३७ नाघ्यो नेपालगन्जको पारा

सोमबार नेपालगन्जमा अत्याधिक गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार नेपालगन्जको अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस रह्यो । नेपालगन्जको न्यूनतम तापक्रम पनि २५.६ डिग्री सेल्सियस रहेकाले झन् गर्मी महसुस गरिएको छ ।

चर्को घाम र अत्याधिक तापक्रमका कारण मानिसहरुको दैनिक जीवनयापन समेत प्रभावित भएको छ । गर्मी र विद्युत अनियमितताले सर्वसाधारण मात्रै होइन उद्योग, कलकारखान र व्यवसाय समेत प्रभावित भएको छ ।
भारतबाट पर्याप्त विद्युत नआउँदा र नेपालबाट आउने भनिएको १२ मेगावाट समेत पुरै उपलब्ध नहुँदा नेपालगन्जमा विद्युत अनियमित छ । मानिसहरु अत्यावश्यक काम बाहेक दिउँसो घरबाट निस्कन छोडेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया