नेपाली महिलालाई भारतमा १० बर्ष जेल

भारतीय अदालतले एक नेपाली महिलालाई चरेश तस्करीको आरोपमा १० बर्ष जेल सजाय सुनाएका हो
समाचारदाता
दैनिक नेपालगन्ज

नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा चरेस सहित फन्दामा परेकी दुई नेपाली महिलाई जिल्ला अदालत बहराइचले जेल सजाय सुनाएको छ ।
नेपालगन्जबाट रुपइडिहा तर्फ जाँदै गरेको अवस्थामा रुपइडिहा एसएसबीको टोलीले चेकजाँच गर्दा दाङको घोराही बस्ने विमला गिरीबाट ४ केजी ६ सय ग्राम, सोही ठाउँ बस्ने प्यारिसा चौधरीबाट ४ केजी ६ सय ग्राम चरेस बरामद भएकोमा अदालतले दुबैलाई १० वर्ष कैद र जनही एक लाख रुपैयाँ जरिवाना गरेको हो ।
अपर सत्र न्यायाधीश एमपी सिंहले फैसलामा दुबै महिलालाई जरिवाना सहित सजाय सुनाएका हुन् । अभियुक्तहरु विपक्षमा सरकारी वकिल फिरोज अहमदको बहस मात्रैबाट फैसला आएको हो । अभियुक्तको कुनै आफन्त सम्पर्कमा नगएका कारण अभियुक्तको तर्फबाट वकिल नियुक्त नभएको अदालतले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया