कृष्ण अधिकारी
नेपालगन्ज माघ १९ । गत बर्षको बाढीबाट क्षतिग्रस्त भएका बाके र बर्दियाका सात वटा पुलको मर्मत तथा पुन निर्माण सुरु सम्म हुन सकेको छैन । बाढीले पुल क्षतिग्रस्त भए पछि यातायात संचालनका लागि सामान्य मर्मत गरेर एकतर्फी रुपमा यातायात संचालन गरेको ६ महिना बिति सक्दा पनि पुलको मर्मत तथा पुन निर्माणको काम सुरु सम्म हुन सकेको छैन ।
गत बर्षको बाढीले बाके जिल्लामा पर्ने पुर्ब पश्चिम राजमार्ग अन्र्तगतका शम्शेरगन्ज स्थित परुवा खोला, खोचे खोला ,गाबर खोला, गन्धेली र मुगुवा खोलाको पुल क्षतिग्रस्त भएका थिए । त्यसै गरी पुर्ब पश्चिम राजमार्ग अन्र्तगतका नै पर्ने बर्दियाको औरी खोला तथा बर्दियाको ओराली खोला पुल क्षतिग्रस्त भएको थियो । बाढीले क्षतिग्रस्त बनाएका बाकेका ५ वटा तथा बर्दियाका २ गरी सात वटा पुलको मर्मत संहार तथा पुल भएको क्षेत्रमा खोलाको दाया बाया टटबन्ध निर्माणका लागि भदौ महिनामै सर्भे तथा इस्टिमेट गरी १५ करोड बजेट माग गरेर पठाएकोमा त्यसको ६ महिना पछि माघको तेस्रो साता ३ करोड मात्रै बजेट निकाश भएर आएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुन कुमार बमले बताए ।
अर्थ मन्त्रालयबाट निक्कै ढिलो गरी बजेट निकाशा भएर आएका कारण पुलको मर्मत तथा पुनः निर्माणका लागि एक महिनाको अबधि दिएर टेन्डर सुचना निकाल्नु पर्ने, टेन्डरको मुल्यांकन गरी स्बीकृत गर्नका लागि करिब थप १५ लिन लाग्ने र बर्षात सुरु हुनु भन्दा पहिले नै क्षतिग्रस्त पुलको मर्मत तथा पुन निर्माणको सम्पन्न गर्न निक्कै गाहे हुने देखिएको छ । माग गरेको भन्दा निक्कै कम तथा मर्मत संहारका लागि समय नै नपुग हुने गरी बजेट निकाशा भएर आएका कारण बाढीले क्षतिग्रस्त भएका पुलको मर्मत संहार गरी अर्काे बर्षको बर्षातमा राजमार्ग संचालन गर्न निक्कै चुनौती भएको प्रमुख बलमे बताए ।
समयमै पुलको मर्मत तथा पुन निर्माणको काम हुन नसके यो बर्ष पनि बर्षातका बेला पुल भत्किएर लामो समय सम्म पुर्ब पश्चिम राजमागै नै अबरुद्ध हुने संभाबना बढेको छ । बाढीले पुल भत्काए पछि गत बर्ष पुर्न पश्चिम राजमार्गको लमही कोहलपुर सडक खन्ड चार दिन सम्म अबरुद्ध भएको थियो । यो बर्ष बाढीले पुल भत्किएका कारण सडक अबरुद्ध हुदा बाढी प्रभाबित क्षेत्रमा उद्धार तथा राहात सामाग्री पुराउन समेत निक्कै गाहे भएको थियो । हिउदको समयमा मर्मत तथा पुन निर्माणको काम नगर्ने बर्षात सुरु भए पछि हतार हतारमा काम गर्ने र बजेट सक्ने क्रम यसपालि पनि दोहोरिने देखिएको छ ।
पश्चिम नेपाललाई राजधानी लगायत पुर्बी नेपालसंग जोड्ने लाइफ लाइनको रुपमा रहेको राजमार्गका गत बर्षको बाडीले भत्काएका पुलको मर्मत तथा पुन निर्माणमा सरकारी निकायले चासो नदिदा यस क्षेत्रका बासिन्दाले बर्षातका बेला यस पालि पनि हैरानी खेप्नु पर्ने संभाबना बढेको छ । पुर्ब पश्चिम राजमार्गको लमही कोहलपुर सडक खन्डमा दैनिक करिब १ हजार सबारी साधन ओहोर दोहार हुदै आएको छ ।