चेतन मानन्धर हत्या काण्डका अधिकांश अभियुक्त दोषी करार
दैनिक नेपालगन्ज
तीन वर्षअघिको एउटा बहुचर्चित हत्या काण्डका अधिकांश अभियुक्तहरुलाई दोषी करार गर्दै बा“के जिल्ला अदालतले मंगलवार फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश बिष्णु सुवेदीको एकल इजलासले मंगलबार मुद्दाको सुनुवाई गर्दै घटनाका मुख्य अभियुक्त दावी गरिएका योग ढकाल (रिगल)लाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको हो । घटनामा संलग्नताका आधारमा दोषी देखिएका अन्यलाई तीन वर्षदेखि जन्म कैद सम्मको सजाय सुनाइएको छ । उक्त घटनामा मुद्दा चलाइएका १५ जना अभियुक्त मध्ये दिपक केसीलाई निर्दोष करार दिंदै सफाई दिइएको अदालतले जनाएको छ । केसीले ढकाललाई प्रहरीबाट जोगाएर भगाउन मद्दत गरेको आरोप थियो । तारेकमा रहेका उनलाई अदालतले सफाई दिएको हो ।
नेपालगन्जको धम्बोझी चोक नजिकै सुर्खेत रोडमा ०७२ असार २८ गते दिनदहाडै सांघातिक आक्रमण गरि चेतन मानन्धर गम्भीर घाइते बनाइएको थियो । उपचारका क्रममा ज्यान गएका मानन्धरलेनै मृत्यु अघि घटनाबारे प्रहरी समक्ष आफैं प्रत्यक्ष बयान दिएका थिए ।
बाके जिल्ला अदालतका श्रेष्तेदार दण्डपणि लामिछानेले दिएको जानकारी अनुसार, हत्यामा संलग्न प्रशान्त गौतम भन्ने प्रेमध्वज खत्री, बिशाल भन्ने छबिलाल बस्नेत, मोहनलाल खडका र नवराज खत्रीलाई जन्म कैद सुनाइएको छ । मोहन ढकाललाई १० वर्ष र दिपेन्द्र सिंह भन्ने दिपेन्द्र मल्ललाई ५ वर्षको सजाय सुनाइएको जिल्ला अदालतका श्रेष्तेदार लामिछानेले बताए । घटनामा अन्य अभियुक्त प्रितम थापा, यामबहादुर बुढामगर, केशव रोकाय, मनिष चौलागाई, माधव नेपाली, विवाद पाठक र हरी वलीलाई जनही तीन÷तीन वर्ष कैदको सजाय सुनाइएको छ ।
हत्याको उक्त घटनामा मुख्य व्यक्ति रिगललाई बिपक्षी बनाइएको थियो । २९ वर्षीय मानन्धरलाई ढकालको समूहले खुँडा प्रहार गरी हत्या गरेको अभियोग प्रहरीले लगाएको थियो । यो घटनापछि प्रहरीले १५ जनालाई पक्राउ गरेको थियो । पक्राउपछि नेपालगन्जको गुडागर्दीमा निकै नियन्त्रण देखिएको छ । नेपाली कांग्रेस निकट तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्षसमेत रहेका रिगल लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको बेला उक्त घटना भएको थियो । अदालतले उनीहरुलाई यसअघि नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको थियो । हाल उनीहरु कारागारमै छन् ।
कुनै बेला आफ्नै सहयोगी रहेका मानन्धरलाई लेनदेनको विषयमा असन्तुष्टि बढ्दै गएपछि रिगल समूहले दिनदहाडै खँुडा प्रहार गरेको थियो । हात छिनालिएर गम्भीर घाइते भएको उनलाई उपचारका क्रममा काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनालगत्तै फरार रिगलले डेढ वर्षपछि बा“के जिल्ला अदालतमा आत्मसर्मपण गरेका थिए । प्रहरी इकाउन्टरमा काठमाडौंका गुण्डा नाइके कुमार श्रेष्ठ (घैटे) मारिए लगत्तै उनले अदालतमा आफै हाजिर भएका हुन् । ज्यानै असुरक्षित देखिएपछि उनलाई नेपाल बारका एकजना पूर्व पदाधिकारीले अधिकारकर्मीको ज्याकेटमा अदालत पु¥याएका थिए ।
उक्त घटनाको सुनुवाईका क्रममा पनि असुरक्षा औंल्याउँदै साक्षीहरु अदालतमा बयान दिन इन्कार गरेका थिए । उनीहरु बयान दिन नदिई सम्पर्कबिहिन अवस्था र घटनाका आरोपीहरु पक्राउ नपर्दा र उनीहरुको घरदैलोमा म्याद टा“स हुन नसकेपछि बयान लिन ढिलाई भएको बताइंदै आएको छ । फैसलाका सुन्नका लागि पनि बा“के जिल्ला अदालतमा तीन दिन देखि भिड थियो भने सुनुवाई पनि लम्बिएको थियो ।
चेतनका पिता किशोर मानन्धरको जाहेरीमा सरकारी वकिल टेक बहादुर थापा र जाहेरवालाका तर्फबाट अधिवक्ता विकास आचार्यले पक्षमा तथा आधा दर्जन बढीले विपक्षमा बहस गरेका थिए । विपक्षमा बहसका लागि काठमाडौंबाट वरिष्ठ अधिवक्ता बिक्रम सिंह सिजापतिनै केही दिनदेखि नेपालगन्ज थिए । वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, अधिवक्ता शालिकराम सापकोटा, प्रहलाद बहादुर कार्की, लोक बहादुर शाह, सुनिल श्रेष्ठ, इश्वरी ज्ञवाली लगायतले विपक्षमा बहस गरेका थिए ।