खजुरामा सालको ३३ गोलिया बरामद

जिल्ला प्रहरी कार्यालय बाँके र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले गरेको संयुक्त अप्रेशनमा लुकाई छिपाई राखेको अवस्थामा सोमबार सालको ३३ गोलिया बरामद भएको छ ।

 
खजुरा गाउँपालिका वडा नं.१ विरपुरमा इन्द्र मल्लको बगैचामा लुकाई छिपाई राखेको बारे विशेष सूचनाको आधारमा कारवाही गर्दा काठ बरामद भएको हो, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र आर्यालले नेपालगन्ज न्युज संग भने, थप विवरण बारे हामी अनुसन्धान गरिरहेका छौं ।
बरामद भएको काठ करिब २२० देखी २३० क्यु फिट सम्मको सालको गोलिया थान ३३ भएको डीएसपी आर्यालले बताए । बरामदी मुचुल्का सहित आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया