नेपालगन्जमा पूर्व राजा ज्ञानेन्द्रले मनाए जन्मदिन

नेपालगन्जमा पूर्व राजा ज्ञानेन्द्रले जन्मदिन मनाएका छन् । पूर्व राजा शाहले ७२औं जन्मदिन मनाएका हुन् । पूर्वराजा जन्मदिन मनाउनकै लागि नेपालगन्ज आएपछि जन्मोत्सव समारोह समिति समेत गठन गरिएको थियो ।
नेपालगन्जमा पहिलो पटक जन्मोत्सव मनाउने भएपछि पूर्व राजपरिवारका सदस्यसहित पूर्व राजा शाह असार २० गते नै नेपालगन्ज पुगिसकेका थिए ।

पूर्वराजाको जन्मोत्सवका अवसरमा बाँके, बर्दिया, दाङ, सुर्खेतलगायतका जिल्लाबाट मात्र नभई पूर्व दोलखा, काठमाडौं लगायतका ठाउँबाट उनका शुभचिन्तकहरु नेपालगन्ज आएर शुभकामना दिए । त्यसअघि विहान पूर्व राजा प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको दर्शनका लागि समेत पुगेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया