नेपालगन्जमा हावाहुरी पछि विद्युत अवरुद्ध, ठाउँठाउँमा चुँडिए तार, गर्मीका कारण विद्यालय बन्द

मंगलबार विहान आएको हावाहुरीले ठाउँठाउँमा विद्युत पोल ढाल्नुका साथै तार चुँडाले पछि नेपालगन्जको विरुद्ध अवरुद्ध भएको छ ।

हावाहुरीपछि नेपालतर्फबाट नेपालगन्जका लागि आउने विद्युत प्रसारण लाइन पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख मनोज सिंहले विद्युत तार र पोलमा क्षति पुगेको ठाउँमा कर्मचारी खटाइसकिएको जानकारी दिएका छन । उनले विद्युत नियमित गर्नका लागि हरसम्भव प्रयास भैरहेको बताए ।

 

गर्मीका कारण विद्यालय बन्द
दैनिक नेपालगन्ज
समाचारदाता
बाँकेमा अत्याधिक गर्मी बढ्दै गएपछि दुई वटा स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
चर्को घाम, तातो हावाका कारण विद्यार्थीहरुलाई समस्या हुन थालेपछि कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोहलपुर नगरपालिकाले एक साता सामुदायिक तथा संस्थागत विद्यालय गर्मीका कारण विदा गर्ने निर्णय गरेको हो ।
‘बुधबारदेखि एक साता विद्यालय बिदा गर्ने निर्णय गरिएको हो’, कोहलपुर नगरपालिका शिक्षा शाखाका दान बहादुर विष्टले सूचना जारी गर्दै भनेका छन् । उक्त बिदा आगामी बर्षे बिदामा समायोजना गरिने विष्टले जानकारी दिएका छन् ।
त्यस्तै, खजुरा गाउँपालिकाले पनि तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विश्वराज ढकालले बुधबार देखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताएका छन् । उक्त विदालाई बर्षे बिदामा मिलान गर्ने गरी हाल विदा दिइएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, सोमबार नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रह्यो । सोमबार अघिल्लो दिनको तुलनामा अधिकतम तापक्रम नबढेपछि न्यूनतम तापक्रम भने बढेको छ । सोमबार न्यूनतम तापक्रम २८ डिग्री सेल्सियस रह्यो । जुन अघिल्लो दिनको तुलनामा झण्डै ३ डिग्रीले बढी हो ।

प्रतिक्रिया

प्रतिक्रिया