कजुस्याईले जोमिमपूर्ण भौतिक संरचना निर्माण

देबेन्द्र राज पौडेल

प्राविधिकहरुले पैसा लोभ नगरी सुरक्षित संरचना निर्माण गरी जीवन जोगाउन आग्रह गरेका छन् । मंगलबार २०औं भुकम्प सुरक्षा दिवसमा नेपाल इन्जिनियर्स एशोसिएसन क्षेत्रीय कार्यालय नेपालगन्जले मंगलबार आयोजना गरेको ‘बिल्डिङ्ग र भुकम्प सुरक्षा’ विषयक अन्तरक्रिया बोल्दै इन्जिनियरहरुले कम लगानीमा गुणस्तरहीन भौतिक सामाग्री निर्माण गरिंदा जोखिम बढेको धारणा राखेका हुन् ।
बाके, बर्दियाका स्थानीय तह तथा निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरु सहभागी कार्यक्रममा इन्जिनियर यज्ञराज खत्रीले नेपाल भुकम्पको अत्याधिक जोखिममा रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार निर्माण गर्दा भुकम्प प्रतिरोधी गरिनु पर्ने बताए । ‘मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि भवन निर्माण गर्दा भुकम्प प्रतिरोधी निर्माण गर्न आवश्यक छ’, कार्यपत्र पेश गर्दै इन्जिनियर खत्रीले भने । खत्रीले भवन निर्माणका क्रममा हुने गरेका विभिन्न त्रुटिका चित्रहरु प्रस्तुत गर्दै संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने बताए ।
देश विकासका लागि भौतिक पूर्वाधार निर्माणको ठूलो भूमिका रहने बताउदै इन्जिनियर खत्रीले भने, ‘कुनै पनि संरचनाको डिजाइन इन्जिनियरले निर्माण गर्ने भएकाले आफ्नो डिजाइन अनुसार संरचना बन्यो कि बनेन भन्ने अनुगमन गर्नु पनि अति आवश्यक छ ।’ ‘राम्रो डिजाइनले मात्रै संरचना बलियो हुन्छ भनेर ठोकुवा गर्न सकिंदैन’, उनले भने, ‘बलियो संरचनाका लागि दक्ष जनशक्ति, गुणस्तरीय निर्माण सामाग्री पनि उत्तिकै आवश्यक हुन्छ ।’

 

भवन निर्माणमा प्रयोग हुने जनशक्ति दक्ष नहुदा, निर्माण गर्ने व्यक्ति र कन्सल्टेन्ट समेतले लापरवाही गर्दा संरचना कमजोर बन्न सक्ने तर्फ ध्यानकर्षण गराउदै इन्जिनियर खत्रीले भने, ‘थोरै पैसामै भवन बनाउन खोज्नेलाई इन्जिनियरहरुले त्यसको जोखिमबारे सचेत पार्न आवश्यक रहेको छ ।’ इन्जिनियर शोभाराम भट्टराईले भवन संहिता बारे कार्यक्रममा जानकारी दिंदै पूर्ण कार्यान्वयनमा जोड दिए । भवन संहिता लागु गर्न इन्जिनियरको पनि दायित्व रहेको बताउ“दै इन्जिनियर भट्टराईले भने, ‘विगतमा भुकम्पले दिएका पीडाहरु एक पटक सम्झनुस् ।’ समयस“गै भुकम्प प्रतिरोधी संरचना निर्माण गर्न आवश्यक देखिएकाले सरकारले राष्ट्रिय भवन संहिता लागु गरेको उल्लेख गर्दै इन्जिनियर भट्टराईले त्यसबारे जनचेतना जगाउनु पर्ने बताए ।

 

 

‘दीर्घकालीन सोंच बनाएर भवन निर्माण नगरिंदा समस्या सिर्जना भएको देखिन्छ’, उनले भने, ‘पहिले एक तल्लाको डिजाइन बनाउने र थप्ने जाने गर्दा भवन कमजोर हुन्छ ।’ उनले भवन निर्माण गर्दा आफ्ना भविष्यका आवश्यकतालाई मध्यनजर गर्दै डिजाइन बनाइनु पर्ने धारणा राखे । उनले भने, ‘पछि आवश्यक पर्न सक्छ भने अहिले डिजाइन बनाउ“दा नै त्यसअनुसार निर्माण गर्न सकिन्छ ।’ ‘भवन संहिता लागु गरेर घर बनाउदा खर्च बढ्छ’, इन्जिनियर भट्टराईले भने, ‘तर त्यो तपाईको जीवनको मूल्य बढी होइन ?’ खर्च बढी भएपनि दीर्घकालीन र सुरक्षित बासका लागि सबैले भवन निर्माण गर्दा संहिता पूर्ण रुपमा पालना गर्नुपर्ने उनको धारणा थियो । घर बनाउनेले आफुले भने अनुसारको डिजाइन खोज्ने गरेका कारण पनि संरचना कमजोर हुनसक्ने तर्फ सचेत गर्दै उनले कार्यक्रममा सहभागी इन्जिनियरहरुलाई भने, ‘हामी सबैले डिजाइन बनाउ“दा जीवन जोगाउने खालको हुनुपर्छ ।’

 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले स्थानीय मापदण्ड, नियमावली बारेमा कार्यक्रममा सहभागी इन्जिनियरहरुलाई जानकारी गराएका थिए । हेमराज भट्टले स्थानीय तहको भिजन कार्यान्वयनका लागि प्राविधिकहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

 

कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख डा. धवल समशेर राणाले डिजाइन बनाउने इन्जिनियर आफै निर्माण स्थलमा उपस्थित नहुदा संरचना ठिक बन्यो कि बनेन भन्ने एकिन हुन नसक्ने धारणा राखे । ‘निर्माण यहा गर्नुछ, डिजाइन अन्तैबाट बनाएर मगाउनु पर्छ’, प्रमुख राणाले स्थानीय तहमा हुने निर्माणमा यस्ता समस्या आएन नदिन एशोसिएसन स“ग सहकार्य गरेर अगाडी बढ्ने बताए । डा. राणाले इन्जिनियरहरुलाई अनुगमन नै नगरी डिजाइन नगर्न र डिजाइन पछि निरन्तर अनुगमन गर्न सुझाव दिए । ‘इन्जिनियरले हस्ताक्षर नगर्दा सम्म कुनै पनि निर्माण पास हु“दैन’, प्रमुख राणाले भने, ‘त्यसैले तपाईहरु आफ्ना डिजाइन अनुसार संरचना बन्दैछ कि छैन वा बन्यो कि बनेन भनेर आफै उपस्थित भइ हेर्न आवश्यक छ ।’

 

 

कार्यक्रममा वरिष्ठ इन्जिनियर किरण बहादुर शाहले परिकल्पनालाई यथार्थमा परिणत गर्न इन्जिनियरको भूमिका रहने भएकाले लापरवाही गर्न नहुने धारणा राखे । ‘देश पूर्वाधार निर्माणले बन्छ’, उनले भने, ‘र, पूर्वाधारको डिजाइन हामीले गर्ने भएकाले सबै जिम्मेवार हुन आवश्यक छ ।’ एशोसिएनसका सचिव विवेक लामिछानेले संरचना निर्माण कसरी भुकम्पबाट सुरक्षित गर्न सकिन्छ भन्ने उद्देश्यले इन्जिनियर बीच छलफल राखिएको जानकारी दिए । ‘भौतिक संरचना निर्माणमा इन्जिनियरको भूमिका महत्वपूर्ण रहने हुदा स्थानीय तह तथा निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरु बीच छलफल कार्यक्रमको आयोजना गरिएको हो’, एशोसिएसनका क्षेत्रीय अध्यक्ष ओम प्रकाश सापकोटाले भने, ‘आगामी दिनमा पनि यस्ता गतिविधिहरुलाई निरन्तरता दिनेछौं ।’

प्रतिक्रिया

प्रतिक्रिया