नेपालगन्जबाट दिल्ली उडान रुटका लागि मुख्यमन्त्रीको साथ

नेपालगन्ज विमानस्थलबाट दिल्ली उडानका लागि रुट पहल गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले साथ दिने प्रतिबद्धता जनाएका छन् ।

समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्ज विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गरिएको पहल सकारात्मक मोड लिंदैछ । बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी दिल्लीका लागि उडान भर्न भारतीय पक्षबाट स्वीकृति पाएपछि पहलले सकारात्मक मोड लिएको हो ।

 

नेपालगन्ज–दिल्ली उडानपछि यहाँको पर्यटकीय सम्भावनाले ह्वात्तै उचाई लिने विश्वासका साथ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नेपाल तर्फबाट गर्नुपर्ने पहलका लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बिहिबार भेटवार्ता गरेका छन् । ‘मुख्यमन्त्रीसँग गम्भीर छलफल भयो’, नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘उहाँले साथ दिने प्रतिबद्धताका साथ उडानको शुभारम्भ कार्यक्रममै उपस्थित हुने जनाउ दिनुभयो ।’

 

सरकारले नीति तथा कार्यक्रमसँगै ल्याएको बजेटमा पनि नेपालगन्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्ने उल्लेख गरेपछि धेरै लामो प्रतिक्षापछि नेपालगन्जको सपना साकार हुने सम्भावना बढेको छ । ‘नेपालगन्जका लागि अन्तर्राष्ट्रिय उडानको रुट इजाजतका लागि निरन्तर प्रयासरत छौं’, डा. राणाले त्यसपछि नेपालगन्जको कायापलट हुने विश्वासका साथ भने, ‘नेपालगन्ज–दिल्ली उडानलाई मात्रै सुचारु गर्न सकियो भनेपनि भारतीय पर्यटकहरुको मुख्य केन्द्रबिन्दु यही हुनेछ ।’ खासगरी मानसरोवरका धार्मिक यात्रुहरुलाई लक्षित गरी बुद्ध एयरले नेपालगन्ज–दिल्ली–नेपालगन्जका लागि रुट इजाजत लिएको हो । अब नेपाल सरकारले बुद्धलाई दिल्ली उडानका लागि इजाजत दिने र अन्तर्राष्ट्रिय उडानको रुट नेपालगन्ज हुँदै खुला गर्न पहल गर्नुपर्नेछ ।

 

 

मुख्यमन्त्रीसँग नगर प्रमुख डा. राणासँगै प्रदेश सभा सदस्य आइपी खरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता अशोक कोइराला, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय सभागृह देखि नेपालगन्जको विद्युत संकटसम्मका विषयमा छलफल गरिएको नगर प्रमुख डा. राणाले जानकारी दिए ।

 

नेपालगन्ज विमानस्थललाई अन्तर्®ाष्ट्रिय स्त®को विमानस्थल बनाउने माग ® मुद्दाले तिव्रता पाइ®हँदा यसैसाता बुद्ध एय®ले नेपालगन्जदेखि नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा ग®ेको थियो । उडानको औपचा®िक प्रक्रिया सुरु ग®िसकिएको जानका®ी दिन ®ाजधानी काठमाडौंमा आइतबा® पत्रका® सम्मेलन गर्दै बुद्ध एय®का प्रबन्ध निर्देशक वि®ेन्द्र बहादु® बस्नेतले ६ महिनाभित्र नेपालगन्जदेखि दिल्ली सिधा उडान भर्ने घोषणा ग®ेका हुन् ।

 

बुद्धले बैशाख १ गतेदेखि नै नेपालगन्जबाट दिल्लीका लागि उडान भर्ने योजनाका साथ लामो समयदेखि पहल ® प्रयास गर्दै आएको थियो । त®, अन्तर्®ाष्ट्रिय उडानका लागि रुट नपाएपछि नेपालगन्ज विमानस्थलबाट दिल्ली उडान भर्ने योजनामा ढिलाई हुँदै आएको थियो ।

 

यसैबीच बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत सहितको टोली बिहिबार भारत उत्तरप्रदेशको राजधानी लखनउ पुगेर त्यहाँका मुख्यमन्त्री आदित्यनाथ योगीसँग भेटवार्ता गरेको छ । बुद्धका नेपालगन्ज स्थित स्टेशन प्रमुख विनित शाहले आगामी महिना काठमाडौंबाट बनारसका लागि सुरु हुने उडान शुभारम्भ कार्यक्रममा आतिथ्यता ग्रहण गर्न निम्तो दिने उद्देश्यले प्रबन्ध निर्देशक बस्नेत सहितको टोली लखनउ पुगेको हो ।

 

बुद्ध एय®ले भा®तको ऐतिहासिक तथा धार्मिक नग®ी बा®ाणसीमा साताको दुई उडान गर्ने भएको छ । आउँदो असा® १५ गतदेखि साताको दुई उडान गर्ने बताइएको छ । ‘मुख्यमन्त्री योगी बनारसमा उडानको शुभारम्भका लागि पुग्नुहुने निश्चित भएको छ’, शाहले दैनिक नेपालगन्जसँग भने । नेपालगन्ज–दिल्ली उडानका पहल बारे स्थानीय स्तरमा अन्तरक्रिया, छलफल र आवश्यक जानकारीका लागि प्रबन्ध निर्देशक बस्नेत सोमबार नेपालगन्ज आइपुग्नुहुने जानकारी पनि शाहले दिएका छन् ।

 

खासग®ी मानस®ोव® तिर्थ यात्राका लागि पछिल्ला बर्षहरूमा नेपालगन्ज ट्रान्जिट प्वाइन्टका रूपमा विकास भएपछि भा®तीय यात्रुहरूलाई मध्यनज® बुद्धले नेपालगन्ज–दिल्लीको उडानलाई प्राथमिकतामा ®ाखे® पहल गर्दै आएको हो । दुई पौ®ाणिक नग®ी काठमाडौँ ® बा®ाणसीलाई हवाई उडानबाट जोड्न भैरहेको प्रयासमा मुख्यमन्त्री योगी पनि सकारात्मक देखिएको शाहले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया