नेपालगन्ज पश्चिमको आर्थिक हब

आज विहीवारबाट माघ २२ गतेसम्म नेपालगन्जमा प्रादेशिक महोत्सवको आयोजना गरिंदैछ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले यो आयोजनाको नेतृत्व सम्हालेका छन् । यसअघि पनि संघले क्षेत्रीय रुपमा यसखालको महोत्सवको आयोजना गर्दै आएको हो । संघको सातौं संस्करण तर, प्रादेशिक रुपमा पहिलो आयोजना बारे आयोजक मूल समितिका संयोजक बैश्य नेपालगन्जले आर्थिक विकासको नेतृत्व लिन सक्षम छ भन्ने कुराको दावेदारी महोत्सवले पुष्टि गर्ने बताउँछन् ।
महोत्सवको समग्र तयारी, यसको महत्व र प्रभाव बारे दैनिक नेपालगन्जका लागि आयोजक मूल समितिका संयोजक बैश्यसँग गरिएको कुराकानी ।

महोत्सवको आयोजना के का लागि ?

— धेरै महत्वपूर्ण सोंचका साथ हामीले यो आयोजनाको अभिभारा उठाएका छौं । खासगरि, देश संघीय संरचनामा गइसकेपछि राजनीतिक रुपमा नेपालगन्ज पछाडी परेको अनुभूत सबैले गरिरहेका छौं । अतः आर्थिक दृष्टिले हामी अगाडी बढ्नुपर्छ भन्ने सन्देश दिन खोजेका छौं ।
विहीवार देखि २२ गते सम्म कारकांदोस्थित सडक डिभिजन परिसरमा महोत्सव आयोजना गर्न लागेका छौं । यसबाट हामीले के सन्देश दिन खोज्दैछौं भने नेपालगन्ज यो प्रदेशको आर्थिक नगरी हो र यसको महत्व बिशिष्ट प्रकारको छ । महोत्सवमा हामीले ५ नम्बर प्रदेशको तस्बिर झल्काउछौं । नेपालगन्जलाई प्रदेश भरि चिनाउन पनि यो आयोजना महत्वपूर्ण छ ।

राजनीतिले पछाडि पा¥यो भन्नु भयो, नेपालगन्जको भविष्य कस्तो देख्नुहुन्छ ?

— नेपालगन्ज ऐतिहासिक शहर हो । देशका थोरै ठुला शहरको सुचिमा यसको नाम आउ“छ । पश्चिम क्षेत्रमा त यो प्रवेशद्धार नै हो । भारतसंग सीमा जोडिएका कारण साविकको मध्य तथा सुदुरपश्चिमको मुख्य शहर यही नै हो । शिक्षा, स्वास्थ्य, औद्योगिक विकास, बजार लगायतका कुराहरुमा यो शहरले निकै विकास गरेको महसुस भएको छ । तर पनि राज्यपक्षबाट बेलाबखत गर्ने अपेक्षाको सिकार यो शहर बन्दै आएको छ । क्षेत्रीय कार्यालयहरु सारिएकै हुन बिगतमा । अहिले पनि संघीय संरचनामा हाम्रो स्थान के हुन्छ भन्ने चासो र चिन्ता हुने कुरा स्वाभाविक हो । तर, आत्तिनुपर्ने केही छैन, हामी हाम्रो सहरको भविष्य राम्रो बनाउँदै जाने हो ।

आर्थिक क्षेत्रमा यसको भुमिका के हुन्छ ?

— नेपालगन्जलाई उपेक्षा गरिएकै हो । तर यो शहर यस्तो भुमिकामा छ की कसैले उपेक्षा गर्दैमा यसको महत्व घट्दैन् । संघीय संरचनामा गए पनि भुगोल त जहा“को त्यही हुने हो नि । त्यसकारण नेपालगन्जको महत्व अझै बढ्छ । ओद्योगिक शहरका रुपमा यो शहर स्थापित हुन्छ । एउटै प्रदेशको मात्र होइन नि फेरि, प्रदेश नम्बर ५, ६ र ७ कै ठुलो औद्योगिक र आर्थिक क्षेत्रका रुपमा यो शहर स्थापित हुन्छ र त्यो दिशामा नीजि क्षेत्र अघि बढ्छ । त्यही दबाव बनाउन पनि यो महोत्सव अर्थपूर्ण छ ।

आर्थिक हब भन्नु भयो, कसरी बन्छ ?

— शिक्षा, स्वास्थ्य, हवाई तथा सडक यातायातको सन्जाल बिस्तार, ओद्योगिक करिडोर निर्माणको प्रशस्त सम्भावना, कैलास मानसरोवार जस्तो पर्यटकीय क्षेत्रको द्वार हो, नेपालगन्ज । अहिले त ट्रान्जिट बनिसकेको अवस्था छ भने भविष्यमा त झन् यसको उपयोग गरिन्छ ।

राजधानी त बन्न सकेन नि है ?

— चर्चा चल्ने, चलाउने कुरा एउटा हो । प्रादेशिक राजधानीका लागि उपयुक्त ठाउ“ र सम्भावनाका कुरा अर्को हो । नेपालगन्ज प्रादेशिक राजधानी बन्न के कुराले उपयुक्त छैन ? कसैले भन्न सक्छ ? भौतिक पुर्वाधार लगायत हरेक कुराले यो शहर प्रादेशिक राजधानी बन्ने सम्भावना छ र रहन्छ । राज्यले चर्चा चलेकै भरमा प्रादेशिक राजधानी त तोक्दैन होला नी ? सम्भावनाको खोजी पनि गर्ला । त्यो खोजी गर्दा नेपालगन्ज पनि पर्छ । हो, राजनीतिले त्यो सम्भावनालाई पछाडी भने धकेलेकै हो । त्यसैले नेपालगन्ज आन्दोलित भइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया