पहिलो दिनको क्याम्पस प्रवेश । मनमा एक प्रकारको खुलदुली । क्याम्पस पढ्ने हुटहुटी धेरै पहिले देखि नै मनमा थियो । जगिर नखाए पेट पाल्ने मेसो त्यही थियो । समयको अभाव र जागिरमा झिटीगुन्टा बोकेर कहिले कतै कहिले कतै हिडिरहन पर्ने परिस्थिति एकातिर थियो भने अर्को तर्फ संवेदनशिल अप्ठ्यारो क्षेत्रमा पनि अचानक खटिनु पथ्र्यो । एक जना साथीले दुईहजार सतचालिस उनन्पचासको ब्याचमा आइ ए प्रथम बर्षमा भर्ना सम्म गरिदिएका थियो ।
मेरो पहिलो दिनको क्याम्पस प्रवेश भएकाले मनमा अलि त्रास थियो ।
कसैले केही भन्लान कि भन्ने भय मनमा पालिरहेको थिए । कसैले केही नभने पनि आफ्नै मनको भयले आफ्नैलाई सताई रहेको भान भइरहेको थियो । कारकाँदो, धम्बोझी चौक, बि.पी. चौक भृकुटीनगरचोक, आदर्शनगर हुँदै क्याम्पस जाँदा बाटोमा हिड्ने विद्यार्थीहरुको मेला नै हुन्थ्यो । मध्यपश्चिम र सुदुर पश्चिमको प्रमुख शैक्षिक केन्द्र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा पढ्ने विद्यार्थीहरु धेरै हुँदाहँदै पनि घुम्न आउने जो को हि पनि सरासर क्लास भित्र छिर्ने र बाहिर निस्कने गर्थे । मनबिकी संकायको पढाइ हुने स्थान एक जना केटाले देखाईदियो । पहिले पिरियड कल्चर बिषयमा पच्चिस तिस जना त केटी मात्र थिए । केटा हामी तिन जना मात्र । पहिलो दिन अप्ठ्यारो लाग्यो । म संग बस्ने केटाहरु पनि हप्ता दश दिन पछि क्याम्पस आउनै छाडे ।
सबै केटीहरुका आ–आप्mना ग्रुपग्रुपका साथीहरु थिए । म एउटा बेन्चमा एक्लै बस्थे । मेरो अगाडिको एउटा बेन्चमा पनि एउटा केटी एक्लै बस्थी । तर उ अरु केटीहरु संग कम बोलेकी हुन्थी । मेरो कोर्ष धेरै छुटेको थियो । मैले कोही न कोही साथीसंग सोधेर कोर्षको बारेमा जानकारी लिनु थियो । मैले मेरो अगाडि बस्ने केटीको परिचय मागे । म आकाँक्षा । उसले मिठो स्वरमा आप्mनो परिचय दिई । तपाइको परिचय उसले मलाई सोधी । म बिमर्श । यसरी हाम्रो परिचय आदान प्रदान भयो । एकआपसमा बोल्ने बाटो खुल्यो । हप्ता दिन पछि मैले मेरो अगाडि बस्ने आकाँक्षा संग पढाइको बारेमा सोधे । मेरो पढाइ धेरै छुटेको थाहा पाए ।
स्वच्छिक बिषयका पढाइ अलगअलग कोठामा हुन्थ्यो । अंग्रेजी र अनिवार्य नेपालीको पढाइ एउटै कोठामा हुन्थ्यो । मानविकी संकाय मा बिधार्थीहरु अटाइ न अटाइ हुन्थे । एकातिर सरले पढाइरहनु हुन्थ्यो । अर्को तर्फ बाहिर जाने र क्लास भित्र प्रवेश गर्नेहरु गरिरहन्थे । पछाडि बसेर हल्ला गर्ने उत्तिकै थिए । एउटा कपी समेत नल्याई क्लासमा प्रवेश गर्नेहरु पनि धेरै थिए । लाग्थ्यो त्यहाँ पढ्न जान भन्दा पनि युवती हेर्न, जिस्कन जानेहरुको कमी थिएन । हाइस्कुलको कडा अनुशासनबाट छुटकरा पाएर क्याम्पस पढ्नेहरु पिञ्जराबाट छुटकरा पाएको चरी झै ठान्थे कि आफुलाई । त्यहाँका कृयाकलाप र गतिविधिले त्यही बताउँथ्यो । कहिले पिटापिटको होहल्ला सुनिन्थ्यो । त्यो उच्च शिक्षा आर्जन गर्ने थलो थियो क्याम्पस । तर त्यो कता कता राजनीतिक थलो बन्दै गएको थियो । कतै ने.वि. संघ, कतै अखिल भनेर ग्रुपग्रुपमा बसेका हुन्थे । कहिले काही झडप पनि हुन्थ्यो । मध्यपश्चिम र सुदुरपश्चिमको उच्च शिक्षा आर्जन गर्ने मुख्य गन्तब्य भएको हुँदा बिभिन्न संकायमा अध्यान गर्ने विद्यार्थीहरु पनि हजारौँ हुन्थे ।
म क्याम्पस नियमित जान थाले । साथीहरु माझ विमर्श शर्माको नामले परिचित थिए । क्याम्पसको हावा पानी र त्यहाँको वातावरणसंग म परिचित हुँदै गए । धेरै साथीहरुसंग चिनजान हुँदै गयो । पढाई पनि निरन्तर अगाडि बढिरहेको थियो । साहित्य नेपाली चटर्जी सरले पढाउनुहुन्थ्यो । वहाले पढाउदा विद्यार्थी शान्त देखिन्थे । हल्ला गर्नेलाई बाहिर जान आदेश दिदा विद्यार्थी थर्कमान हुन्थे । अनिवार्य नेपाली गोपाल सरले सारै मिठो गरेर पढाउनु हुन्थ्यो । कल्चर पढाउने सरले पनि राम्रोसंग बुभ्mने गरि पढाउनु हुन्थ्यो । पढाइ नभएको समयमा हामी चार पाँच जना केटाकेटी भएर चौरमा गफ गरेर बस्थ्यौँ । कहिलेकाही चौलिका चोकमा गएर हलुवा पुरी खान्थ्यौँ । केटी साथीहरुको अगाडि पर्सबाट स्वाट्ट पैसा झिकेर दिदा ठुलो शान र आत्मसन्तुष्टि मिल्थ्यो । फोकटमा खान पाएपछि केटीहरुले गफ गरेर फुर्केचरी बनाउथे । यसरी नै दिनहरु बितिरहेका थिए ।
मेरो पहिलो पिरियडको पढाइ कल्चर हुने हुँदा आकाँक्षा संग म बिस्तारै बोल्न थालेको थिए । छुटेको नोट लगेर सारेर फिर्ता दिन्थे । उसले मलाई पटक पटक नोट दिएर सहयोग गरेकी थिई । कसै न कसै संग नोट मागेर छुटेको कोर्ष पुरा गर्नु थियो मैले । नेपालगन्ज सहरकी आकांक्षा असाध्यै राम्री थिई । प्रत्येक दिन उ कुर्था सुरुवाल परिवर्तन गरेर आउँथी । गोलो अनुहार, गोरी, मझौला कद, आँखा काला, बोली असाध्यै मिठो थियो उसको । कहीले काही नोट बुक साटा साट गर्दा उस्का हातका औँला मेरा हातका औँला संग ठोकिन्थे । त्यो बेला युद्ध जितेको सिपाही झै उन्मत्त हुन्थे म । उसको घरमा टेलिफोन थियो । म कहिलेकाही अफिसबाट उसलाई फोन गर्थे । तर उस्को भाइको आवाज पनि उस्को जस्तै थियो । कहिलेकाही झुक्क्याउँथ्यो र पछि दिदीलाई बोलाउँथ्यो । मैले बिहानको कार्यालयको काम अर्को साथीलाई जिम्मा लगाएर म क्याम्पस जान्थे । ठिक दश बजे म कार्यालयमा पुग्नै पथ्र्यो ।
जागिर नखाने बिद्यार्थीहरु फुर्सदिला हुन्थे । उनीहरुको काम पढ्नु मात्र थियो । तर क्याम्पस पढनु मेरो रहर थियो । जागिर मेरो रोजगारी थियो । बिहान क्याम्पसमा विद्यार्थी बने पनि कार्यालयमा म जिम्मेवार ब्यक्ति थिए । जबदेखि कल्चर पढ्ने कोठामा प्रवेश गर्न थाले । तब देखि मनमा एक प्रकारका रंगिन सुन्दर सपना सजाउन थाले मैले । मलाई नोट दिएर सहयोग गर्ने मेरो साथी आकांक्षा मेरो खास ब्यक्ति लाग्न थाल्यो । उ गम्भीर प्रकृतिकी थिई । मिठो हाँसो र मुश्कान ले जसलाई पनि कायल पारिदिन्थी उसले । मैले आफनो औकात र हैसियत भुल्दै गए । आकांक्षा आउने बाटो तर्फ मेरा नजर दोडिन थाले । सयौँ केटीहरुको झुण्डमा उसैलाई खोज्न थाले । उस्को एक झुल्को अनुहार हेर्न लालायित हुन्थे म । क्लासमा त भेट हुन्थ्यो नै, तर बिहान कलेज जाँदा र फर्कदा समेत बाटोमा हिडिरहेका केटीहरुको ग्रुपमा समेत उसैलाई खोजिरहन्थे । उसले मलाई कुन रुपमा लिन्छे त्यो थाहा छैन । तर उसले पनि कतै न कतै अवश्य पनि मलाई मन पराउने कुरामा म आशावादी थिए । यो मेरो मन भित्रको अनुमान हो ।
कार्यालयमा पुग्दा पनि कताकता आफुलाई एक्लो महसुस गर्न थाले । जतिबेला पनि उसैको नजिक र सामिप्यमा रहेको आभाष मेरो मनमा भइरह्यो । उ पनि मिठो गरेर म संग बोल्थी । हामी बिच पढाइका कुरा हुन्थे । मैले छुटेको नोट पुरै सारी सके । अव त म पनि उसलाई नोट सार्न दिने हैसियतमा पुगेको थिए । मेरा नोट लगेर सारेर तिन चार दिन पछि ल्याएर दिन्थी । अव म उस्को घनिष्ट भए झै लाग्थ्यो मेरो मनलाई । मलाई उ आप्mनो खास मान्छे लाग्न थाल्यो । जव उ कुनै परिचित केटाहरु संग बोल्थी, मलाई औडाहा हुन्थ्यो । भरसक कुनै केटाहरु संग नबोलोस भन्ने ठान्थे मैले । म भित्र भित्रै इष्र्याले छट्पटिन्थे । उसलाई भन्न केही नसके पनि आकांक्षा मेरो मात्र हो भन्ने ठान्थे मैले । म उस्को वरिपरि हराउँदै गए । आफुलाई एक प्रकारको भाग्यमानी महसुस गरे मैले । उ अब मेरै भएको ठोकुवा गर्न थाल्यो मेरो मनले । रातको निद र दिनको भोक हराउँदै जान थाल्यो । यथार्थ कसैलाई खोल्न नहुने । कसैले सुईकोसम्म पाए भने नानाथरीका कुराले झनै गोप्यता भंग हुने हुँदा मन भित्र जति एैठन परेपनि मैले कसैलाई सुइको सम्म दिइन् । हामी सबै जना संगै पढ्ने ठुलो कोठामा बोल्दैनथ्यौँ । तर कल्चरको पहिले पिरयिडले नै हामीलाई नजिक बनायो ।
अव आकांक्षा मेरो बाहेक अरुको हुनै नसक्ने कल्पना गर्न थाले मैले, म कति सत्यको नजिक छु । त्यो त भविष्यले बताउने कुरा हो । तर मलाई पुरापुर पक्का विश्वास छ । उ मेरी हो मेरी । यहि मनचिन्ते रोगले मलाई खर्लप्पै खायो । ट्रफिकचोकबाट भेरीअस्पताल तर्फ जाने बाटो तर्फ मेरा आँखा घरिघरि दौडिन थाले । बिहान कलेज जाँदा होस वा फर्कदा त्यो बाटोको असाध्यै माया लाग्न थाल्यो । ति वरिपरिका अपरिचित घर र बोटबिरुवा सबै आप्mनै आप्mना र प्यारा लाग्न थाले । तिनिहरुले मेरो मनको कुरा बुझेर आकांक्षा तेरै हो भनेर मलाई कुरीकुरी गरेझै लाग्न थाल्यो । घरीघरी पुरानो एटलस साइकल ले भेरीअस्पतालको फन्को मारु झै लाग्थ्यो । फेरी एक प्रकारको डरले त्यो बाटो हिड्ने हिम्मत सम्म कहिल्यै आएन मलाई ।
सायद त्यो दिन हाम्रो पहिले पिरियड को पढाइ भएन । आकांक्षा संग मिल्ने साथी दिपशिखा त्यो दिन कलेज आएकी थिइन् । दिपशिखाले कल्चर नपढे पनि यिनीहरु दुवै औधी मिल्ने साथी थिए । दिपशिखा अलि बिरामी थिई । आकांक्षा घाम ताप्न एक्लै चौरमा थिई म पनि त्यही पुगे । बिरामी साथीको बारेमा सोधे । आकांक्षाको नोटबुक दिनु थियो, मैले दिए । उसले नहेरी झोलामा राखी । मैले मिति नलेखेको एउटा पत्र कपी भित्र राखेको थिए । धेरै दिन देखिको मेरो प्रयत्न खेर गएको थियो । मेरो महिनौं देखिको मिशन पुरा भयो । लगत्तै अरु पिरियडका पढाइ सुरु भए । पढाइ सक्ने बित्तिकै म साइकलमा अफिस तर्फ टाप कसे । कहिलेकाही सर हजुरको फोन आएको छ स्टापले भन्दा मेरो खुव भाउ बढ्थ्यो । फोन आकांक्षाको हुन्थ्यो । स्टापहरुले ईष्र्यालु नजरले थुक निल्थे । त्यो समयमा मेरो शान बढेको ठान्थे । मैले आकांक्षालाई नोटकपी फिर्ता दिएको शुक्रवारको दिन थियो ।
म शनिवार कार्यालय परिसरमै थिए । अचानक दिनको चार बजे तिर सर हजुरको फोन आएको छ । एउटा स्टापले भन्यो । कस्को होला मैले भने खोइ केटी बोलेकी छ उसले भन्यो । केटी भन्ने बित्तिकै मलाई डर लाग्यो । मुटु भित्र ढकढक गर्न थाल्यो । मैले बिस्तारै फोनको रिसिभर समाएर हेल्यो भने । उताबाट के हो विमर्श । म दिपशिखा बोल्दै छु । तपाईले आफुलाई के ठान्नु भएको छ ? तपाईको सोच देखेर मलाई दया लाग्यो । ल आकांक्षासंग बोल्नु । आकांक्षाले भन्दै थिई । तपाई सारै सोझो, राम्रो अनि सधै मिठो बोल्ने भएको हुँदा मैले तपाईलाई साथी मात्र मानेको हो । के तपाईले मलाई प्रेमिका ठानेको हो ? म तपाईको प्रेमिका हुन सुहाँउछु ? तपाईको र मेरो स्तर एउटै छ ? म सहरमा बस्ने धनी बाउँकी छोरी हुँ । तपाईले आफुलाई के सोच्नु भएको छ ? मानौँ मलाई पे्रमिका बनाएर राख्न सक्ने हैसियत छ तपाईको ? मैले चाहे भने तपाईका खुट्टा भोलि नै ठाउँका ठाउँ भाँच्न सकिन भने मेरो नाम आकांक्षा नै होइन । के सोच्नु हुन्छ तपाईले आफुलाई । ल जे जे गर्नु पर्ने हो म भोलि क्याम्पसमा गएर देखाउँछु भनेर उसले फोन राखी । मेरो ओठ सुक्का भयो । निधारबाट चिटचिट पसिना आए । घनले ठोके झै मुटु जोड जोड हल्लिन थाल्यो । स्टापहरुको नजरले खुच्चिङ गरे झै प्रतित भयो । मेरो सबै भोक तिर्खा हरायो । मनमा धेरै कुरा खेले । अव के के हुने हो ? के के गर्ने हो आकांक्षाले त्यो हेर्न बाँकी नै थियो । क्याम्पस जान पनि डर भयो । रोजीरोटी चलिरहेको सरकारी नोकरी पो चट हुने हो कि ? झन उता पनि डर थपिदै गयो । चिठीमा भन्नै नहुने, लेख्नै नहुने त केही थिएन । तर यि सारा कुरा आकांक्षामा निर्भर थिए । कतै मैले गर्ने नहुने ठुलो गल्ती त गरिन ? यिनै कुराले मेरो रातभरिको निद्र हरायो । कोही बोल्दैमा, चिनजान र कुराकानी गरेकै भरमा कसैले कसैलाई माया गरेको ठान्नु गलत हुँदो रहेछ भन्ने कुरा मैले पाठ सिके । म कतै ‘एकोहोरो माया’ मा समर्पित भएर आप्mनो समय बरवाद गरि आफुले आफैलाई मानसिक यातना त दिइरहेको छैन ? यिनै कुरा मनमा खेलिरहदा मलाई रातभर निदाउन दिएन ।
भोलिपल्ट आइतवारको दिन थियो । अलि ढिलो क्याम्पस गए । ट्रफिकचोक नेर आधा घण्टा साइकल रोकेर अघि बढने हिम्मत आएन, फरक्क अफिस फर्के । सोमवार पनि क्याम्पस गए । ट्राफिक चोक भन्दा केही तल पुगे तर क्याम्सको गेट तर्फ अगाडि बढ्न सकिन त्यो दिन पनि फरक्क फर्के । मंगलवार क्याम्सको गेट सम्म सरासर गए । गेट भित्र छिर्न लाग्दा चार जना मोटा मोटा जङ्गो केटाहरु गेट बाहिर आउदै गरेको देखे । मेरो मुटु ढक्क फुल्यो । मर्नु भन्दा बौलाउनु निको । आप्mनै मनले ठोक ठोक आकांक्षालाई चिठी लेख्ने यही हो भनेको आवाज मेरो कानमा ठोक्किए झै लाग्यो । साइकल घुमाएर फरक्क फर्केर अफिस तिर बेतोडले कुलेलाम ठोके ।