बाकेको खजुराबाट एयरपोर्ट सारिंदा विकल्प खोजिएन । बर्दियाको राजापुर र दाङको कोइलाबासले भोगेको दुर्दशाका कथा नजिर सबैले अनुभूत गरिरहेका छन् ।
यतिबेला बाकेको खजुरा, बर्दियाको राजापुर र दांगको कोइलाबास शहरले भोगेको दुर्दशाका कथालाई नजिर मान्दै नेपालगन्जको भविष्य बारे बहस हुन थालेको छ । करिब छ दशकअघि बा“केको खजुरामा चिलगाडी (हवाईजहाज) उडान भर्ने एयरपोर्ट थियो । दैनिक दुई उडान हुने गर्थे । बिमानस्थलकै कारण खजुरामा शहर जम्योे । ब्यापार व्यवसाय फस्टाए । उ बेलाको गाउ“ विस्तारै शहरका रुपमा विकास हुन थाल्यो ।
जहाज हेर्न आसपासका बा“के र बर्दियाका सर्वसाधारणहरु खजुरा पुग्थे । मानिसको चा“प बढेका कारण बजार फस्टाउ“दै गयो । राम्रा होटेलहरु थपिंदै थिए । एकाएक उक्त एयरपोर्ट मनिकापुरको रा“झामा सारिएपछि खजुरा ओरालो तर्फ धकेलियो । बजार, व्यवसायमा गिरावट आयो । व्यापारीहरु त्यहा“बाट सर्न थाले । विस्तारै खजुराले आफ्नो साख गुमायो ।
अहिले आफ्नो पहिचान जोगाई राख्न खजुराले बैकल्पिक बाटो रोजेको छ । नेपाल क्यान्सर अस्पताल, जनक शिक्षा सामाग्री संस्थानको क्षेत्रीय छापाखाना स्थापना भएका छन् ।
एयरपोर्ट पाएको गाउ मनिकापुर बजारको रुपमा विकास भइसकेको छ । राझा गाउ यतिबेला शहर बनिसक्यो । हाल नेपालगन्ज उपमहानगरपालिका वडा न. २० मा पर्ने राझा ब्यापार व्यवसायले चम्किंदै गएको छ । नेपालगन्जको व्यापार व्यवसाय बिमानस्थल तर्फ सर्दै गएको छ । ‘खजुरामा हाल बास बस्नका लागि एउटा पनि होटेल छैनन्, किनभने बिमानस्थलसंगै व्यवसायी पनि त्यहा“बाट सरे,’ खजुरा गाउ“पालिकाका युवा अगुवा प्रकाश उपाध्याय भन्छन्, ‘एयरपोर्ट सारिएसंगै खजुराले आफ्नो साख गुमायो, यसमा शासकहरु दोषी छन् ।’
कुनै स्थानबाट विकासका योजना वा सदरमुकमा सारिंदा विकल्प नखोज्ने शासकहरुका कारण हाल आएर राजधानीको मुद्दा पेचिलो बन्दै गएको अधिकारकर्मी समेत रहेका उपाध्यायको तर्क छ । ‘केन्द्रीकृत शासन पद्दति अझै कायमै छ । अधिकार गाउमै बिकेन्द्रीकरण गर्ने हो भने राजधानी ठूलो मुद्दा होइन,’ उनले भने,‘गोर्खाका राजा काठमाडौं जितेपछि उतै बसे तर गोर्खालाई बनाउनु पर्छ भन्ने सोंच कहिल्यै आएन । राजधानीका लागि विरोध हुने कारण यही हो ।’
करिब पा“च वर्षअघि बर्दियाको राजापुर मन्दिर बजार मुलुकै ठूलो बजारको रुपमा प्रख्यात थियो । खाद्यान्नको कारोबार हुने यो बजारमा सुदुरपश्चिम र कर्णालीका सर्वसाधारणहरु नुन र लत्ताकपडा किन्न आउ“थे । कर्णालीको भङ्गालोले घेरिएपनि व्यापारीहरुको घुर्इंचो लाग्थ्यो । तर, बर्दियाको सदरमुकाम गुलरिया तोकिएपछि राजापुर बजार चमक खस्किन थाल्यो । कारण गुलरिया बजार सुगममा छ । तर राजापुर पुग्न कर्णालीको जोखिम मोल्नु पर्ने थियो । डु“गाबाट आउजाउ गर्नु पर्ने बाध्यता थियो । खाद्यान्नको कारोबार डुगाबाटै हुने गरेको थियो । कर्णाली तार्न नपर्ने भएपछि गुलरियाको कारोबार बढ्यो ।
गुलरियामा नेपाल—भारत छोटी भन्सार स्थापना भयो । कर्णाली पारीको राजापुर भने ओझेलमा पार्दै गयो । ‘६०÷७० वर्षअघि राजापुर बर्दियाको मात्रै होईन सुदुरपश्चिम र कर्णालीको प्रमुख बजार थियो । तर बिस्तारै यो कमजोर बन्दै गयो,’ राजापुर नगरपालिकाका श्यामप्रसाद चौधरी भन्छन्, ‘खासमा कर्णाली नदीका कारण राजापुर पछि परेको हो । व्यापारीहरु सुगमको नया“ बजारमा जान थालेपछि ब्यापारिक केन्द्र करिव सुनसान भइसकेको थियो ।’ तर राजापुर बजारमा अन्तर्राष्ट्रिय स्तरको धान मिल स्थापना गरिएपछि खाद्यान्न बजारमा केही सुधार आएको छ । तीन वर्षअघि कोठियाघाटमा मुलुककै लामो पुल सन्चालनमा आएपछि राजापुरलाई केही सहज बनाएको छ ।
कोइलाबास हाल खण्डहर बनिसकेको छ । कुनै बेला यो शहर पनि मुलुककै चर्चित बजारका रुपमा थियो । यसले भारत उत्तर प्रदेशको रेलवे सेवालाई पनि जोडेको छ । नेपाल—भारत सीमामा रहेको उक्त बजार सुकेको छ । बाके क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई पनि त्यसै गरी सुकाउने प्रयत्न भइरहेको दाबी गर्दै आएका छन् । ‘बाकेमा राजधानी पनि नबनाउने र विकल्प पनि नदिए राजापुर, खजुरा र कोइलाबास जस्तै अवस्था आउन सक्छ । त्यसैले हाम्रो प्रमुख मुद्दा राजधानी हो,’ राईले दैनिक नेपालगन्ज सँग भने,‘यसका लागि प्रतिनिधिसभामा कुरा उठाउछौ ।’