नेपालगन्जलाई डुबानबाट जोगाउन प्रहरी सक्रियता (तस्वीरहरु)

आपतकालिन अवस्थाबाट जुध्न तयार रहेको बाँके प्रहरीले नेपालगन्ज र आसपास क्षेत्रमा पानी निकास ब्यवस्थित गर्न सोमबार दिनभर सक्रिय देखियो ।

 
प्लास्टिकजन्य फोहोरले थुनिएको नाली, ढल निकास र स्थानीय बासिन्दालाई उत्पन्न भएको समस्या बारे वडा प्रहरी कार्यालय नेपालगन्ज इन्चार्ज नारायण डाँगी सहितको टोली नगर क्षेत्रमा खटियो । डुबान क्षेत्र सेतुबिक चोक, न्युरोड र घरबारी टोल सहित त्रिवेणी मोड लगायत स्थानमा प्रहरीले आफै नालीको निकास सफा गरि बाढीजन्य अवस्था समाधानको प्रयास थालेको थियो ।

 
नेपालगन्ज क्षेत्रमा जलभराव र डुबानको अवस्था उत्पन्न हुन थालेपछि उपमहानगरपालिकाले पनि विभिन्न स्थानमा डोजर परिचालन गरि नाली र पानी निकासको स्थान सफाई गराएको छ । न्युरोड विस्तारका क्रममा रहेको र अझै काम बाँकी रहेका कारण नाली निकास थुनिएपछि डोजर लगाइएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल समशेर राणाले बताए ।

 
फोहोरको उचित ब्यवस्थापन हुन नसकेका कारण नालीमा थुप्रिएको प्लास्टिकजन्य पदार्थले पानी निकास थुनेर समस्या भएको इन्चार्ज डाँगीले बताए । त्यसका लागि वडा प्रहरी कार्यालयको टोली नेपालगन्जको अधिकाँश स्थानमा सरसफाईमा खटियो ।

प्रतिक्रिया

प्रतिक्रिया