फाँसीबाट जोगिएका पूर्व कुख्यात डाँकुले नेपालगन्जमा भने, यसरी फेरिन्छ, जीवन

दैनिक नेपालगन्ज

 

‘जब बालक रुन्थ्यो मेरो नाम लिएपछि चु लाग्थ्यो,’ उनकले कुनै फिल्मको कथा सुनाइरहेका थिएनन् । ‘मान्नुस्, बढी भुकिरहेको कुकुरलाई डाँकु पन्चम सिंहको नाम लिएर हप्काइन्थ्यो, भुक्न छाडेर पुच्छर लुकाउथ्यो,’ आफ्ना बारे चलेको किंवदन्ती सुनाउँदा भारतीय पूर्व कुख्यात डाँकु पञ्चम सिंहको अनुहारमा कुनै दहकस थिएन ।

 
पूर्व कुख्यात डाँकु पंचमी सिंह र अर्का व्यक्तित्व दाँतको सहाराले बस,ट्रक,रेल, पानीजहाज तान्न सक्ने क्षमतावान ब्रह्माकुमार अशिष भाईको साक्षात्कार एवं प्रदर्शन गरिएको हो । सोही क्रममा ५० वर्ष अगाडि भारत सरकारले जीवित वा मुर्दा ल्याएमा २ करोड रुपैया पुरस्कार घोषणा गरेका व्यक्ति पन्चम सिंह आफ्नो फेरिएको जीवन बारे सर्वसाधारणलाई सुनाउँदै थिए । लाग्थ्यो, उनी कहालीलाग्दो फिल्मको कथा पस्किरहेका छन् ।

 
फाँसी सजायका भागीदार तत्कालिन कुख्यात डाँकु आज कसरी सन्त राजयोगी पंचम सिंह भाईजी भने ? जसले ४६ वर्षदेखि मानवलाई जीवनको मूल्य सम्झाइरहेका छन् , जीवन परिवर्तन गरेर देश विदेशमा अध्यात्मको ज्योति बाल्ने कार्यमा निरन्तर अघि बढिरहेका छन् ? ‘जिल्ला कारागारमा पुरूषा तथा महिला बन्दीहरू बीच उनले आफ्नो अनुभव सुनाएर सत्प्रेरणा प्रदान गरेका छन्,’ ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नेपालगन्ज राजयोग केन्द्रका कृष्ण भाइजीले दैनिक नेपालगन्ज सँग भने, ‘जीवनको मूल्य र कर्तव्य बारे उनको भोगाई रोमान्चक र तिलस्मी छ ।’

 
‘आफूले गरेको गल्तीको परमात्मा र सम्पूर्ण जनसमुहसंग क्षमायाचना गर्दै परिस्थितिले गर्दा मानिसले गलत कार्य गरेको भएपनि सधंै चरित्रवान, इश्वरमाथि आस्था राख्दै गएमा सत्मार्गको बाटो आफै निस्कँदै जान्छ’, पन्चम सिंहले आफ्नो अनुभूति सुनाउँदै भने, ‘हामी डाँकू भएर पनि कहिल्यै आमा दिदीबहिनीहरू माथि गलत नजर राखिएन, जसले राख्यो उसलाइ जिउँदै जलाइयो, आफ्नै साथीलाई पनि माफी दिइएन ।’

 

 

ई. स.१९५८ देखि १९७२ सम्म बदलाको भावनाले ५५६ डाँकुहरुको सरदार सम्म बन्न पुगेका उनी माथि १ जनाका हत्या आरोपमा फाँसी सुनाइएको जानकारी दिंदै आफैले भने,‘हामीपछि पनि डकैतीमा लागेका कैयनलाई आत्म समर्पण गराएर सत्मार्गमा ल्याउने काम गरियो ।’ मध्य प्रदेश, उत्तर प्रदेश, राजस्थान, गुजरात खास चम्बल घांटीको क्षेत्रमा हत्या हिंसा, अपहरण र डकैती गरी आतंकित बनाएको उनी नेतृत्वको समूहलाई सरकार पक्षबाट जीउदो वा मुर्दा ल्याउनेलाई ५० वर्ष अघि २ करोड मुल्य तोकिएको थियो ।

 
‘पहिलेका डाँकू चरित्रवान पनि थिए,’ उनले आफ्ना अनुभूति बाढ्दै भने, ‘एकताको बल थियो, धनीबाट लुटेर गरिबलाई बाट्रने, गरिब कन्याहरूको विवाह गिरिदिने, स्कूल, मन्दिर, पाटीपौवा ,धारा पानीको व्यवस्था आदि गरिदिएका कारण हामीलाई जनताको साथ थियो ।’ सरकारले किन समात्न सकेन ? जिज्ञासामा पन्चम सिंहले भने, ‘हाम्रा लागि २ करोड रूपैया घोषणा गरेपनि हामी सरकार भन्दा लोकप्रिय बनेका थियौं ।’

अर्का व्यक्तित्व दाँतको सहाराले बस,ट्रक,रेल, पानीजहाज तान्न सक्ने क्षमतावान उर्जावान ब्रह्माकुमार अशिष भाइजी २२ वर्षदेखि राजयोगको अभ्यास गरि आफुमा आएको उच्च मनोबलबाट आफ्नो दाँतको सहाराले अदम्य काम गर्दै आएको बताए । बस,ट्रक,रेल,पानीजहाज तानेर भारत तथा नेपालका विभिन्न शहरमा झन्डै २५० ठाउँमा सफल प्रदर्शन गरेका उनले कैलालीको धनगढी, अत्तरिया,टीकापुरमा आफ्नो प्रदर्शन गर्दै नेपालगन्ज आइपुगेको बताए ।

 
कार्यक्रममा राजयोगनी ब्रह्माकुमारी दुर्गा दिदी, उत्कृष्ट महिला रक्तदाता सरिता शर्मा, राजनीतिज्ञ किरण कोइराला, पत्रकार पूणर्लाल चुके लगायतले हौषला प्रदान गरेका थिए । कार्यक्रममा ठुलो संख्यामा सर्वसाधारणको सहभागिता थियो । कारागारमा गरिएको पन्चम सिंहको प्रवचन निकै प्रभावकारी रहेको कृष्ण भाइजीले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया