रै मापन गर्ने होइन । अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनका लागि धेरै लगानी चाहिन्छ र, त्यसका लागि हाम्रो लगानीले मात्रै पुग्दैन । हामीले त वातावरण बनाइदिने हो । महानगरपालिका भएपछि यसले अन्तर्राष्ट्रिय स्तरको स्वरुप नपाइ सुखै छैन । त्यसैले यसमा धेरै टाउको दुखाउनुपर्ने छैन ।
लुटबहादुर रावत, प्रमुख, कोहलपुर नगरपालिका
नेपालगन्ज व्यापारिक केन्द्र हुँदाहुँदै पनि प्रवेश बिन्दु भनेकै कोहलपुर हो । नेपालगन्जको बजार पनि विस्तारै फैलिएर कोहलपुरतिर जोडिन थालेको छ । महानगरका लागि नेपालगन्जले पहल गरोस् हामी साथ हुनेछौं । अब महानगरको अभियानमा हामी पनि सँगै हुनेछौं ।
अर्काे कुरा रेल्वेस्टेशन बनाउने भन्ने कुरा छ, रातारात बन्न नसक्ला । तर, बन्छ नै म ढुक्क छु यो बन्नेमा । हो, यस्तै हुन् आधार भनेका । महानगर भयो भने यसको क्षेत्रफल बढ्नेछ, आयतन बढ्नेछ अनि यसका हरेक कुराहरु फराकिला हुनेछन् । माग, आवश्यकता र बजेट अझैं फराकिलो हुनेछ । सबै परफेक्ट हुनुपर्छ भन्ने होइन तर, त्यसका सम्भावनाहरु पक्कै हुनुपर्छ ।
एउटा प्रदेशमा तीनवटा महानगरपालिका बनाउने भन्ने नीतिअनुसार जाने हो भने नेपालगन्जको सम्भावना धेरै छ, किनकि उतातिर बुटवल र भैरहवा मिलेपछि एउटा महानगर, यतातिर घोराही र तुलसीपुरको सम्भावना छ भने यहाँ नेपालगन्ज, कोहलपुर, डुडुवा र खजुरा मिल्यौं भने नेपालगन्जको महानगर यात्रालाई कसैले रोक्न सक्दैन, हामी महानगरको गन्तव्यसम्म पुगेरै छोड्छौँ । यहाँ डुडुवालाई किन जोड्न खोजेको भने एउटा पूर्ण सहर, समृद्ध सहर र सुखी अनि खुसी सहर हुनका लागि बनजंगल, नदी नाला सबै चाहिन्छन् । डुडुवातिरको राप्ती नदी, खजुरातिरको मानखोला अनि उत्तरतिरका बनजंगल र पहाडहरुले हाम्रो यो ‘महानगर’लाई पूर्णाकार बनाउने छ भन्ने मेरो सोंच हो ।
किस्मतकुमार कक्षपति, प्रमुख, खजुरा गाउँपालिका :
हामी नेपालगन्जबाट मात्रै ७ किलोमीटरको दूरीमा छौं, यो दूरी टाढाको हैन । हामी भौगोलिक रुपमा जोडिएका छौं, नै अब भावनाले पनि गाँसिनुपर्छ । महानगर हामी सबैको सपना हो ।
लुटबहादुर रावत : प्रदेश नंं. ६ (कर्णाली) र ७ लाई जोड्ने अनि त्यसका लागि एउटा प्रवेश ढोका जस्तै हो कोहलपुर । नेपालगन्जको सिमानासम्मनै फैलिएर कोहलपुरले बजारीकरणको आयतन पनि फैलाउँदैछ । अनि मानसरोवर, दैलेखको ज्वाला धार्मिक स्थलहरु लगायत थुप्रै पर्यटकीय क्षेत्रमा प्रवेश गर्ने प्रमुख केन्द्र पनि हो कोहलपुर । हामीले मानसरोबरको ‘स्मारक’ बनाउने अभियान पनि थालिसकेका छौँ । त्यसका लागि हामीसँग जोडिएका केही सामुदायिक बनहरुले जग्गा उपलब्ध गराउने भन्ने छ । त्यसका लागि हामीले बजेट पनि छुट्याएका छौँ । कोहलपुरको मुख्य चोक चौराहालाई पनि हामीले थप आकर्षक बनाउँदैछौँ । त्यहाँ हामीले बाँके राष्ट्रिय निकुन्जलाई चिनाउनेगरी पित्तलजडित पाटे बाघ र लोपोन्मुख ‘चौका’ भन्ने जनावरको प्रतीक राख्दैछौं ।
अहिले नगरलाई पूर्णता दिने कोसिसमा छौं हामी । प्रत्येक वडाहरुलाई नगरपालिकाको केन्द्रसँग जोड्ने अभियानमा छौं । हामी सडकहरु पिच गर्दैछौं, एकआपसमा जोडिने भनेकै सडक र यातायातले हो । वडाका प्रत्येक कुनाकुना उज्यालो बनाउने अभियानमा छौं र, त्यसका लागि विद्युतीकरणलाई पनि प्राथमिकतामा राखेका छौं । कोहलपुरका प्रत्येक वडामा बजारीकरण विस्तार गर्ने अभियान पनि हाम्रो छ । पाँच वर्षभित्रमा हाम्रा सबैजसो वडाहरुमा पिच सडक भइसक्छन् ।
प्रत्येक माध्यमिक स्तरका विद्यालयहरुमा एउटा प्राविधिक विषय अनिवार्य जस्तै बनाएका छौं । स्वास्थ्य, शिक्षा, यातायात र सडकजस्ता विकासका सवालहरुमा हामी अघि बढिरहेका छौं । कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो । त्यस्तै कोहलपुरका ४ वटा वडाहरुलाई पशुपालनका लागि पकेट क्षेत्र बनाउने हाम्रो योजना हो । त्यसले जनताको जीवनस्तरलाई माथि उठाउन केही मद्दत पनि गर्छ ।
यी सबै महानगरका लागि केही आधारहरु हुनसक्छन् । जोडिने सम्भावित स्थानीय तहहरु आफैंमा पूर्ण भएभने महानगर बनाउने लक्ष्यमा पुग्न पनि सजिलो हुन्छ । हामी त पहिला पनि तयार थियौं र, अहिले पनि तयार छौं, सधै तयार छौं । एकपटक त, बैजनाथ र राप्ती सोनारीसँग मिलाएर अर्काे उपमहानगर पनि बनाउने बहस चलेको होइन तर, टुक्रा टुक्रा भन्दा एक भएर महानगरतिर नै जानु उपयुक्त हुन्छ, हामी सधै तयार छौं त्यसका लागि, उपमहानगर भएका कारण नेपालगन्ज नगरपालिकाले त्यसको पहल थाल्नुपर्छ ।
किस्मत कुमार कक्षपति : खजुरा त पहिला नै नगरपालिका हुनुपर्ने तर, बिडम्बना हुन सकेन । नगरपालिका लागि चाहिने सबै पूर्वाधारहरु हामीसँग थिए । हामीसँग अहिले तत्कालिन ६ वटा गाविसहरु समाहित छन् । ५० हजार जनसंख्या, ३० हजार मतदात हामीसँग छन् । बाँकेमा सबैभन्दा व्यवस्थित बस्ती हाम्रै गाउँपालिकामा छ । यहाँ इजरेली मोडेलअनुसार हामीले वस्ती विकास र व्यवस्थापन गरेका छौं । यसलाई हामी अझैं व्यवस्थित बनाउने अभियानमा छौं ।
हामीसँग प्रदेश नं. ५, ६ (कर्णाली) र ७ कै मेगा प्रोजेक्टका रुपमा खजुरामा क्यान्सर हस्पिटल बनेको छ । भर्खरै यसबाट सेवा पनि सुरु भइसकेको छ । यसलाई ग्राण्ड प्रोजेक्टका रुपमा पनि लिएका छौं । बाँकेका पाँच वटा नमुना मध्ये दुई वटा नमुना सामुदायिक विद्यालयहरु खजुरामैं छन् । हामीले सबैजसो सामुदायिक सुधारका कार्यक्रमहरु पनि अघि बढाएका छौं । त्यसका लागि हामीले ५ करोडभन्दा बढी रकम बिनियोजन गरेका छौं । ५ सय जना भन्दा बढी मानिस अटाउने बहुउद्देश्यीय सभाहलले पनि चाँडै पूर्णता पाउँदैछ ।
हामीसँग सबै जातजाति, समुदायका बीचमा सद्भावयुक्त वस्ती छ । यहाँ सद्भाव कहिल्यै बिथोलिदैंन । हिन्दूहरुको धार्मिक महायज्ञमा यहाँका मुश्लिमहरु आएर भजनकीर्तन गरेका थिए । मुश्लिमहरुलाई हिन्दूहरुले साथ दिन्छन् । त्यसैले सामाजिक सद्भावका हिसाबले पनि हामी अगाडी नै छौं ।
अहिले देशको संरचनाअनुसार ती तहका सरकार छन्, संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार । हामीले स्थानीय सरकार सञ्चालन गरेको एक वर्षमात्रै भएको छ । ८ वटै वडाहरुमा हामीले अनलाइन सिष्टमबाट काम गर्ने तयारी गरिरहेका छौं । भर्खरैमात्र सञ्चालनमा आएको क्यासर अस्पतालमा हामी ‘लेस पेपर’को नीति अपनाएका छौँ । त्यहाँका धेरैजसो कामहरु अनलाइन सिष्टममै हुन्छ । यसले गर्दा हामीले ‘इ गर्भनेन्स’को पनि सुरुवात गर्न खोज्दैछौ ।
हजारौंको रोजगारी अनि आर्थिक विकासको एउटा ठूलो आधार हो, कपास विकास समिति । बुटवल धागो उद्योग र, हेटौंडा कपडा कारखाना सञ्चालनमा आउँदैन् र फेरि हाम्रा हजारौं किसानका लागि रोजीरोटीको बाटो खुल्नेछ । यसले हाम्रो ५ नं प्रदेश र ३ नं. प्रदेशबीचको व्यापारिक सम्बन्ध पनि विस्तार हुनेछ । यसरी खजुरासँग सम्भावनाका प्रशस्तै ढोकाहरु खुल्ला हुँदैछन् । अरु सम्भावनाहरुको खोजीमा छौं हामी पनि ।
कुनै बेला नगरपालिका हुनबाट हामी रोकिनुप¥यो । तर, अब नेपालगन्जले यसको पहल ग¥यो भने, हामी महानगरमा समाहित हुन तयार छौं । त्यसका लागि आवश्यक पूर्वाधाहरु हामीसँग पनि छन् । यी सबले महानगरको सम्भावनालाई अझैं बलियो बनाउँछ । हामी नेपालगन्जबाट मात्रै ७ किलोमीटरको दूरीमा छौं, यो दूरी टाढाको हैन । हामी भौगोलिक रुपमा जोडिएका छौं, नै अब भावनाले पनि गाँसिनुपर्छ । महानगर हामी सबैको सपना हो ।
महानगरको सम्भावना
डा.धवल : सम्भावना अत्यधिक नै छ । तर, हामीले चाहेरमात्रै हुँदैन । पहिला त प्रदेश सरकारले अनुमति दिनुप¥यो । हुन त, प्रदेशका मुख्यमन्त्रीले पनि यसमा चासो देखाइसक्नुभएको छ । अब नीतिगत निर्णय हुनुप¥यो अनिमात्रै अघि बढ्ने बाटो खुल्नेछ । हामीसँग पूर्वाधारहरु छँदैछन्, अझै पूर्वाधार विकासमा लागेका छौं । सम्भावनाहरु भनेका यीनै त हुन् नि ।
अन्तर्राष्ट्रियस्तरको विमानस्थल हाम्रो सबैभन्दा ठूलो पूर्वाधार बन्ने छ । यसको प्रक्रिया अघि बढिसकेको छ । हाम्रोजस्तो भर्खरै अघि बढ्न थालेका स्थानीय सरकारको लगानीले मात्रै यो विमानस्थल बनाउन सकिंदैन । यसका लागि धेरै ठूलो लगानी चाहिन्छ र, त्यसको लागि बजेट खोज्न पनि हामी लागिपरेका छौं । यो राष्ट्रियस्तरकै प्रोजेक्ट बन्नेछ । अनि यसले नेपालगन्जको विकासको ढोका राम्रोसँग उघार्नेछ । हामीले भर्खरैमात्रै नेपालगन्जदेखि दिल्ली उडानको सम्झौता गरेका छौं तर, यो सिमित उडान हो, यसले मात्रै पुग्दैन ।
खासगरी मानसरोवरका यात्रीहरुका लागि नेपालगन्ज एउटा अडिने ठाउँजस्तै भएको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरको विमानस्थल भयो भने, यहाँ अझैं चहलपहल बढ्नेछ । एउटा क्षेत्रको विकास हुनु भनेको त्यसले धेरै आयामहरुमा फाइदा पुगेको हुन्छ । कुनै देखिने फाइदा हुन्छन्, कुनै नदेखिने फाइदाहरु । अनि अर्काे कुरा हाम्रो नेपालगन्जमै रेल सेवा पनि विस्तार हुँदैछ । रेल्वे स्टेशन बनाउने भन्ने पनि योजना अघि बढिसकेको छ । ढिलो चाँडो यो पनि हुन्छ नै । रेल्वे स्टेशन बनाउनका लागि चानचुने बजेटले पुग्दैन । साढे चार अर्ब बजेट सानो होइन र, यो हामीले आँट्ने कुरा पनि होइन । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय सबैतिरको सहयोग चाहिन्छ । त्यसका लागि हामीले वातावरण निर्माण गर्दैछौं । हामी स्थानीय सरकार भनेको यस्तै ‘क्याटलिस्ट’को काम गर्ने हो ।
अनेकन सम्भावनाहरु बोकेर नेपालगन्जमा पनि ठूल्ठूला लगानीहरु भइरहेका छन् । सबैभन्दा बढी यहाँ होटेलहरु करोडौं, अरबौं रुपैया लगानी भइरहेको छ । अझै हुनेछ पनि । कुनै न कुनै सम्भावना नदेखेर कसैले पनि जहाँ पायो, त्यहाँ लगानी गर्दैन । अहिले नेपालगन्जमा भित्रिन थालेका यी लगानीहरु सम्भावनाका ढोकाहरु हुन्, सम्भावनाका संकेत हुन् ।
महानगर भयो भने हामी कसैको अस्तित्व संकटमा पर्दैन । यो सबैका लागि राम्रो नै हुन्छ । हामी एउटै परिवारका हुन्छौं, अलग हुँदैनौं । हामी अझै फैलिनेछौं । खजुरा, कोहलपुर, जानकी अनि डुडुवाहरुले केही अन्यथा सोंच्नुपर्दैन । हामी यसैगरी मिलेर विकासको बाटोमा अघि बढ्ने हो । २० वर्ष अघि नै हामीले देखेको ‘ग्रेटर नेपालगन्ज’को सपना अब पूरा हुनुपर्छ । तर, अहिले हामीले अभियान थाल्ने मात्रै हो । अर्काे चुनाव सम्ममा हामी ‘महानगर’ हुने अभियानमा जुट्नुपर्छ । भौतिकरुपमा त जोडिएकै छौँ, हामी अब भावनाले पनि जोडिनुपर्छ ।
लुटबहादुर :
हामीले कहिल्यै भनेका छैनौं कि, यहाँ महानगरको सम्भावना छैन भनेर । हामी सबै मिल्नुपर्छ यो अभियान सफल हुन्छ । विकासका सूचकहरुमा कोहलपुर पनि विस्तारै अघि बढ्दैछ । हामीले नगरभरि तयार पारेका भौतिक पूर्वाधार, सूचक अनि आम जनताको आर्थिक समृद्धिका कामहरुले भोलि महानगर बनाउने अभियानमा थप बल पुगाउनेछन् ।
हामीले हाम्रै ठाउँमा मात्रै सबै चीज हुनुपर्छ भनेका छैनौं । नेपालगन्ज, कोहलपुर, खजुरा सबै क्षेत्रलाई हुनेगरी कोहलपुरमा अत्याधुनिक बधशाला निर्माण हुँदैछ । यसले पनि हामीले अझैँ नजिकबाट जोड्नेछ । उसै पनि कोहलपुर र नेपालगन्ज जोडिएकै छन् । नेपालगन्ज व्यापारिक केन्द्र हुँदाहुँदै पनि प्रवेश बिन्दु भनेकै कोहलपुर हो । नेपालगन्जको बजार पनि विस्तारै फैलिएर कोहलपुरतिर जोडिन थालेको छ । यसले गर्दा हामीलाई जोडिन अब खासै गाह्रो छैन । कुनै बेला कसैमा केही अस्वित्वको डर थियो होला, अब त्यस्तो छैन । विकासका लागि हामी सबै एक भएर अघि बढ्नुपर्छ र, महानगरका लागि नेपालगन्जले पहल ग¥यो भने हामी पनि त्यसमा साथ साथ हुनेछौं । कुनै न कुनै दिन त हामी जोडिनैपर्छ । त्यसैले अब महानगरको अभियानमा हामी पनि सँगै हुनेछौं ।
किस्मत :
सबैभन्दा पहिला त, सबै मेरै ठाउँमा हुनुपर्छ भन्ने मान्यता त्याग्न जरुरी छ । हामीले अहिले आआफ्नो क्षेत्रमा जे जति विकास तथा पूर्वाधार निर्माणका कामहरु गरिरहेका छौं, ती सबै भोलि महानगरपालिकाका लागि बलिया आधारहरु हुनेछन् । हामी धेरै टाढा पनि छैनौं । जोडिएकै छौँ, अब सबै प्रकारले जोडिन आवश्यक छ । यी तीनवटा सिटी नजोडिएर उपाय नै छैन । अन्ततः हामी नेपालगन्जसँग जोडिनैपर्छ । मलाई लाग्छ, हामी अझै संकीर्ण मानसिकताबाट गुज्रिरहेका छौं । अब यो संकीर्णता छोड्नुपर्छ । हामी सँगै हुने हो र, सँगै हुनेछौं भन्ने भावना हुनुपर्छ । हामी सँगै हुनुपर्छ ।