शीतलहरका बाबजूद वृहद् रक्तदान

नेपालगन्ज/ नेपालगन्ज केही दिन यता अत्यधिक चिसो मौसमका कारण जनजीवन नै अस्तव्यस्त र प्रभावित । त्यसमाथि (माघ १३ गते) त विहानैदेखि आकाशबाट पानी वर्षे झैं शीतलहरले गर्दा नेपालगन्जबासी जाडोले कठ्याङ्ग्रिएको अवस्था । जनमतले ११ वर्ष अघि शुरु गरेको उत्कृष्ट मानव कल्याणकारी अभियानको क्रममा नेपालगन्जमा आयोजितु‘वृहद् रक्तदान कार्यक्रम’ लाई नै प्रभाव पार्ने ठुलो चिन्ता भयो ।


तर, मानवीय सेवामा समर्पित हाम्रा रक्तदातालाई यस्तो प्रतिकुल मौसमले कुनै असर गरेन । नेपालगन्ज नगरदेखि धेरै टाढा टाढा जानकी गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरिपालिकाबाट समेत हाम्रा नियमित स्वयम्सेवी रक्तदाताहरु उत्साहका साथ साप्ताहिक विदाकोको दिनको समेत पर्वाह नगरेर ‘वृहद् रक्तदान कार्यक्रम’ मा उपस्थित भए, अनि ‘रक्तदान जीवनदान’को महान अभियानमा पूर्ववत् सहभागिता जनाए, हामीलाई सँधै झैं उर्जा र हौसला थपि दिए ।


कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु पर्यो ।
उक्त ‘वृहद् रक्तदान कार्यक्रम’ मा ८ जना महिला सहित ६० जनाले रक्तदान गरे । कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गर्नु भएको थियो । जनमत अद्र्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखा तथा उक्त हिमालयन बैंक लिमिटेडको कर्मचारी संगठन केन्द्रीय समितिसंगको सहकार्यममा ‘वृहद् रक्तदान कार्यक्रम’ को सफलता र भव्यतापूर्वक सम्पन्न भयो ।


जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ३६ औं श्रृङ्खलामा हिमालयन बैंक लिमिटेडको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।
हिमालयन बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको कर्मचारी संगठनसंगको सहकार्यमा आयोजित ‘वृहद् रक्तदान कार्यक्रम’ मा नेपाल राष्ट बैंक नेपालगन्ज शाखाका उपनिर्देशक पूर्ण बहादुर महर्जन, बैंक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष सुनिल शर्मा सापकोटाले चार जना स्वयम्सेवी रक्तदातालाई रगत संकलन गरिने पाकेट प्राविधिक मार्फत् हस्तारण गरी प्रारम्भ गरिएको थियो ।


सो अवसरमा जनमतका सम्पादक पूर्ण लाल चुकेले स्वागत गर्दै ११ वर्ष अघि जनमतको रजत वर्ष(२०६३ देखि ुरक्तदान जीवनदानु को उद्देश्यका शुरु गरिएको त्रैमासिक रुपमा रक्तदान कार्यक्रम निरन्तर रुपमा आयोजना गर्दै आएको जानकारी दिनु भयो ।


उहाँले सो अवसरमा २०५१ सालतिर पश्चिम नेपाल (बुटवलदेखि पश्चिम) मा पहिलो पटक अफसेट पे्रस तेस्रो मुलुकबाट नेपालगन्जमा ल्याउँदा हिमालयन बैंक लिमिटेड (ठमेल) ले एलसी खोल्ने सुविधा दिएको प्रशंग उल्लेख गर्दै मुद्रण व्यवसाय र सञ्चार क्षेत्रमा अहिले देखिएको आमूल परिवर्तनको श्रेय र कोशेढुङ्गाको रुपमा हिमालयन बैंक लिमिटेडको योगदानको भित्री रहस्य पनि उजागर गर्नु भयो । त्यसबेला “जनमत” ले समूहगत रुपमा पश्चिम नेपालमै पहिलो पटक अफसेट प्रविधिबाट प्रकाशन गर्ने अवसर पाएको अप्रत्यक्ष श्रेय पनि हिमालयन बैंक लिमिटेडलाई नै जान्छ सम्पादक चुकेले बताउनु भयो ।


आज झण्डै २४ वर्ष पछि नेपालमै प्रतिष्ठित बैंक हिमालयन बैंक लिमिटेडसंग यस्तो उत्कृष्ट मानवीय कार्यमा सहकार्य गर्न पाएकोमा सम्पादक चुकेले गर्वको अनुभूति सुनाउनु भयो । हिमालयन बैंक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष सुनिल शर्मा सापकोटाले बैंकको २५ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा पनि गत साता रक्तदान कार्यक्रमको आयोजना गरिएको र ५८ जनाले रक्तदान गरेको जानकारी दिंदै काठमाडौं बाहिर नेपालगन्जमा पनि जनमतसंगको सहकार्यमा आयोजना गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।


नेपालगन्जको धम्बोझी स्थित हिमालयन बैंक लिमिटेडको नेपालगन्ज शाखा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा रक्तदान दिनेहरुमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य तथा क्षेत्रीय संयोजक झलक गैरे, हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखाका प्रवन्धक शैलेन्द्रमान श्रेष्ठ, स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष पदमा बस्नेत, लोकप्रिय सन्देश दैनिकका सम्पादक गोविन्द शर्मा, भिजन टेलिभिजनका भगतराम चौधरी, रेडियो कृष्णसारका प्रमोद डि.जी., योगराज चौधरी (योगेश), आँशु श्रेष्ठ, मेघराज जि.एम., निराजन उपाध्याय, प्रहलाद विश्वकर्माले रक्तदान गर्नु भएको थियो ।
यसैगरी हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखाका गोकुल ज्ञवाली, सरोज रेग्मी, दिनेश दाहाल, विनिता श्रेष्ठ, समन इकवाल सिद्दीकी, सुनिल चौधरी, फुल बहादुर स्यानतानले रक्तदान गर्नु भएको थियो ।


यसैगरि रोशनी पोखरेल, मनिषा पोखरेल, जुनी थारु, कमला चापाईं, नेपाल रेडक्रस सोसाइटी बाँकेका रविन्द्र कुमार मिश्र, नियमित रक्तदाताहरुमा विनोद कुमार वैश्य, पवन कुमार वैश्य, सुरेश कुमार वैश्य, भगवान शरण यादव, जवाहर लाल वर्मा, मनमोहन वर्मा, गंगा प्रसाद काँदू, जनकी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रमेश कुमार वर्मा, धर्मेन्द्र सिंह, सद्भाव एफ.एम. का नरेन्द्र सिंह, अजबुद्दीन बागवान, मुस्ताक अहमद जसगढ, राजन वर्मा, कान्तिपुर दैनिकका शेर बहादुर बोहोरा लगायतले रक्तदान गरेका थिए ।


कार्यक्रम संयोजक पवन जायसवालका अनुसार सो अवसरमा रक्तदाताहरुलाई नेपाल राष्टू बैंक नेपालगन्ज शाखाका सहनिर्देशक पूर्ण बहादुर महर्जन, बैंक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष सुनिल शर्मा सापकोटा, नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष ठाकुर सिंह थारु, यस क्षेत्रकै उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवाली, जनमतका सम्पादक पूर्ण लाल चुके र नेपाल रेडक्रस सोसाइटी बाूके शाखाका मन्त्री अजीज अहमद सिद्दकिीले रक्तदाता र सहयोग गर्नेहरुलाई प्रशंसा पत्र तथा टिसर्ट प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रमको संयोजन गर्ने उक्त बैंकका सरोज रेग्मीले दिनु भएको जानकारी अनुसार सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाूके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, गुञ्जा कनौजिया, सञ्जय बढई, वीरेन्द्र योगी लगायतले प्राविधिक सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया