रुपैडिहा–कोहलपुर रेल्वे नक्सा तयार

कृष्ण अधिकारी/नेपालगन्ज

 

भारतको रुपैडिया देखि बाँकेको कोहलपुरसम्म रेलवे लाइन विस्तार गर्नका लागि भारतको पुर्वाेत्तर रेलवे गोरखपुरले प्रारम्भिक नक्सा तयार पारी नेपाललाई बुझाएको छ । पुर्वाेत्तर रेल्बे गोरखपुरबाट खटिएको आर के टेक्नो कन्सल्टेन्सीका प्राबिधिक टोलीका इन्जिनियर सन्तोष त्रिपाठी सहितको प्राबिधिकहरुको टोलीले फागुन ३० देखि चैतको दोस्रो सातासम्म भारतको रुपैडियाबाट नेपालको कोहलपुर सम्म रेलवे लाइन बिस्तारका लागि सर्भेको काम गरेका थिए ।

 

सर्भे टोलीले सीमावर्ती रुपैडिया देखि बाँकेको बालेगाउँ, पुरैना, पुरैनी, हँुदै नेपालगन्जको राँझा बिमान स्थलको दक्षिणबाट नेपालगन्ज कोहलपुर सडक क्रस गरेर नया बस्ती हँुदै कोहलपुर सम्मको करिब साढे १६ किलोमिटर क्षेत्रको सर्भेको काम पुरा गरी प्रारम्भिक नक्सा तयार पारेको हो । पुर्वाेत्तर रेलवे गोरखपुरले रेलवे लाइन बिस्तारका लागि केन्द्रबाट दुबै तर्फ २०/२० मिटर गरी ४० मिटर चौडा क्षेत्रको रेखाङ्कनका गरी नक्सा तयार पारेको छ ।
पुर्वाेत्तर रेलवे गोरखपुरका प्रमुख इन्जिनियर राम जनमले प्रारम्भिक चरणको सर्भेको नक्सा सहितको प्रतिबेदन जिल्ला प्रशासन कार्यालय बाँके र रेलवे बिभाग काठमाडौलाई बुझाएका हुन् । नक्सा सहितको प्रतिबेदन बुझाउँदै पुर्वाेत्तर रेल्बे गोरखपुरले जिल्ला प्रशासन कार्यालय बाँकेलाई रेल्बे लाइन बिस्तारका हुने क्षेत्रको जग्गाको चलन चल्तीको मुल्य समेत एकिन गर्न आग्रह गरेको छ ।

 

 

पुर्वाेत्तर रेलवे गोरखपुरले प्रतिबेदन पाए लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेले रेलवे लाइन बिस्तार हुने क्षेत्रको जग्गाको चलन चल्तीको मुल्य एकिन गरी प्रमाणित समेत गरि रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत गणेश शाहीका अनुसार, रेलवे लाइन बिस्तार हुने क्षेत्रमा जग्गाको मुल्य प्रति कठ्ठा ५ लाख देखि ६० लाख सम्म रहेको छ ।

 

 

प्रतिबेदन अनुसार, काम अगाडि बढाउनका लागि नेपाल सरकारले स्बीकृति दिए पछि रेलवे लाइन निर्माण गरिने क्षेत्रको जग्गामा सिमाङ्कनका लागि पिलरहरु गाड्ने काम सुरु हुने छ । रुपैडिया देखि कोहलपुर सम्म बिस्तार हुने रेलवेको सिङ्गल लाइनको हुने छ । रुपैडिया देखि कोहलपुर सम्मको साढे १६ किलोमिटर लामो रेलवे लाइनमा करिब ८ किलोमिटरको दुरीमा पर्ने पुरैनीमा रेलवेको जक्शन निर्माण हुनेछ । भारतको रुपैडिया सम्म ५० बर्ष भन्दा पहिले नै रेल्वे सेवा बिस्तार भएको भए पनि नेपालगन्जमा भने पहिलो पल्ट रेलवे सेवा बिस्तार हुन लागेको हो ।

 

 

यसअघि नेपाल–भारत रेल सेवा सञ्चालनका लागि दुई मुलुकका उच्च स्तरीय रेलवे अधिकारीहरूबीच नेपालगन्जमा छलफल भएको थियो । पछिल्लो पटक सरकारको सचिव स्तरीय निर्णयले रेल सेवा विस्तारका लागि ‘फाइनल लोकेसन सर्भे टोली’ गठन भइसकेको छ । २०७४ साउन ५ गतेको सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया