गुगलले नेपालगन्जको तापक्रम ४३ डिग्री सेल्सियस देखाएको छ ।
यद्यपि, जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालगन्जको तापक्रम झण्डै ४० डिग्री सेल्सियस पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार नेपालगन्जको अधिकतम तापक्रम ३९.४ डिग्री सेल्सियस पुगेको तथ्यांक छ। चर्को घाम र तातो हावाले नेपालगन्जको जनजीवन प्रभावित भएको छ । शनिबार नेपालगन्जको न्यूनतम तापक्रम पनि २५.६ डिग्री सेल्सियस रहेको छ ।