सुरु भो राजधानी माग्दै नेपालगन्जमा आन्दोलन

प्रदेश नं. ५ को राजधानी बाँकेमा हुनुपर्ने माग सहित शुक्रबार नेपालगन्जमा प्रदर्शन गरिएको छ ।
राजधानीको माग सहित सर्वपक्षीय र्याली आयोजना गरिएको हो । त्यसक्रममा रुपन्देही बाँकेका लागि अपायक पर्ने भएकाले मान्न नसकिने धारणा राखिएको थियो ।

 

पापडको आयोजनामा भएको र्यालीमा राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि, उद्योगी व्यापारी, कानुन व्यवसायी एवं पेशाकर्मीहरुको सहभागिता रहेको थिए ।

बाँकेलाई राजधानी बनाउन आन्दोलनको विकल्प नभएकोमा सबै एकमत भएकाले आन्दोलन घोषणा गरिएको पापडको नेतृत्व गरिरहेको बार नेपालगन्जका अध्यक्ष बलबहादुर चन्दले जानकारी दिए । तर, आन्दोलन शान्तिपुर्ण रुपमा जारी राखिने बताइएको छ ।

 

त्यसअघि बिहीबार सर्वपक्षीय छलफल समेत आयोजना गरिएको थियो ।  छलफलमा प्रतिनिधि सभा सदस्य नन्दलाल रोकाय, मोहम्मद इस्तियाक राई, प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर हमाल, विजयबहादुर यादव, नेपाल बारका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले बाँकेलाई राजधानी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा. धवल समशेर राणाले बाँकेलाई राजधानी घोषणा गर्न दबाब दिनको लागि शान्तिपूर्ण आन्दोलनको विकल्प नरहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया