सामाजिक सञ्जालमा देखे ‘महिलाको पँधेरे गफ’ र पुरुष पनि कुरा काट्न, गफ गर्न कमि हुन्न भन्ने आशयमा लेखिएको स्ट्याटस थियो त्यो र तर्क को अन्त्य हुँदैन, सबै जना आफ्नो तर्कमा जोड बल गर्दै थिए ‘आज भोलि पधेरो किचन मै आयो नि कहाँ गफ गर्छ गर्छन्’ मैले पनि थपी दिए ।
पधेराको कुरामा मत बिमत हुँदै थियो । म भने मेरो बाल्यकालमा फर्किएर फुपु, आमा, ठुलो आमाले पधेरामा पानि लिन गाको, बिहान भाले न बस्दै पानि लिन जान पर्ने, धेरै पटक पानि बोक्न पर्ने, कहिले काही भुतले पानी बोक्दा भारि उठाइँदैको सयौं किस्सा सुनेको थिए । गाउँको सबैको पानी खाने पँधेरो एउटा भएकोले सबै भेट नि पँधेरामा नै हुने भो र गाउँको सबै खबर बोकेर महिला सबै पँधेरा मै पुग्ने भए । अरु बेला घरको काम खेतीपातीको कामले सबैको सबैसँग भेट न हुन नि सक्छ तर पधेरा मा अवश्य हुन्थोयो ।
खबर, सूचना जानकारी निम्तो सन्चो बिसन्चो सबै थलो पधेरा नै बन्थ्यो । जनसंख्या पढ्यो प्राकृतिक दोहनहरु भए पँधेराको मूल सुक्यो । बिकासमा आएको परिवर्तनले घर मै पानी आयो छिमेकी बीचको दुरी घट्यो तर उखान जीवित नै रह्यो । महिलाहरुको कुराले समाजमा अर्थ नराख्ने भएकोले पुरुषले पँधेरे गफ भने होला र साना, मसिना, घरको कुरा, ब्यवहारको कुरा, अनि सासुले डकेको, जेठानीले हेपेको नन्दले नटेरेको श्रीमानले आफ्नो कुरा नसुनेको परिवेश अनुसार यस्तै कुरा हुन्थियो होला । त्यो बेलाको समय अनुसार पीडा पोख्ने थलो थियो पँधेरो । पीडा सुन्ने अड्डा थियो । पँधेरोले कतिलाई न्याय निसाफ दिने न्यायालय थियो पधेरो । त्यो पनि नभए मन हलुङ्गो बनाउने मनोविज्ञानको भाषामा भन्ने हो भने महिलाहरुको ‘क्याथार्सिस’ गर्ने थलो थियो पधेरो ।
विकास क्रिपाबाट अधिकार बने सँगै पँधेरो सरेर चुलो मै आयो । दाउरो खोज्न वन जानै परेन मानव बम बनेर ग्यास घर मै भित्रियो । महिलाहरु मन बिसाउने चौतारी पधेरो संकटमा पर्यो । चौतारीको महत्व न बुझ्नाले महिलामा आएको मनोवैज्ञानिक समस्याको कसैलाई हेक्का नै भएन । आप्mनो कुरा कतै सुनाउनै पाइएन मन, एक मन दुई मन हुँदै कुइन्टल, टन भएर घर मै छताछुल्ल हुन् थाल्यो । साना कुरामा झर्कने रिसाउने झगडा गर्ने हुन थाल्यो । बायोलोजी भन्छ मानिसको शीररमा करौडौ माइक्रोकन्द्रिया नामको कोस हुन्छ । यिनै कोषमा हाम्रो आवेग, संवेग, हाँसो, खुशी अभिव्यक्ति गर्न नपाउँदा इनर्जी रोग बनेर जम्मा हुन्छ । पछि यिनैको कारण बाट विभिन्न रोग उत्पन्न हुन्छ ।
बुद्धिष्ट इकोनोमिक्स भन्छ, ग्रामीण श्रम विभाजनमा महिलाले पँधेरो, घाँस, दाउरा र पुरुषले हलो कोदालो जस्तो काम गर्दा धेरै समय एक अर्काको भेट नहुने, थोरै समय भेट हुने हुँदा महिलामाथि हुने हिंसा आदीको घटना कम हुन्थियो ।