बबई नदीको नहर झण्डै २ हजार कृषकहरुले सरसफाई गरे (फोटो फिचर)

भावुक योगी, बर्दिया, जेठ ५

बर्दियाको बबई सिँचाई आयोजनाको नहर झण्डै दुई हजार कृषकहरुले जनश्रमदान गरेर सरसफाई गरेका छन् । पुर्वपश्चिम राजमार्ग अन्र्तगत बबई नदीको बबई सिँचाई आयोजनामा पर्ने झण्डै एक किलोमिटर नहरको दाँया र बाँया थुप्रिएको माटो, वालुवा सरसफाई गर्न सनिवार झण्डै दुई हजार कृषकहरु जुटेर सरसफाई गरेका हुन् ।

 
बर्दियाको पश्चिम क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकाका ६ गाउँ, मधुवन नगरपालिकाका ६ गाउँ, ठाकुरबाबा नगरपालिकाका ६ गाउँ र गुलरिया नगरपालिकाका गाउँका ४ गाउँ अर्थात ४७ मौजा र १७ मौजा गरी कुल ६४ मौजाका झण्डै २ हजार कृषकहरु सहभागि भई नहर सरसफाई गरेको बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितीका सचिव बेदप्रसाद खनालले जानकारी दिनुभयो ।

 
सिँचाई सुविधा नहुँदा विगतका वर्षमा जेठ देखि असार मसान्त सम्म झण्डै ४५ दिन जनश्रमदान (बेगारी) गरेर आफ्नो गाउँमा खेतीपातीका लागि नदीबाट कुलामा पानी लैजाने गरीन्थ्यो, आठ वर्ष यता सिँचाई संरचना नहर बनेपछी अहिले वर्षमा एकदिन मात्र नहर किनारमा जम्मा भएको माटो सरसफाई गरीन्छ, बर्गदा जम्ती नेउलापुर सिँचाई जल उपभोक्ता समितीका अध्यक्ष भुजराम थारु बताउनुभयो ।

 
बारबर्दिया नगरपालिकाका ६ गाउँ, मधुवन नगरपालिकाका ६ गाउँ, ठाकुरबाबा नगरपालिकाका ६ गाउँ र गुलरिया गाउँका ४ गाउँका अर्थात ४७ मौजा र १७ गरी कुल ६४ मौजाका मौजाका कृषकहरु मिलेर चार विगाह जग्गाजमिन बराबर एकजना कृषकहरु सहभागि हुँदा झण्डै २ हजार कृषकहरु सरसफाईमा जुटेका छन् पश्चिम बबई जल उपभोक्ता संस्था ढोढरीका पदमराज काफ्लेले भन्नुभयो ।

 
बबई सिँचाईको नहर सरसफाई अभियानमा हरेकवर्ष आलैपालो नहरको पुर्वी र पश्चिी भेगका कृषकहरु जुटने गर्छन् । यसवर्ष पश्चिमी क्षेत्रका कृषकहरुको पालो परेको थियो, गाउँका बडघरले चौकीदार मार्फत कृषहरुलाई खबर गरेपछी सरसफाई अभियानमा जुटेका छन्, सरसफाई भएको एकहप्ता भित्रैमा कृषकको खेतबारीमा सिँचाई सुबिधा पुग्छ र धानबालीका लागि कृषहरुले धानको विउ राख्ने गर्छन् ।

 
कुलापानीका बडघरको भाषामा ६४ मौजा अर्थात हालको नगरपालिकामा पर्ने वडाका कुल ६४ गाउँका कृषकहरु सहभागि थिए । हरेक गाउँबाट २ सय देखि ३ सय कृषकहरु गरी झण्डै २ हजार कृषकहरु नहर सरसफाईमा जुटेका थिए । बडघरका अनुसार १९ सय देखि २ हजारको सहभागिता रहेको छ ।

 
गाउँका कृषहरुको परम्परागत सामुहहिक काम नहर सरसफाई अभियानमा कोही विरामी भएको वा समस्यामा परेको खण्डमा गाउँको बडघर संग बिदा लिएर बसेमा जरीवाना नपर्ने तर जानकारी विना सहभागि नभए चलनचल्ती अनुसार एकदिनको ज्याला जरिवाना स्वरुप तिर्नु पर्ने नियम रहेको छ ।

 
बबई नदीको नहर सरसफाईमा कृषकहरु जुटिरहेका बेला जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, सिँचाई आयोजनाका कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
कृषकहरुले नहर सरसफाई गर्दाको दृश्य यस्तो
अघिल्लो दिन सुक्रवार बबई सिँचाई आयोजनाको नहर सरसफाई गर्न बडघरको निर्देशनमा गाउँका चौकीदारले गाउँगाउँमा (बेगारी छ है, स्थानिय भाषामा) जनश्रमदान भनेर खबर गरेपछी सनिवार विहान ९ बजेतिर बबई नदीको नहर नजिक झण्डै दुई हजार कृषक जम्मा भएका थिए ।

 
कुलापानी मौजाका बडघर एवं बर्गदा जम्तीनेउलापुर सिँचाई जल उपभोक्ता समितीका अध्यक्ष भुजराम थारुले विहान ११ बजेतिर नहरको दाँया बाँया थुप्रिएको माटो बगाउन हरेक गाउँलाई बडघरको स्थानिय लठ्ठी (३ मिटर) भागको माटो बगाउन निर्देशन दिएपछी वालक देखि वृद्ध, महिला र पुरुषहरु आफ्नो गाउँको भागमा परेको माटो बगाउन सुरु गरे । नहरको आधा भन्दापनि कम पानी रहेको नहरमा कृषकहरु पसे । फरुवा ं(कोदालो) काठ र डोरीको सहायताबाट माटो वालुवा बगाउन सुरु गरे ।

 
नहर सरसफाई गर्न नहरको भित्र पसेका हजार बढी कृषहरुलाई हेर्दा लाग्थ्यो, बबई नदीको नहरमा कुनै कुम्भ मेला लागेको छ र त्यहाँ डुबुल्की मार्न गएका छन् । हुन पनि त्यस्तै थियो त्यहाँको दृश्य कोही फरुवा (कोदालो) को सहायताबाट नहरको दाँया बाँया जम्मा भएको माटो खनेर पानीमा बगाउँदै थिए । त कोही लामो काठमा डोरीले बाँधेर थुप्रिएको माटो तान्दै नहरको पानीमा बगाउँदै थिए ।

 
कोही गर्मी भएकाले पानीमा डुबुल्की समेत मार्दै थिए । चर्किएको गर्मीमा कोदालोले माटो तान्दै होहल्ला गर्दै आफ्नो गाउँको भागमा परेको माटो तानेर बगाउँदै थिए । तर नहरमा जम्मा भएको माटो बगाउन त्यत्ती सजिलो भने थिएन । गर्मी भएपछी पानीमा एकछिन डुबुल्की मार्थे अनि भोक प्यास लाग्यो भने डोरीको सहायताबाट नहर बाहिर निस्कन्थे कोही पानी पिउँथे त कोही खाजा खान्थे ।

 
गाउँबाट गएका कृषकहरु आफ्नो खाना, दिउसको खाजा बोकेर कोही पैदल, कोही साईकलमा त कोही मोटरसाइकलमा पुगेका थिए । विगतका वर्षमा एक महिनाभन्दा बढी (बेगारी) जनश्रमदान गर्नु परेको सम्झिदै अधिकाँश कृषकहरु एकदिनको कामबाट खासै दुखि त थिएनन् तर वालक, वृद्ध र महिलाहरुले भने बरु एकदिनको ज्याला दिईन्थ्यो, डोजर लगाएर नहर सरसफाई गरीदिए राम्रो हुन्थ्यो भन्दै थिए ।

प्रतिक्रिया

प्रतिक्रिया