आजदेखि प्रधानमन्त्री कप भलिबल

दैनिक नेपालगन्ज/समाचारदाता

 

प्रधानमन्त्री कप महिला भलिबलको पाँचौ संस्करण आज बिहीबारदेखि नेपालगन्ज रंगशालामा आयोजना हुँदैछ ।
प्रतियोगितामा प्रतिष्पर्धाका लागि ६ टिम नेपालगन्ज आइसकेका छन् । नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड तथा बंगलादेश र भारत देहरादुनको टिम नेपालगन्ज आइसकेका हुन् । उनीहरुसँगै यसपटक घरेलु टिम पनि प्रतिस्पर्धा गर्नेछ । फागुनको ७ गते सम्म चल्ने लिग कम नकआउट प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ ।

 

आयोजक, बाँके जिल्ला भलिबल संघले प्रतियोगिताको तयारी पुरा भैसकेको बताएको छ । आयोजक कमिटीका अध्यक्ष टिएस ठकुरीले भने, ‘प्रतियोगिताको उद्घाटनलाई भब्य बनाउन हामीले विशेष तयारी गरेको छौं । प्रतियोगिताको उद्घाटनमा विभिन्न जातजातिको प्रस्तुति, ¥याली, स्थानीय धर्म, संस्कृति झल्कने प्रस्तुति देखाउने तयारी भैरहेको छ ।’
बुधवार बाँकेको कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा आयोजकले प्रतियोगिताका सद्भावना दूत, मिस नेपाल नितिका चाण्डक, प्रतिष्पर्धी टिमका कप्तानहरु, रेफ्री, टिम म्यानेजर बीच पत्रकार सम्मेलन गरि आयोजनाको सबै पक्षबारे जानकारी दिएको हो । ‘अहिले हामी प्रतियोगितालाई नेपालको नम्बर एक प्रतियोगिता बनाउने अभियानमा एक चरण माथि पुगिसकेको छौं’, ठकुरीले भने, ‘यसले हामी आयोजक टिमलाई उत्साही बनाएको छ ।’ प्रतियोगिता आगामी वर्ष दक्षिण एसियाली स्तरको प्रतियोगिता बनाउने अभियानमा लाग्नु पर्ने दबाब बढिरहेको ठकुरीले बताए ।

 

 

अध्यक्ष ठकुरीले प्रतियोगिताले महिला भलिबलको माध्यमबाट नेपालगन्जको कला संस्कृती, धर्म र समुदायलाई एकतामा बाध्न भुमिका खेलेको बताए । उनले भने, ‘प्रतियोगितामा हरेक वर्ष स्तरीय खेलाडीले भाग लिइरहेको छन् ।’
पत्रकार सम्मेलनमा सहभागी प्रतिष्पर्धी टिमका कप्तानहरुले प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । नेपाल पुलिस क्लबकी कप्तान कोपिला उप्रेतीले प्रधानमन्त्रीको नाममा भैरहेको प्रतियोगिताले हरेक वर्ष स्तर बढाउँदै लगेकोमा खुसी लागेको बताइन् । उनले भनिन्, ‘हामी प्रतियोगिता खेल्न पाउँदा उत्साही हुन्छौं । अझ महिला भलिबलसँग मिस नेपाल जस्तो प्रतिष्ठित ब्यक्ति सद्भावना दूतको रुपमा जोडिंदा झन् खुसी लागेको छौं ।’

 

 

बंगलादेशको इफान गु्रप महिला भलिबल टोलीकी कप्तान लाकी खातुनले प्रतियोगितामा नेपाली खेलाडीसँग खेल्न पाउनुलाई अवसरको रुपमा लिएको बताए । उनले भनिन्, ‘मलाई र मेरो टिमलाई यहाँ आउन पाउँदा खुसी लागेको छ । हामी आफनो खेल र क्षमताको विकास गर्ने कोसिस गरिरहेका छौं ।’ लाकी बंगलादेश टिमकी उत्कृष्ट खेलाडी पनि हुन् ।
देहरादुनकी कप्तान कृति थापाले प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउन सहयोग गरिरहेको बताइन् । उनले भनिन्, ‘मैले दोस्रो पटक प्रतियोगिता खेल्दैछु । प्रतियोगिता खेल्नका लागि हामी उत्साही हुने गरेको छांै । अझ नेपाल हाम्रो लागि रोजाईमा पर्ने गर्छ ।’

 

 

आयोजक न्यु इन्द«ेणी बागेश्वरी स्पोटिङकी कप्तान शर्मिला नेपालीले हरेक वर्ष आफुभन्दा सिनियर दिदीसँग खेल्न पाउँनु उत्कृष्ट अवसर भएको बताइन् । उनले भनिन्, ‘हामीले दिदिको खेल हेरेर आफनो खेललाई सुधार गर्ने कोशिस गछौं । घरेलु मैदानमा यस्तो प्रतियोगिता हुँदा हामीलाई आफनो खेलको विकास गर्नु पर्छ भन्ने लाग्छ ।’
पत्रकार सम्मेलनमा, मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले आयोजनालाई आगामी वर्ष आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको भविष्यसँग जोडेर हेरिएको बताए । ‘यो प्रतियोगिता नेपालमै उत्कृष्ट र स्तरीय मध्ये मापनमा परेको छ’, खेल पत्रकार कमल खत्रीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया