सपनाको उडान, सम्भावनाको उडान

खजुरामा रहेको तत्कालीन बिमानस्थल (हे.तस्बीर) मेरो लागि गौरवको विषय । मेरोमात्र होइन खजुरा क्षेत्रका हरेक बासिन्दाका लागि गर्वको विषय । पछि राँझामा नसारिएको भए अहिले जति मिस गर्दैनथ्यौं होला हामी । हो, मानिससंग जे हुँदैन त्यसैको अभावमा तड्पिन्छ । भएको चिजको भरपूर उपयोग गर्नुभन्दा नभएको चिजमा तड्पिएर समय बर्बाद गर्नु सायद मानवीय चरित्र हो ।


पुरानो विमानस्थललाई केही प्रहरीले कुरेर बसेका थिए । ती पनि माओवादीको धम्कीपछि सदरमुकाममा सीमित भए । त्यही जमिनको एक छेउमा जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय छापाखाना बनाउने तयारी अघि बढाइएको थियो ।


गत पौष ५ गते फेसबुकमा मैले खजुरामा रहेको यही तस्वीर कभर फोटोका रुपमा अपलोड गरें । थुप्रै शेयर भए । निकै कमेन्ट आए । त्यो पुरानो कुराको सम्झना थियो । म र मजस्ता कैयौं व्यक्तिका लागि त्यो तस्वीरले हाम्रो सपनाको उडानलाई सम्झाइदिएको थियो । विगतका याद निकै मिठा लाग्छन् मानिसलाई । म त्यस्तै एउटा पात्र हुँ । जसले खरै खरले ढाकिएको त्यो घाँसेमैदान पुरानो विमानस्थल हो भन्ने थाहा पाएपछि कैयौं पटक सपनामै विमानमा उडान भरेको छु । कहिले सुर्खेत त कहिले काठमाडौं…. । यथार्थमा त मैले काठमाडौं र सुर्खेत देखेको निकै पछिमात्र हो ।

सपनाको उडानको त्यही कथाले मलाई र हामीजस्ता कैयौंलाई किशोरवयमा रिस, इस्र्या र अलिअलि कुण्ठा (जस्तो पनि लाग्छ मलाई ) पनि भरेको थियो । हामीबीच त्यत्यो के भने बिमानस्थल राँझामा सार्नेलाई भेट्टाए ठिक पार्ने, राँझाका ती मानिस जो हाम्रो भाग खोसेर खुशी भएका छन् र हामी कति अभागी आदि ।

पुरानो विमानस्थललाई केही प्रहरीले कुरेर बसेका थिए । ती पनि माओवादीको धम्कीपछि सदरमुकाममा सीमित भए । त्यही जमिनको एक छेउमा जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय छापाखाना बनाउने तयारी अघि बढाइएको थियो । तत्कालीन साँसद कैलाशनाथ कसौंधनको त्यसको अगुवाई गरेका थिए । माओवादी ततिविधिले त्यो पनि अघि बढ्न सकेको थिएन ।

एकातिर विमानस्थल सारेर सयौं विघा जमिन घाँसेमैदान बनाइएको छ । अर्कोतिर हामीलाई खेल्ने मैदान छैन । हामी केही केटाहरु कस्सियौं फुटबल मैदान बनाउन । केही स्थानीयले घर पोत्न माटो लगेको त जनक शिक्षाको छापाखानाको शिलान्यासका क्रममा खनिएको कारणले त्यहाँ निकै खाल्डाखुल्डी थिए । कैयौं दिन लगाएर हामीले फुटवल खेल्न ठिकठिकैको मैदान बनायौं र त्यहाँ खेल्न शुरु गर्यौं । पछि त्यही क्रिकेट पनि खेलिन थाल्यो । त्यतिबेला हामीलाई लाग्यो एयरपोर्ट नसरेको भए हाम्रो फूटवल मैदान यहाँ कहाँ बन्थ्यो र ।

त्यो दिन हामी सपनाको उडानबाट ओर्लिएका थियौं र यथार्थबोध गरेका थियौं । सायद त्यो परिवर्तनको माग थियो । त्यसयता संयोग भनौं म र हामी (खजुरावासी ) सम्भावनाको उडानमा छौं । उडी नै रहेका छौं । हामीले खरानी खेलाउने ( पुरानो कुरा सम्झेरमात्र बस्ने, आफैंलाई सताउने) विगतबाट पाठ सिकेर खजुरा क्षेत्र संरक्षण समिति बनायौं । सम्भावनाको उडान भर्न संरक्षण समिति निकै ठूलो बाहक बन्यो । जबकि त्यतिखेर हामीसंग थियो मात्र साहस ।

विकासका बारेमा बहसहरु शुरु गर्यौं । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, बैंक तथा वित्तीय संस्था आदिका लागि लामो प्रयत्न गर्यौं । उत्तमराज घिमिरे, शिवराज श्रेष्ठ, किश्मतकुमार कक्षपति, घमानसिंह बस्नेत, वेदनिधि प्याकूरेल, महेन्द्र मल्ल ठकुरी, कमलराज रेग्मी, रामचन्द्र बोगटी, रामेश्वर कँडेल, अतिउल्लाह खाँ, टिका शर्मा, चन्द्रा बोगटी, राजनीतिक नेतृत्व, सामाजिक अगुवासहितका कैयौं व्यक्तित्व जसले खजुरा क्षेत्रमा सम्भावनाको उडान भर्न विभिन्न तह र तप्कामा रहेर सक्रिय हुनुभयो । हामी युवाहरु जसले उहाँहरुलाई साथ दियौं । सहयोग गर्यौं ।


स्थानीय लक्ष्मीनारायण भगवानको प्रताप, हामी सबैको आ–आफ्नो सामथ्र्य अनुसारको योगदानको फलस्वरुप आज त्यो घाँसे मैदान फेरि गुल्जार हुँदैछ ।


स्थानीय लक्ष्मीनारायण भगवानको प्रताप, हामी सबैको आ–आफ्नो सामथ्र्य अनुसारको योगदानको फलस्वरुप आज त्यो घाँसे मैदान फेरि गुल्जार हुँदैछ । मध्य तथा सुदूर पश्चिम क्षेत्रकै एकमात्र सुविधा सम्पन्न क्यान्सर अस्पताल त्यहीँ सञ्चालनको क्रममा छ । जनक शिक्षा सामग्री केन्द्रको निर्माण सम्पन्न भएको भवनमा सायद प्रदेश नम्बर ५ को क्षेत्रीय छापाखाना सञ्चालनमा आउने सम्भावना बढाएको छ । प्रहरीको क्षेत्रीय गुल्म त्यहीँ बस्दै छ । स्थानीय ज्ञानोदय उच्च मावि जसले देशकै नमूना विद्यालयका रुपमा ख्याति कमाउँदै हामीलाई सम्मानित गराइरहेको छ ।

स्थानीय जनता उच्च माविमा कृषि क्याम्पस स्थापनाका लागि सम्भावनाको ढोका खोलेको छ । यी यस्ता कैयौं सम्भावनाले थप सम्भावनाहरु विकास गरिरहेका छन् । नेपालगञ्ज विमानस्थलको लागो प्भ्ए ले खजुरा विमानस्थलको गौरव जोगाएकै छ । अब हामीलाई एउटा संयोग अरु चाहिएको छ । थथार्थको उडानको । हाम्रो साहसले त्यो दिन अवश्य ल्याउने छ ।

प्रतिक्रिया

प्रतिक्रिया