दैनिक नेपालगन्ज/समाचारदाता
रुपईडिहा नाका भएर दिनहुँ हुने आवागमन र सुरक्षा जोखिमको वास्तविक जायजा लिन रुपईडिहा एसएसबीले शुक्रवार ड्रोन क्यामराको प्रयोग गरेको छ ।
नेपालगन्जका सुरक्षा अधिकारीले नेपालगन्ज क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्दा भारतीय पक्षले आपत्ती जनाएको दुई महिना पूरा हुन नपाउँदै भारतीय एसएसबीले दशगजा सम्मको निगरानी ड्रोनबाट गरेको खुलेको हो ।
दुबै देश बीच हुने आवागमन, यात्रीको चाप र सुरक्षा चुनौतीको विश्लेषण गर्न एसएसबीले ड्रोनको प्रयोग गरिएको जनाएको छ । एसएसबीले गरेको सुरक्षा विश्लेषणको रिपोर्ट केन्द्रीय सरकारलाई पठाउने तयारी रहेको बुझिएको छ ।
नेपाल भारत आवागमनमा चेकजाँचको सुविधाका लागि निर्माण हुन थालेको आईपीसी (इन्ट्रीग्रेटेड चेक पोस्ट) निर्माण पछि सोबाट हुन सक्ने दुबै देशलाई सुविधा र ब्यवस्था बारे एसएसबीले चासो बढाएको जनाएको छ ।
एसएसबी प्रमुख विरेन्द्र कुमारले दिएको जानकारी अनुसार ड्रोन प्रयोगबाट कुनै क्षति नभई बरु सुरक्षा जोखिम बारे सूक्ष्म अनुसन्धान गरिएको हो ।