रुपईडिहा : रिक्सा पछि अब मोटरसाइकलमा निशाना

दुई साता अघि देखि नेपाली ईरिक्सा रुपईडिहा जान रोक लगाएका भारतीय अधिकारीले आज शनिवार देखि नेपाली मोटरसाइकलमा सघन चेकजाँच र इन्ट्री अघि बढाएका छन् ।

 

आफ्नो समय सुविधा अनुसार रुपईडिहा आवागमन गर्न पाउने यसअघि चलि आएको ब्यवस्थालाई फेरबदल गर्दै एसएसबीले नेपाली मोटरसाइकलको विवरण राख्न सुरु गरेको छ ।

 

कागजात, लाइसेन्स हेरेर इन्ट्री गरि मात्र भारत प्रवेश गर्न पाउने गरि एसएसबीले आजबाट अचानक नियम अघि सारेपछि अहिले दशगजा देखि एसएसबी चेकपोष्ट सम्म मोटरसाइकल लामबद्ध छन् ।

प्रतिक्रिया

प्रतिक्रिया